»
Home
»
Introduction
»
Activities
»
»
»
»
International Links
»
Tax Structures
»
Economic Indicators
»
General Information
»
Business Code of Conduct
»
Publications
»
Photo Gallery
»
Secretariat
»
Downloads
»
Membership
»
Keyword
Category















नेपाल र मंगोलिया बीच आर्थिक व्यवसायिक सम्बन्ध विस्तारका लागि सहमतीपत्रमा हस्ताक्षर (२०६९/४/२८)


नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष एवं एशिया प्रशान्त उद्योग वाणिज्य महासंघ (Confederation of Asian-Pacific Chambers of Commerce & Industry - CACCI) को कार्यकारिणी समिति सदस्य प्रदीपकुमार श्रेष्ठ र क्यासीका आजिवन सदस्य एवं महासंघको उर्जा फोरमका सभापति ज्ञानेन्द्रलाल प्रधान क्यासीको उच्चस्तरीय प्रतिनिधिमण्डलको हालै सम्पन्न मंगोलिया भ्रमणमा सहभागी भई स्वदेश फर्कनु भयो । भ्रमण साउन १७ देखि २१ गतेसम्म भएको थियो ।

क्यासीका वर्तमान अध्यक्ष अम्वासडर वेनीडिक्टो यूजुइको (Amb. Benedicto Yujuico President, CACCI) को नेतृत्वमा सम्पन्न सो भ्रमणका क्रममा महासंघका पूर्व अध्यक्ष श्रेष्ठको टोलीले त्यहांका उद्यमी व्यवसायीसंग भेटघाट गरी नेपाल र मंगोलिया बीचको आर्थिक व्यावसायिक सम्बन्ध विस्तारका विषयमा भेटवार्ता समेत गर्नु भएको थियो ।

CACCI Delegation to Mongolia
For more photos

सो क्रममा महासंघ र मंगोलिया उद्योग वाणिज्य संघ (Mongolian National Chamber of Commerce and Industry) बीच निजी क्षेत्रका तर्फबाट आर्थिक व्यवसायिक सम्बन्ध विस्तारमा सहकार्य गर्ने उद्देश्यले सहमतीपत्रमा हस्ताक्षर समेत भयो । क्यासीका वर्तमान अध्यक्ष अम्वासडर वेनीडिक्टो यूजुइको समुपस्थितिमा सम्पन्न सो अवसरमा सहमतीपत्रमा महासंघका पूर्व अध्यक्ष श्रेष्ठ तथा सो संघका तर्फबाट अध्यक्ष एस.डेम्वेरल (S. Demberel, Chairman, Mongolian National Chamber of Commerce and Industry) ले हस्ताक्षर गर्नुभयो ।

सहमतीपत्रमा नेपाल र मंगोलिया बीच आर्थिक, व्यापारिक, वैज्ञानिक, प्रविधि सम्बन्धी सहयोग प्रवद्र्धन गर्ने, व्यवसायिक सम्बन्ध विस्तारमा प्रभावकारी भूमिका निर्वाह गर्ने, उद्योग व्यापार व्यवसाय लगायत आर्थिक क्षेत्रसंग सम्बन्धित सूचना तथा जानकारी एवं सम्बन्धित देशको व्यापार, लगानी सम्बन्धी नीति तथा कानूनको आदान प्रदान तथा संयुक्त रुपमा सभा सम्मेलन, गोष्ठी, बैठक, अध्ययन भ्रमण, व्यापारिक भ्रमणको आदान प्रदान तथा आवश्यकताका आधारमा तालीम संचालन एवं एक अर्का देशमा व्यापार मेला महोत्सवको आयोजना मार्फत व्यापार विस्तारमा भूमिका निर्वाह गर्ने छन् ।

सहमती अनुसार दुवै पक्ष एकअर्का बीच व्यापार, लगानी विस्तारमा सहकार्य गर्ने छन् । व्यापार तथा लगानीका सम्भाव्य क्षेत्रहरुको पहिचान तथा सो सम्बन्धी सूचनाहरुको आदान प्रदानका अतिरिक्त दुवै देशको हितका खातिर दुवै देशमा व्यवसायिक परिषद (जस्तो नेपाल मंगोलिया, मंगोलिया नेपाल व्यवसायिक परिषद) को गठन मार्फत सहकार्य गर्न सहमत भएका छन् ।

सहमतीपत्रमा हस्ताक्षर पश्चात महासंघका पूर्व अध्यक्ष श्रेष्ठले दुई देश बीच आर्थिक व्यवसायिक सम्बन्ध विस्तारका लागि यो सफल शुरुवात हो भन्नु भयो । उहांले नेपाल मंगोलिया बीच निकै कुराहरुमा समानता रहेको र यो शुरुवातबाट आगामी दिनमा आपसी हितका लागि आर्थिक व्यवसायिक क्षेत्रमा निकै धेरै कार्य हुने विश्वास समेत प्रकट गर्नुभयो । साथै सो अवसरमा महासंघका तर्फबाट उहांले आगामी अक्टोवार ३ देखि ५ तारिखसम्म काठमाडौंमा आयोजना हुने क्यासीको २६ औं विश्व सम्मेलनमा भाग लिन मंगोलियन उद्यमी व्यवसायीहरुलाई आमन्त्रण समेत गर्नु भएको थियो ।

 © Copyright 2005-2014. All Rights Reserved. FNCCI.
Best Viewed in 1024 x 768.