लहान सिरहास्थित होटल विशालमा असार २० गते भएको घटनाका सम्बन्धमा नेपाल उद्योग वाणिज्य महासंघको ध्यानाकर्षण भएको छ । रातीको समयमा होटलभित्र पसी लहान उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष एवं होटल मालिक निरस चौधरी, केही व्यवसायीहरु तथा होटलका ग्राहकहरुलाई समेत कुटपिट भएकोप्रति नेपाल उद्योग वाणिज्य महासंघ निन्दा एवं भत्सर्ना गर्दछ ।
यदि घटनामा प्रहरीकै संलग्नता रहेको हो भने त्यो भन्दा दुर्भाग्य केही नहुने महासंघको धारणा छ । शीघ्र अनुसन्धान मार्फत घटनाका विषयमा सत्यतथ्य पत्ता लगाई घटनामा संलग्नहरुलाई हदैसम्मको कारवाही गर्न समेत महासंघ नेपाल सरकार समक्ष आग्रह गर्दछ । घटना पश्चात घटनास्थल पुगेका प्रहरीहरुबाट भएको ज्यादतिको पनि महासंघ विरोध गर्दछ ।