»
Home
»
Introduction
»
Activities
»
»
»
»
International Links
»
Tax Structures
»
Economic Indicators
»
General Information
»
Business Code of Conduct
»
Publications
»
Photo Gallery
»
Secretariat
»
Downloads
»
Membership
»
Keyword
Category















नेउवामहासंघका पदाधिकारीहरुसंग गलैंचा उद्यमीहरुको भेटघाट (२०६९/३/८)


Meet Carpet Industralists

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष भाष्करराज राजकर्णिकार तथा उपाध्यक्ष पशुपति मुरारकासंग केन्द्रीय गलैचा उद्योग संघ, नेपालका अध्यक्ष लंकमान रोकाको नेतृत्वमा आएको गलैंचा उद्यमीहरुको एक प्रतिनिधिमण्डलले आज महासंघ सचिवालयमा भेटगरी गलैचा उद्योगहरुले हाल भोगिरहेका समस्या एवं समाधानका लागि आग्रह गर्‍यो ।

सो अवसरमा प्रतिनिधिमण्डलले गलैंचा उद्योगहरुले श्रमिक कामदारहरुको अभाव, अन्तराष्ट्रिय बजार प्रवद्र्धनको अभाव लगायतका समस्याहरु व्यहोर्नु परेकोले आगामी बजेटमा गलैचा उद्योगलाई माथि उकास्न विशेष नीति तथा कार्यक्रम ल्याउन महासंघले सहयोग गर्नुपर्ने, गलैंचा उद्योगहरुलाई रुग्ण उद्योगको सुविधा उपलव्ध गराउनु पर्ने, आर्थिक अभावले गलैंचामा प्रमाणचिन्ह (लेवलिङ) गर्न नसकिएकाले लेवलिङ सहित अन्तराष्ट्रिय व्राण्डिङमा सघाउन आग्रह गर्‍यो । कुनै समयमा मुलुककै प्रमुख निकासी मुलक उद्योगको रुपमा स्थापित गलैंचा उद्योगलाई अहिलेको कठिन अवस्थाबाट माथि उठाउन ढिलो गर्न नहुनेमा पनि प्रतिनिधिमण्डलका तर्फबाट जोड दिइयो ।

गत वैशाख ११ गते केन्द्रीय गलैंचा उत्पादक संघ र केन्द्रीय गलैंचा उद्योग संघ एक अर्कामा एकाकार (मर्ज) भएपछि बनेको संस्था केन्द्रीय गलैंचा उद्योग संघ, नेपालका नव गठित पदाधिकारी एवं सदस्यहरुलाई महासंघमा परिचय गराउने उद्देश्यले आएको उक्त प्रतिनिधिमण्डलको स्वागत गर्नुहुंदै महासंघका वरिष्ठ उपाध्यक्ष भाष्करराज राजकर्णिकारले मुलुकको प्रतिष्ठासंग गांसिएको गलैचा लगायतका प्रमुख निकासी योग्य वस्तुहरुको प्रवद्र्धन गर्ने दायित्व महासंघको भएकाले यस्ता वस्तुहरुको प्रवद्र्धनमा सक्दो सहयोग गर्ने विश्वास दिलाउनु भयो ।

वरिष्ठ उपाध्यक्ष राजकर्णिकारले भन्नु भयो–के गर्दा गलैंचा जस्ता वस्तुहरुको निकासी अवस्थालाई पूर्वावस्थामै ल्याउन सकिन्छ त्यसका लागि महासंघले संघसंग नजिकमा रहेर कार्य गर्ने र सरकारको आगामी वजेटमा समेत यस्ता उद्योगहरुको उत्थानमा विशेष सुविधा सहितको कार्यक्रम ल्याउन पहल गर्ने विश्वास दिलाउनु भयो । वरिष्ठ उपाध्यक्ष राजकर्णिकारले नेपाली गलैचाको यथार्थ वस्तुस्थिति सहित यसको रणनीतिक योजना तयार गर्न एउटा ठोस अनुसन्धानको आवश्यकतामा जोड दिनु भयो ।

उहांले न्यूनतम आर्थिक एजेण्डामा आम राजनीतिक सहमती हुनुपर्नेमा महासंघले निरन्तर जोड दिंदै आएको बताउनु भयो । आगामी बजेट “निजी क्षेत्र मैत्री” बन्नु पर्ने प्रयासमा लागिरहेको र समयमै आम राजनीतिक सहमती सहितको बजेट आउनु पर्नेमा महासंघको जोड रहेको स्पष्ट पार्नुभयो । रुग्ण उद्योगका विषयमा धेरै कार्य अगाडी बढेकाले वास्तविक रुग्ण उद्योगका विषयमा यथार्थ विवरण सहित महासंघमा आवश्यक जानकारी गराउन गलैंचा उद्यमीहरुलाई आग्रह समेत गर्नुभयो ।

महासंघका उपाध्यक्ष पशुपति मुरारकाले यस अवधिमा श्रम समस्यामा सुधार आएको स्पष्ट पार्नु भयो । साथै उहांले गलैचा उद्योगमा रहेका विद्यमान समस्याहरुलाई वुंदागत रुपमा उल्लेख गरी महासंघमा पठाउन समेत आग्रह गर्नुभयो ।

 © Copyright 2005-2014. All Rights Reserved. FNCCI.
Best Viewed in 1024 x 768.