»
Home
»
Introduction
»
Activities
»
»
»
»
International Links
»
Tax Structures
»
Economic Indicators
»
General Information
»
Business Code of Conduct
»
Publications
»
Photo Gallery
»
Secretariat
»
Downloads
»
Membership
»
Keyword
Category















क्यासीको २६ औं सम्मेलनको दोश्रो दिनका कार्यक्रमहरु सम्पन्न (२०६९/६/१८)


नेपाल उद्योग वाणिज्य महासंघको आतिथ्यता एवं नेपाल सरकारको सहयोग एवं सहभागितामा काठमाडौंमा आयोजित एशिया प्रशान्त क्षेत्रको उद्योग वाणिज्य महासंघहरुको प्रतिनिधि संस्था Conferderation of Asia-Pacific Chambers of Commerce and Industry-CACCI को २६ औं सम्मेलनको दोश्रो दिनका व्यवसायिक सत्रहरु आज सम्पन्न भयो ।

सम्माननीय प्रधानमन्त्री डा. बाबुराम भट्राईको प्रमुख आतिथ्यतामा आजको पहिलो सत्र नेपालमा लगानीका अवसरहरु (Investment Opportunities in Nepal) विषयमा छलफल भयो । पहिलो सत्रमा प्रधानमन्त्रीका आर्थिक सल्लाहकार रामेश्वर खनालले मूल विषयमा कार्यपत्र प्रस्तुत गर्नुभयो भने महासंघका अध्यक्ष सुरज वैद्य, गैर आवासीय नेपाली संघका पूर्व अध्यक्ष डा. उपेन्द्र महतो, एनसेलका प्रमुख वित्तिय अधिकृत टोमी होल्पोनियन (Tommi Holopainen, CFO, Ncell) ले आआफ्ना प्रस्तुती दिनु भयो ।

सो अवसरमा भएको छलफलमा विदेशी लगानी आकर्षणका लगानी प्रवद्र्धन वोर्डको गठन, नेपाल लगानी वर्षको आयोजना, लगानीका सम्भाव्य क्षेत्रहरुको पहिचान (जस्तो पूर्वाधार विकास, जलश्रोत, पर्यटन, कृषि, शिक्षा, स्वास्थ्य) लगानीका लागि सहज वातावरणको सुनिश्चिता लगायतमा जोड दिइयो । नेपालमा यतिखेर प्रचुर लगानीको सम्भाव्यता रहेकाले समयमै लगानी गरी प्रचुर फाइदा उठाउन आग्रह गरियो ।

सो अवसरमा प्रमुख आतिथिको आशनबाट सम्वोधन गर्नुहुंदै प्रमानमन्त्री डा. भट्राइले राजनीतिक रुपमा नेपालले निकै धेरै प्रगति गरेको संविधान निर्माण कार्यलाइृ पनि राजनीतिक दलहरु बीच छिट्टै सहमती गरी टुंगोमा पुग्ने विश्वास प्रकट गर्दै नेपालमा लगानीका लागि एशिया प्रशान्त क्षेत्रका उद्यमी व्यवसायीहरुलाई आव्हान गर्नुभयो । प्रधानमन्त्रीले भन्नु भयो यतिखेर नेपालका लागि विकसित प्रविधि, पूर्जी, शीप आवश्यक छ, यसर्थ यहांहरुलाई नेपालमा लगानी गर्न हार्दिक आग्रह गर्दछु । सरकारका तर्फबाट सवै प्रकारको सहयोग गर्न तयार रहेको विश्वास दिलाउनुहुंदै प्रधानमन्त्रीले निजी क्षेत्रसंगको सहकार्यमा सरकारले निकै धेरै आर्थिक विकासका कार्यक्रमहरु अगाडी बढाएको जानकारी समेत गराउनु भयो ।

CACCI Conf 2nd Day

त्यसैगरि आजको दोश्रो सत्र विश्व आर्थिक परिदृश्यमा एशिया (Asia in the Global Economy) विषयमा छलफल भयो । नेपाल राष्ट वैंकका गभर्नर डा. युवराज खतिवडाको प्रमुख आतिथ्यतामा भएको छलफलमा क्यासीका पूर्व अध्यक्ष के.के. मोदी, (Mr. K.K. Modi CACCI President Emeritus), एरोभिष्टा ग्रुप रसियाका अध्यक्ष आपन्दी लाक्योल्योभ (Mr. Apandi Lakhiyalov, President & CEO of Aerovista Group) र महासंघका वरिष्ठ उपाध्यक्ष भाष्करराज राजकर्णिकारले आफनो धारणा राख्नु भयो ।

