»
Home
»
Introduction
»
Activities
»
»
»
»
International Links
»
Tax Structures
»
Economic Indicators
»
General Information
»
Business Code of Conduct
»
Publications
»
Photo Gallery
»
Secretariat
»
Downloads
»
Membership
»
Keyword
Category















कुरियर सेवा अवरुद्ध पार्ने कार्य रोकी तत्काल वार्ताबाट समस्या समाधान गर्न नेउवामहासंघको आग्रह (२०६९/२/२८)


अखिल नेपाल संघ संस्था श्रमिक संघ कुरियर तथा कार्गो सेवा संघर्ष समितिले विविध विषयहरु समेटिएको १२ बुंदे माग राखी कुरियर सेवा प्रदान गरिरहेका केही कम्पनीहरुमा गरिरहेको आन्दोलनप्रति नेपाल उद्योग वाणिज्य महासंघको ध्यानार्कषण भएको छ । यस सम्बन्धमा वार्ता समिति गठन भई दुई चरणको वार्ता भइसकेको र अधिकांश विषयमा सहमती हुँदाहुँदै संघर्ष समितिले मिति २०६९-२-२८ को विज्ञप्ति मार्फत अस्वभाविक र पू्र्व जानकारी विनानै सम्बन्धित सम्पूर्ण कम्पनीहरुमा अनिश्चितकालिन हडताल शुरु गरेको खबरवाट महासंघ आश्चर्य चकित भएको छ ।

कुरियर सेवा जस्तो संवेदनशिल व्यवसायमा यस प्रकारको अप्रत्याशित अवरोधले यस सेवा अन्तर्गत विभिन्न ठाउंमा पुरयाउनु पर्ने अति आवश्यक कागजपत्र तथा सामानहरु अलपत्र पर्न गई आम ग्राहकहरुलाइ ठूलो कठिनाई हुने कुरा निश्चित छ । विभिन्न ठाउंहरुमा आवश्यक पर्ने कागजपत्र तथा औषधी लगायत सामानहरु ग्राहकको माग बमोजिम ठिक समयमा उपलव्ध गराउने कुरियर कम्पनीहरुको कार्य सबैलाई विदितै छ ।

तसर्थ मुलुकभर यस प्रकारको विशेष सेवा प्रदान गर्दै आएको कुरियर सेवामा संलग्न कम्पनीका कामदार कर्मचारी कानून र सर्वस्वीकार्य मापदण्ड विपरित हडतालमा उत्रनु कानुनको उल्लंघन हो । अप्रत्याशितरुपमा घोषणा गरेको हड्ताल तत्काल फिर्ता लिई स्थगित वार्तालाई निरन्तरता दिन र सौहार्दपूर्ण वातावरणमा सम्बन्धित कम्पनीहरु र सो कम्पनीहरुमा कार्यरत कामदार कर्मचारीहरुको बीचको समस्या समाधान गर्न नेपाल उद्योग वाणिज्य महासंघ आन्दोलनरत पक्षलाई आव्हान गर्दछ । आवश्यकता परे महासंघ आफ्नो रोहवरमा वार्ता गराउन समेत तयार रहेको विश्वास समेत दिलाउंदछ । कुरियर सेवाको कामको प्रकृतिलाई दृष्टिगत गरी यस प्रकारको गैर जिम्मेवारीपूर्ण कार्य अन्तगरी वार्ताको माध्यमबाट समस्या समाधान गर्न महासंघ अपिल समेत गर्दछ ।

 © Copyright 2005-2014. All Rights Reserved. FNCCI.
Best Viewed in 1024 x 768.