»
Home
»
Introduction
»
Activities
»
»
»
»
International Links
»
Tax Structures
»
Economic Indicators
»
General Information
»
Business Code of Conduct
»
Publications
»
Photo Gallery
»
Secretariat
»
Downloads
»
Membership
»
Keyword
Category















महासंघ प्रतिनिधिमण्डलद्वारा एनेकपा(माओवादी) अध्यक्ष दाहालसंग भेटघाट (२०६९/३/१८)


नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष सुरज वैद्यको नेतृत्वमा गएको महासंघको प्रतिनिधिमण्डलले एकिकृत नेपाल कम्युनिष्ट पार्टी(माओवादी) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसंग आज विहान उहांको निवास लाजिम्पाटमा भेटगरी निर्धारित समयमा सहमतीको बजेट निर्माण तथा निजी क्षेत्रले अघि सारेको आर्थिक मुद्दाहरुमा न्यूनतम आर्थिक साझा सहमतीका लागि आग्रह गऱ्यो ।

महासंघका विशिष्ट सदस्य एवं पूर्व अध्यक्ष चण्डिराज ढकाल, वरिष्ठ उपाध्यक्ष भाष्करराज राजकर्णिकार, उपाध्यक्षहरु प्रदीपजंग पाण्डे, पशुपति मुरारका, पूर्व उपाध्यक्षहरु दिवाकर गोल्छा र रोहिणी थपलिया, कार्यकारिणी समितिका सदस्यहरु, उद्यमी व्यवसायीहरु समेत सहभागि रहनु भएको सो प्रतिनिधिमण्डलका तर्फबाट महासंघका अध्यक्ष वैद्यले निर्धारित समयमै राजनीतिक सहमतीको बजेट निर्माणका लागि आग्रह गर्नुका साथै निजी क्षेत्रका तर्फबाट महासंघले तयार पारेको न्यूनतम साझा आर्थिक एजेण्डाका विषयमा जानकारी गरायो ।

सो अवसरमा महासंघका अध्यक्ष बैद्यले राजनीतिक सहमतीका साथ अर्थतन्त्रलाई निर्वाधरुपमा अगाडी बढ्ने वातावरण बनाई दिन आग्रह गर्नुभयो । संविधान विघटन भएपछि निजी क्षेत्र अन्यौल भएको स्पष्ट पार्नुहुंदै अध्यक्ष वैद्यले निजी क्षेत्रले उठान गरेका आर्थिक मुद्दाहरुमा न्यूनतम साझा सहमतीका लागि सहयोग गर्न आग्रह समेत गर्नुभयो ।

सो अवसरमा एनेकपा (माओवादी) का अध्यक्ष दाहालले महासंघले राजनीतिक सहमती, आगामी वर्षको बजेट एवं आर्थिक नीतिहरुमा न्यूनतम सहमतीका लागि थालेको प्रयासको सराहना गर्नुभयो । उहांले आफूले पनि राजनीतिक सहमतीका लागि निरन्तर पहल गर्दै आएको र निर्धारित समयभित्रै राष्ट्रिय बजेट ल्याउन सवै दलहरुका तर्फबाट सहयोग हुने आफूले अपेक्षा गरेको बताउनुहुंदै महासंघले राखेको न्यूनतम साझा कार्यक्रमलाई आफ्नो पार्टीको एजेण्डामा प्रवेश गराउने विश्वास समेत दिलाउनु भयो । साथै उहांले परराष्ट्र नीति एवं आर्थिक नीतिमा आम सहमती बनेमा मुलुकलाई अघि बढ्न मद्दत पुग्ने धारणा राख्नु पनि भयो ।

 © Copyright 2005-2014. All Rights Reserved. FNCCI.
Best Viewed in 1024 x 768.