»
Home
»
Introduction
»
Activities
»
»
»
»
International Links
»
Tax Structures
»
Economic Indicators
»
General Information
»
Business Code of Conduct
»
Publications
»
Photo Gallery
»
Secretariat
»
Downloads
»
Membership
»
Keyword
Category















धरानमा एचआइभी एड्स विरुद्ध व्यवसायिक अभियान (२०६९/३/१७)


नेपाल उद्योग वाणिज्य महासंघमा संचालित Business Coalition on AIDS in Nepal-BCAN द्वारा पूर्वाञ्चल क्षेत्रका उद्योग वाणिज्य संघसंग आवद्ध उद्योगी व्यवसायीहरुलाई HIV/AIDS बारे सचेतना गराउने उद्देश्यले धरानमा HIV/AIDS on Workplace for Business Leaders & Executives विषयक एकदिने अभिमुखिकरण कार्यक्रम आयोजना गरियो । कार्यक्रममा महासंघका पूर्वाञ्चल क्षेत्रभित्रका सदस्य संघ सस्थाहरु, उद्यमी व्यवसायीहरु तथा विभिन्न सरकारी एवं गैर-सरकारी संस्थाहरुको सहभागिता थियो ।

कार्यक्रमको मुख्य लक्ष्य HIV/AIDS सम्बन्धी उद्योगी व्यवसायीहरुमा सचेतना गराई कार्यस्थलमा HIV/AIDS वाट हुने संक्रमणहरुको रोकथाम तथा नियन्त्रण, HIV/AIDS संक्रमित तथा प्रभावित कामदार तथा परिवारको उपचार, स्याहार सुसार तथा सहयोग गराउनुका साथै सबै कार्यक्षेत्रमा गोपनियताको कदर गरी उनीहरुलाई सम्मानजनक व्यवहार गर्नु पर्ने बारेमा पनि जानकारी दिनु रहेको थियो ।

कार्यक्रममा प्रमुख अतिथिको आशनबाट महासंघका निवर्तमान अध्यक्ष एवं BCAN का संस्थापक सदस्य कुशकुमार जोशीले उद्योगी व्यवसायीहरुलाई एचआइभी/एड्स विरुद्ध एकवद्ध भई सहकार्य गर्न अपिल गर्दै सम्पूर्ण उद्योगी व्यवसायीहरुलाई FNCCI-BCAN को सदस्यता लिई नेपालमा एड्स विरुद्ध व्यवसायिक सहकार्यका लागि आग्रह गर्नुभयो । उद्यमी व्यवसायीहरुले केवल व्यवसायिक मुनाफामात्रलाई नहेरी सामाजिक भूमिका निर्वाह गर्नुपर्ने दायित्व बढ्दै गएको र संस्थागत सामाजिक दायित्व (Corporate Social Responsibility - CSR) अभियानकै रुपमा आएकाले नेपाली उद्यमी व्यवसायीहरुलाई पनि यस अभियान समावेश गरी लैजान एड्स विरुद्धको अभियान थालनी गरेको बताउनु भयो ।

कार्यक्रममा महासंघको सामाजिक सेवा फोरमका संयोजक नन्द किशोर श्रेष्ठले Role of Business Sector on AIDS Response and Status in Nepal विषयमा कार्यपत्र प्रस्तुती मार्फत निजी क्षेत्रको भूमिका स्पष्ट पार्नुभयो ।

पूर्वाञ्चल उद्योग वाणिज्य संघका अध्यक्ष किशोर कुमार प्रधानले कार्यक्रमको उद्देश्य, लक्ष्यका विषयमा जानकारी गराउनु भयो । UNAIDS का सामाजिक परिचालन सल्लाहकार बिना पोखरेलले Basics of HIV and its Situation at the Global and Country Level विषयमा कार्यपत्र मार्फत विस्तृत जानकारी गराउनु भयो । कार्यक्रममा बिजय लिम्बुले पूर्वाञ्चल क्षेत्रमा HIV/AIDS अवस्था बारे एक प्रस्तुती मार्फत जानकारी गराउनु भयो ।

उद्योग वाणिज्य संघ सुनसरीका अध्यक्ष मोहनकाजी शाक्यले स्वागत मन्तव्य दिनु भएको सो कार्यक्रमको समापन समारोहमा उद्योग वाणिज्य संघ सुनसरी संघका प्रथम उपाध्यक्ष सरोज श्रेष्ठले सवै सहभागीहरुमा धन्यवाद दिंदै कार्यक्रमबाट यस क्षेत्रका उद्यमी व्यवसायीहरुले एचआइभी एड्सका सम्बन्धमा जानकारी हासिल गरी त्यसलाई आफनो कार्यक्षेत्रमा लागू गर्ने लाभान्वित भएको धारणा राख्नु भयो ।

 © Copyright 2005-2014. All Rights Reserved. FNCCI.
Best Viewed in 1024 x 768.