»
Home
»
Introduction
»
Activities
»
»
»
»
International Links
»
Tax Structures
»
Economic Indicators
»
General Information
»
Business Code of Conduct
»
Publications
»
Photo Gallery
»
Secretariat
»
Downloads
»
Membership
»
Keyword
Category















शिखर सुज प्रा.लि.तत्काल संचालन गरी वार्ताद्धारा समस्याको समाधानमा महासंघको आग्रह (२०६९/५/३१)


काठमाडौं जिल्ला गोलढुंगामा संचालित शिखर सुज इण्डष्ट्रिज प्रा.लि.मा कार्यरत कामदार कर्मचारीहरुबाट प्रस्तुत विभिन्न मागहरुका सम्बन्धमा कामदार र व्यवस्थापन पक्ष बीच छलफल, वार्ताका माध्यमबाट समस्याको समाधान गर्ने प्रयास भैरहेकै अवस्थामा अखिल नेपाल क्रान्तिकारी औद्योगिक मजदुर संघमा आवद्ध मजदुर युनियन भन्दै गएका केही उच्श्रृङखल व्यक्तिहरुबाट यही भाद्र ३० गते शनिवारका दिन उक्त कम्पनीको म्यानेजिंग डाइरेक्टर वस्ने निजी निवास रानीवारीमा जवरजस्ती प्रवेश गरी हुलहुज्जत, गालीगलौज, अभद्र व्यवहार तथा धम्कीपूर्ण भाषा प्रयोग गर्नुका साथै उद्योग कव्जा गरी तालावन्दी गरीएको घटनाप्रति नेपाल उद्योग वाणिज्य महासंघको गम्भीर ध्यानाकर्षण भएको छ । महासंघ यस प्रकारको आपत्तिजनक कार्यको निन्दा एवं भत्सर्ना गर्दछ ।

कम्पनीमा गैर कानूनी ढंगको तालावन्दीका साथै कम्पनीका उत्पादनहरु विक्री वितरण गर्ने निजी पसलहरुमा समेत गएर धम्क्याउने र निजी पसल संचालनमा अवरोध सृजना तथा तालावन्दी गर्ने जस्ता क्रियाकलापबाट महासंघ अत्यन्त चिन्तित भएको छ । उद्योग प्रतिष्ठानमा व्यवस्थापन र कामदार पक्ष बीच समस्या भए समस्याको समाधान वार्ता, छलफलका माध्यमबाट हुनुपर्ने महासंघको धारणा रही आएको छ । उद्योग व्यवसाय संचालनमा अनुकुल वातावरण सृजना गर्ने प्रयास भैरहेको सन्दर्भमा एकपछि अर्को प्रतिष्ठानमा गरिने यस्ता गतिविधिबाट मुलुकभित्र उद्योग व्यवसाय संचालन गर्ने वातावरण सृजनामा थप समस्या आउने र यसबाट नयां लगानी आउने भन्दा भैरहेको लगानी पनि वाहिरिने स्थितितर्फ पनि महासंघ सम्बन्धित पक्षको ध्यानाकर्षण गराउंदछ ।

अत: यस्ता गतिविधि तत्काल बन्द गरी वार्ताको माध्यमबाट समस्या समाधान गर्न र यस्ता गतिविधिमा संलग्न जोसुकैलाई पनि बढावा नदिन सम्बन्धित सवै पक्षमा महासंघ जोडदार आग्रह गर्दछ । उद्योगमा लगाइएको ताला विनाशर्त तत्काल खोली उद्योग पूर्ववत रुपमा संचालन गरी/गराई आपसी छलफल र वार्ताका माध्यमबाट समस्याको समाधान गर्न महासंघ हार्दिक आग्रह गर्दछ । साथै नेपाल सरकार समक्ष प्रतिष्ठान, व्यवसायी एवं व्यवस्थापनमा संलग्न व्यक्तिहरुको सुरक्षा एवं उद्योग प्रतिष्ठान संचालनको वातावरण वनाईदिन समेत महासंघ माग गर्दछ ।

 © Copyright 2005-2014. All Rights Reserved. FNCCI.
Best Viewed in 1024 x 768.