»
Home
»
Introduction
»
Activities
»
»
»
»
International Links
»
Tax Structures
»
Economic Indicators
»
General Information
»
Business Code of Conduct
»
Publications
»
Photo Gallery
»
Secretariat
»
Downloads
»
Membership
»
Keyword
Category















आगामी बजेट तथा न्यूतम आर्थिक सहमतीका विषयमा राजनीतिक दलका नेताहरुसंग छलफल (२०६९/३/१३)


Discussion on Budget

नेपाल उद्योग वाणिज्य महासंघद्वारा मुलुकका प्रमुख राजनीतिक दलका नेता तथा पूर्व अर्थमन्त्रीहरुको सहभागितामा न्यूनतम साझा आर्थिक सहमती तथा नयां बजेट निर्माणका विषयमा आज महासंघ सचिवालयमा एक छलफल आयोजना गरियो । सो अवसरमा महासंघका तर्फबाट तयार पारिएको मुलुकको आर्थिक विकासका लागि न्यूनतम साझा एजेण्डा समेटिएको प्रारम्भिक खाकामाथि समेत छलफल भयो ।

छलफल कार्यक्रममा पूर्व उपप्रधान तथा पराराष्ट्र मन्त्री एवं मधेसी जनाधिकार फोरमका अध्यक्ष उपेन्द्र यादव, पूर्व अर्थमन्त्री एवं नेपाली कांग्रेसका नेता डा. रामशरण महत, पूर्व अर्थमन्त्री एवं नेकपा एमालेका नेता सुरेन्द्र पाण्डे, पूर्व अर्थमन्त्री एवं राष्ट्रिय जनशक्ति पार्टीका सहअध्यक्ष डा. प्रकाशचन्द्र लोहनी र राष्ट्रिय योजना आयोगका पूर्व सदस्य एवं एकिकृत नेपाल कम्युनिष्ट पार्टी माओवादीका नेता डा. डिल्लीराज खनाल सहभागी हुनु भयो ।

महासंघका निवर्तमान अध्यक्ष कुशकुमार जोशी, विशिष्ट सदस्य एवं पूर्व अध्यक्ष चण्डिराज ढकाल, अर्थसचिव कृष्णहरि बांस्कोटा, महासंघका उपाध्यक्षहरु प्रदीपजंग पाण्डे तथा पशुपति मुरारका र कार्यकारिणी समितिका सदस्यहरु समेत सहभागि रहनु भएको सो छलफलमा मुलुकको सुसंचालनसंग गांसिएको बजेट निर्धारित समयमै राष्ट्रिय सहमतीका साथ आउनु पर्ने तथा राजनीतिक अस्थिरताका बीच पनि आर्थिक विकासलाई निर्वाध रुपमा संचालन हुन दिन न्यूनतम आर्थिक विषयमा दलहरु बीच साझा सहमती हुनु पर्नेमा महासंघको तर्फबाट जोड दिइयो ।

बैठकमा दलहरुका तर्फबाट मुलुकको नियमित खर्च रोक्न नहुने धारणा राखियो । साथै बैठकमा राजनीतिक सहमती आवश्यक भएको कुरामा सवैको समान धारणा रह्यो ।

Discussion on Budget

त्यसैगरि बैठकमा राजनीतिक दलहरुका तर्फबाट राजनीति र अर्थनीतिलाई छुट्टाछुट्टै वाटोबाट निर्वाध रुपमा अगाडी बढ्ने वातावरण आवश्यक भएको र त्यस्तो वातावरण निर्माणमा सवै राजनीतिक दलहरु बीच सहमती हुनु पर्ने धारणा व्यक्त गरियो । निजी सम्पत्तिको सुरक्षा, आर्थिक स्वतन्त्रता, बन्द हड्ताल नगर्ने तथा स्वदशी एवं विदेशी लगानी सुरक्षाको प्रत्याभुतिका लागि सवै दलका तर्फबाट सामुहिक प्रतिवद्धता हुनुपर्नेमा समेत जोड दिइयो ।

राष्ट्रिय सहमती निर्माणका लागि महासंघले गरेको प्रयासको स्वागत गर्दै मुलुकको आर्थिक विकासका लागि महासंघले तय गरेका प्राथमिकता प्राप्त क्षेत्रहरुलाई अगाडी बढाउन आफनो दलका तर्फबाट सहयोग हुने विश्वास समेत नेताहरुले दिलाउनु भयो ।

 © Copyright 2005-2014. All Rights Reserved. FNCCI.
Best Viewed in 1024 x 768.