नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष सुरज वैद्यसंग नेपालका लागि माल्टाका नवनियुक्त उच्चायुक्त थेरेसा कुटजार (Ms. Theresa Cutajar, High Commissioner of Malta to Nepal)ले आज महासंघ सचिवालयमा भेटवार्ता गर्नुभयो ।
महासंघका उपाध्यक्ष पशुपति मुरारका, नेपालका लागि माल्टाका वाणिज्य दुत दिनेश श्रेष्ठ, महासंघको कार्यकारिणी समितिका सदस्यहरु र उद्यमी व्यवसायीहरुको सहभागिता रहेको सो भेटवार्तामा नेपाल र माल्टा बीच सम्भाव्य लगानीका क्षेत्रहरु लगायत आपसी हितका विषयमा छलफल भयो । सो अवसरमा शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास तथा आपसी आयात निर्यात व्यापार एवं नेपाल लगानी वर्षका विषयमा छलफल भयो ।