»
Home
»
Introduction
»
Activities
»
»
»
»
International Links
»
Tax Structures
»
Economic Indicators
»
General Information
»
Business Code of Conduct
»
Publications
»
Photo Gallery
»
Secretariat
»
Downloads
»
Membership
»
Keyword
Category















वालिङ उवासंघको प्रतिनिधिमण्डल महासंघमा : स्थानीय सम्भाव्यता अध्ययन सहित ठोस कार्यक्रम ल्याउन अध्यक्ष वैद्यद्वारा आग्रह (२०६९/३/१८)


Meeting with Waling CCI Delegation

नेपाल उद्योग वाणिज्य महासंघका सुरज वैद्यले महासंघका सदस्य जिल्ला उद्योग वाणिज्य संघहरुले स्थानीय सम्भाव्यताको अध्ययन सहित ठोस कार्यक्रम ल्याउन सकेमा महासघले त्यस्ता कार्यक्रमलाई अगाडी बढाउन सहयोग गर्ने बताउनु भएको छ ।

विभिन्न उद्योग वाणिज्य संघहरुको अध्ययन अवलोकन भ्रमणका क्रममा नेपाल उद्योग वाणिज्य महासंघमा वालिङ उद्योग वाणिज्य संघका अध्यक्ष पूण्यप्रसाद अर्यालको नेतृत्वमा आएको व्यावसायिक प्रतिनिधिमण्डलसंग आज आयोजित अन्तरक्रिया कार्यक्रमलाई सम्वोधन गर्नुहुंदै महासंघका अध्यक्ष वैद्यले वालिङमा के को सम्भाव्यता छ, त्यसको अध्ययन गर्नुहोस, जो दीगो पनि होस र स्थानीय तहमा त्यसका लाभ जनताले पनि लिन सकुन त्यस्ता कार्यक्रम पहिचान गरी आएमा महासंघले त्यसको संचालन तथा वजारीकरणमा पूर्ण सहयोग गर्ने विश्वास दिलाउनु भयो ।

महासंघको एक गाउं एक उत्पादन समितिका सभापति डीवी वस्नेत, आयश्रोत परिचालन समितिका सभापति कल्याणकृष्ण ताम्राकार, घरेलु तथा साना उद्योग समितिका सभापति लोक विक्रम थापा, महासंघको गण्डकी अंचल प्रतिनिधि चोपनारायण श्रेष्ठको समेत सहभागिता रहेको सो अन्तरक्रिया कार्यक्रममा अध्यक्ष वैद्यले भन्नु भयो–जिल्लाको खुवी केमा छ, त्यस्ता कार्यक्रम पहिचान गर्नुहोस जसले समग्रमा जिल्लाको आर्थिक व्यवसायिक विकासमा आमूल परिवर्तन ल्याउन सकोस । अध्यक्ष वैद्यले स्थानीय क्षेत्रमा कर प्रशासनबाट उद्यमी व्यवसायीलाई आतंकित पार्ने कार्य भएको सम्बन्धमा महासंघले केन्द्रीयतहबाट सोको समाधानमा पहल गरिरहेको जानकारी गराउनु भयो ।

अध्यक्ष वैद्यले एक जिल्ला एक उत्पादन कार्यक्रम तथा स्वरोजगार कार्यक्रमलाई कसरी बढी भन्दा बढी परिणाममुखी बनाउने भन्ने सम्बन्धमा महासंघले नेपाल सरकारसंग पनि सहकार्य गरीरहेको स्पष्ट पार्नुभयो । संघको आयश्रोतको दीगो पहिचानका लागि जिल्ला संघहरुको भ्रमणमा निस्केको प्रतिनिधिमण्डललाई महासंघका अध्यक्ष वैद्यले सदस्यहरुको आवश्यकता पहिचान गरी संघले सेवा पुर्‍याउन सकेमा त्यसबाट संघको आय आर्जनमा सघाउ पुग्ने सुझाव दिनु भयो । साथै उहांले वालिङ उद्योग वाणिज्य संघलाई रणनीतिक योजना तर्जुमा तालीम आयोजना गरी त्यसबाट आउने सुझावका आधारमा आगामी कार्यक्रम संचालन गर्न समेत आग्रह गर्नुभयो ।

महासंघका समिति सभापतिहरुले संघले आयोजना गर्ने मेला महोत्सवलाई क्षेत्रगत रुपमा विशिष्टिकृत गर्नु पर्ने, स्थानीय विकासमा स्थानीय निकायहरुसंग समन्वय तथा सहकार्य गरेर जानु पर्ने, वालिंग जिल्लामा कफी तथा अदुवा विकासको राम्रो सम्भाव्यता रहेको र हाल कार्यक्रमहरु पनि संचालन रहेकाले ती कार्यक्रमहरुलाई अझ बढी विस्तार गर्नुपर्ने सुझाव दिनु भयो ।

सो अवसरमा प्रतिनिधिमण्डलका नेता एवं वालिङ उवासंघका अध्यक्ष अर्यालले संघको दीगो आयश्रोतको पहिचान तथा संघको क्षमता विकासमा अनुभवी उद्योग वाणिज्य संघहरुको अनुभव आदान गर्ने उद्देश्यले भ्रमण आयोजना भएको जानकारी गराउंदै यसमा संघका कार्यक्रमहरुलाई सफल पार्ने कार्यमा महासंघबाट विशेष सहयोगको अपेक्षा गरेको वताउनु भयो । चौध सदस्यीय उक्त प्रतिनिधिमण्डलले नुवाकोट, मकवानपुर, रत्ननगर र चितवन उद्योग वाणिज्य संघहरुको अध्ययन भ्रमण गर्ने कार्यक्रम छ ।

 © Copyright 2005-2014. All Rights Reserved. FNCCI.
Best Viewed in 1024 x 768.