सो सत्रमा अवको समय विश्व अर्थतन्त्रको नेतृत्व एशियाले गर्ने भएकाले यस क्षेत्रको आर्थिक समृद्धिका लागि सामूहिक सहकार्यमा जोड दिइयो ।

तेश्रो सत्र महिला र यूवा उद्यमशीलताको सशक्तिकरण (Inclusive Economic Growth-Empowering Women and Youth) विषयमा छलफल भयो । छलफलमा महासंघका उपाध्यक्ष भवानी राणा, गैर आवासीय नेपाली संघका अध्यक्ष जीवा लामिछाने, टर्कीको महिला उद्यमशीलता वोर्डका सदस्य जुहाल मान्सफिल्ड (Zuhal Mansfield, Member, TOBB women Enterpreneurs Board), जीआ सेख (Ziad Sheikh, Representative of UN Women in Nepal), डा. मन्जु कार्रला प्रकाश (Dr. Manju Kalra Prakash, CEO, FICCI, Ladies Organization), यूवा उद्यमी मंचका पूर्व अध्यक्ष सौरभ ज्योतिले आआफ्नो प्रस्तुती दिनु भयो ।

सो सत्रमा जनसंख्याको आधा हिस्ता ओगटका महिला र जनसंख्याको ठूलो हिस्सा रहेको यूवाहरुलाई अर्थतन्त्रको मूल प्रवाहमा समाहित गर्न आवश्यक वातावरण वनाईदिनु पर्नेमा जोड दिइयो ।

त्यस्तै वातावरणीय परिवर्तनबाट परेको प्रतिकुल प्रभावको निरुपण (Mitigating the Adverse Impact of Climate Change) का विषयमा महासंघका पूर्व अध्यक्ष प्रदीपकुमार श्रोष्ठ, क्यासीका उपाध्यक्ष जमिल इनासभिल (Jemal Inaishvilla, Vice President, CACCI ), ग्रीनग्रोथ एण्ड डेभलेपमेन्ट (Dr. Ritu Mathur, Associate Director, Green Growth and Development Division, The Energy and Resource Institute) का सहायक निर्देशक डा. रितु माथुर, विश्व बैंकका जोखिम व्यवस्थापन विशेषज्ञ (Diaster Risk Management Specialist, The World Bank) अनिल पोखरेल, इसिमोडका एकलव्य शर्माले धारणा राख्नु भयो भने तत्पश्चात आयोजित क्षेत्रीय व्यापार, लगानी तथा वौद्धिक श्रोत (Regional Trade, Investment and Knowledege Resource) विषयक सत्र नेपाल सरकारका मुख्य सचिव लीलामणी पोखरेलको प्रमुख आतिथ्यतामा सम्पन्न भयो । सो सत्रमा अंकटाडका महासचिव डा. सुपाचाई पानिचपाकडी (Dr. Supachai Panitchpakdi, Secretary General, UNCTAD), महासंघका उपाध्यक्ष पशुपति मुरारका, विश्व बैंकको नेपाल इन्भेष्टमेन्ट क्लाइमेट रिफर्मका प्रमुख फ्रेड जेक (Mr. Fred Zake, Head, Nepal Investment Climate Reform Program/SED/IFC/The World Bank), क्यासी उपाध्यक्ष तारिक सैयदले धारणा राख्नु भएको थियो ।

सो सत्रमा एशिया प्रशान्त क्षेत्रका राष्टहरु बीच अन्तर सम्बन्ध विस्तारमा जोड दिंदै यस क्षेत्रमा रहेको लगानीका अवसरहरुलाई समूहिक रुपमा परिणामदायी वनाउनु पर्नेमा ऐक्यवद्धा प्रकट गरियो ।

नेपालमा पहिलोपटक आयोजना गरिएको सो सम्मेलनको सम्माननीय राष्टपति डा. रामवरण यादवबाट हिजो एक विशेष समारोह बीच समुद्घाटन सुसम्पन्न भएको थियो ।

क्यासी सम्मेलनमा भाग लिन आएका २८ देशका क्यासी सदस्य उवामहासंघहरुका पदाधिकारीहरुबाट भोली विहान राष्टपति डा. रामवरण यादव र प्रधानमन्त्री डा.बाबुराम भट्राईसंग छुटछुटै भेटघाट हुने कार्यक्रम छ ।

 © Copyright 2005-2014. All Rights Reserved. FNCCI.
Best Viewed in 1024 x 768.