»
Home
»
Introduction
»
Activities
»
»
»
»
International Links
»
Tax Structures
»
Economic Indicators
»
General Information
»
Business Code of Conduct
»
Publications
»
Photo Gallery
»
Secretariat
»
Downloads
»
Membership
»
Keyword
Category















पोखरा अन्तराष्ट्रिय विमानस्थल निर्माण सम्बन्धमा तत्काल निर्णय गर्न सरोकारवाला निकायहरुको गम्भीर आग्रह (२०६९/५/१)


नेपाल उद्योग वाणिज्य महासंघ लगायत विभिन्न पर्यटन व्यवसायसंग सम्बन्धित संघ/संस्थाहरुले पोखरा विमानस्थललाई अन्तराष्ट्रिय विमानस्थल बनाउने सन्दर्भमा हाल भैरहेको ढिलाई प्रति दु:ख व्यक्त गर्दै तत्काल यसलाई अगाडी बढाउन आग्रह गरेका छन् ।

Press Meet - Pokhara Airport

महासंघ, नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स(नाटा), रेष्टुरेन्ट एण्ड वार एसोसिएसन नेपाल(रेवान), ट्ेकिङ एजेन्टस एसोसिएसन नेपाल(टान), होटल संघ नेपाल, पोखरा उद्योग वाणिज्य संघ, पोखरा पर्यटन परिषद, होटल संघ नेपाल लगायत पर्यटन व्यवसायसंग आवद्ध संघ संस्थाहरुको सहभागितामा आज महासंघ सचिवालयमा आयोजित पत्रकार सम्मेलनमा सो आग्रह गरिएको हो ।

मुलुकको एकमात्र अन्तराष्ट्रिय विमानस्थल त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल सांंघुरिंदै गएको र अन्य अन्तराष्ट्रिय विमानस्थलको विस्तार आवश्यक भएको अवस्थामा निकै अगाडी बढी सकेको प्रस्तावित पोखरा अन्तराष्टिय विमानस्थल निर्माणको लागि गरिने निर्णयमा भएको ढिलाई प्रति चिन्ता प्रकट गरेका छन्, सरोकारवालाहरुको एउटै भनाई छ– मुलुकको समग्र आर्थिक भविष्यसंग गांसिएको यो विषयलाई कुनै पनि हालतमा ढिलाई नगरि छिटो निर्णय होस ।

पत्रकार सम्मेलनलाई सम्वोधन गर्नुहुंदै महासंघका वरिष्ठ उपाध्यक्ष भाष्करराज राजकर्णिकारले विमानस्थल निर्माणका लागि अन्तराष्ट्रिय रुपमा टेण्डर समेत आव्हान भै, टेण्डर छनौट समेत भई अन्तिम चरणमा पुगिसकेको सन्दर्भमा यसलाई छिटै अन्तिम रुपदिन नेपाल सरकारलाई आग्रह गर्नु भयो । नेपाल सरकारबाट सन् २०१२—१३ लाई नेपाल लगानी वर्षको रुपमा मनाउने निर्णय भैसकेको अवस्थामा पोखरा अन्तराष्ट्रिय विमानस्थल निर्माण कार्यलाई छिटो कार्यान्वयनमा लैजान सकिएमा राष्ट्रिय/अन्तराष्ट्रिय रुपमा राम्रो सन्देश जाने उहांको धारणा थियो ।

महासंघका पूर्व अध्यक्ष एवं विमानस्थल सरोकार समितिका सदस्य आनन्दराज मुल्मीले विमानस्थल निर्माण कार्यका सम्पूर्ण तयारीहरु पुरा भैसकेको अवस्थामा नेपाल नागरिक उड्यन प्राधिकरणका कर्मचारीका तर्फबाट निर्णय प्रक्रियामा गरिएको ढिलाईबाट समस्त पोखरेली जनता, मुलुकवासीहरु चिन्तित भएको बताउनु भयो ।

उहांले प्रस्तावित अन्तराष्ट्रिय विमानस्थल निर्माणका लागि छनौट भएको चिनियां पक्षबाट भाद्र ४ गतेसम्म एउटा निर्णयमा पुग्न आशयपत्र पठाइएकोले उक्त दिनभित्र निर्णय गर्न सरकार समक्ष आग्रह समेत गर्नुभयो । साथै उहांले यस बीचमा आफूहरुले विमानस्थल निर्माण प्रक्रियामा छिटो निर्णयमा पुग्न दवावमुलक कार्यक्रमहरु ल्याउने जानकारी समेत गराउनु भयो ।

पूर्व सभासद् एवं विमानस्थल समस्या समाधान समितिका संयोजक राजकाजी गुरुङले सरकारले निर्धारित समयभित्र निर्णय गरी निर्माण प्रक्रियालाई अगाडी नबढाए अन्तराष्ट्रियस्तरमा नेपालका वारे नराम्रो संदेश जाने तर्फ चिन्ता प्रकट गर्दै आम नेपाली जनताको भावनालाई कदर गर्न आग्रह गर्नुभयो ।

पत्रकार सम्मेलनमा पोखरा उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष विन्दू थापा, रेवानका अध्यक्ष तेजेन्द्र नाथ श्रेष्ठ, नाटाका अध्यक्ष पवित्रकुमार कार्की, पोखरा पर्यटन परिषदका सभापति टिकाराम सापकोटा लगायतले मुलुकको भविष्यसंग गांसिएको यो विषयलाई कुनै पनि हालतमा ढिला नगरी छिटो निर्णयमा पुग्नु पर्नेमा जोड दिनु भयो ।

 © Copyright 2005-2014. All Rights Reserved. FNCCI.
Best Viewed in 1024 x 768.