»
Home
»
Introduction
»
Activities
»
»
»
»
International Links
»
Tax Structures
»
Economic Indicators
»
General Information
»
Business Code of Conduct
»
Publications
»
Photo Gallery
»
Secretariat
»
Downloads
»
Membership
»
Keyword
Category















राष्ट्रपति र प्रधानमन्त्री समक्ष क्यासीको उच्चस्तरीय प्रतिनिधिमण्डलद्वारा छुट्टाछुटै भेटवार्ता (२०६९/६/१८)


राष्ट्रपति डा. रामवरण यादव तथा प्रधानमन्त्री डा. वावुराम भट्टराई समक्ष एशिया प्रशान्त क्षेत्रका उद्योग वाणिज्य संघ/महासंघहरुको प्रतिनिधि संस्था Conferderation of Asia-Pacific Chambers of Commerce and Industry-CACCI को २६ औं सम्मेलनमा भागलिन आएका एशिया प्रशान्त क्षेत्रका प्रतिष्ठित उद्यमी व्यवसायीहरुको प्रतिनिधिमण्डलद्वारा आज छुट्टाछुटै भेटवार्ता गर्यो ।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष सुरज वैद्य र क्यासीका अध्यक्ष अम्वासडर बेनी डिक्टो युजिका (Amb. Benedicto Yujuico, President,CACCI) को नेतृत्वमा गएको प्रतिनिधिमण्डलले आज विहान राष्ट्रपति निवासमा राष्ट्रपति तथा प्रधानमन्त्री निवास वालुवाटारमा प्रधानमन्त्री समक्ष भेटवार्ता गऱ्यो ।

भेटवार्ताका अवसरमा प्रतिनिधिमण्डलबाट राष्ट्रपति तथा प्रधानमन्त्री समक्ष क्यासीको २६ औं सम्मेलन आयोजनाबाट नेपालमा रहेका सम्भावनाहरुका वारेमा जानकारी लिने महत्वपूर्ण अवसर प्राप्त भएको, नेपालसंग आर्थिक, व्यवसायिक तथा आपसी सम्बन्ध विस्तार गर्न महत्वपूर्ण उपलव्धी प्राप्त भएको जानकारी गराइयो । नेपालमा पूर्वाधार विकास, जलश्रोत, पर्यटन, कृषि, शिक्षा, स्वास्थ्य क्षेत्रमा लगानीको प्रचुर सम्भावना रहेको कुरामा सरकार तथा निजी क्षेत्र बीच एकमत पाइएकोले यी क्षेत्रमा लगानी गर्ने प्रतिवद्धता जनाउनु भयो । साथै प्रतिनिधिमण्डलबाट नेपालमा लगानीका सम्भाव्य क्षेत्रहरुका विषयमा आफना देशहरुमा गएर लगानीकर्ताहरुसंग वृहद छलफल गरी लगानी भित्र्याउन सहयोग गर्ने प्रतिवद्धता समेत जनाइयो । क्यासी सम्मेलन आयोजना गर्नमा नेपाल सरकार तथा नेपाली निजी क्षेत्रको प्रतिवद्धताबाट आफूहरु निकै प्रभावित भएको र नेपाल उद्योग वाणिज्य महासंघ नेपालमा लगानी भित्र्याउनका लागि आफूहरुको एक प्रभावकारी साझेदार हुने विश्वास समेत दिलाउनु भयो ।

सो अवसरमा क्यासीको उच्चस्तरीय प्रतिनिधिमण्डललाई स्वागत गर्नुहुंदै राष्ट्रपति डा. रामवरण यादवले प्रकृतिले भरिपूर्ण नेपाल यतिखेर विकासको भोको रहेकाले नेपालमा लगानी गर्न यस क्षेत्रका उद्यमी व्यवसायीहरुलाई आग्रह गर्नुभयो । प्रकृतिले हामीलाई धेरै कुरा दिएको छ, छिट्टै राजनीतिक मुद्दाहरुमा दलहरु बीच सहमती भई मुलुक विकासको मार्गमा अगाडी बढ्ने विश्वास विदेशी पाहुनाहरुलाई दिलाउनु भयो । राष्ट्रपतिले नेपालमा निर्धक्कसंग लगानी गर्न पनि उहांहरुलाई आग्रह गर्नुभयो ।

Meeting with President of Nepal

त्यसैगरी प्रधानमन्त्री डा. भट्राईले क्यासी उच्चस्तरीय प्रतिनिधिमण्डलको स्वागत गर्नुहुंदै राजनीतिक रुपमा निकै ठूलो उपलव्धी हासिल भएको, प्राप्त उपलव्धीलाई संस्थागत गर्न राजनीतिक दलहरु बीच सहमती भई छिट्टै नयां संविधान आउने र सम्पूर्ण राष्ट्र आर्थिक क्रान्तितर्फ उन्मुख हुने विश्वास दिलाउनु भयो । अवको समय आर्थिक क्रान्तिनै हो भन्नेमा आफू र आफनो सरकार विश्वस्त रहेकाले आफ्नै अग्रसरतामा नेपालको निजी क्षेत्रका नेतृत्वदायी व्यक्तिहरुको समेत सहभागितामा वोर्ड अफ इन्भेष्टमेन्टको गठन भएको, निजी क्षेत्रलाई आर्थिक विकासको प्रमुख साझेदारको रुपमा सरकारले अगाडी सारेको, सरकारको नीति नियम विदेशी लगानीमैत्री भएको बताउनु भयो ।

Meeting with PM

निजी क्षेत्र “इन्जिन अफ ग्रोथ” हो र निजी क्षेत्रको नेतृत्वविना आर्थिक विकास सम्भव छैन भन्ने कुरामा आफू पूर्ण विश्वस्त रहेकोले निजी क्षेत्रलाई साथमा लिएर आफ्नो सम्पूर्ण प्रयास मुलुकको आर्थिक विकासमा लगाउने स्पष्ट पार्दै प्रधानमन्त्रीले भन्नु भयो आर्थिक विकासको हाम्रो अभियानमा तपाईहरुबाट पूर्ण सहयोग पाउने विश्वास लिएको छु, तपाईहरु नेपालमा लगानी गर्नुहोस, सरकार सहयोग उपलव्ध गराउन प्रतिवद्ध छ । नेपाल उद्योग वाणिज्य महासंघको नेतृत्वदायी भूमिकाको प्रशंसा गर्नुहुंदै प्रधानमन्त्रीले महासंघको पहलमा सरकारले सन् २०१२-१३ लाई नेपाल लगानी वर्ष मनाई रहेकोले यस अवधिमा नेपालमा लगानी, प्रविधि, शीप भित्रयाउन पनि आग्रह गर्नुभयो ।

महासंघका पूर्व अध्यक्ष एवं क्यासीको कार्यकारिणी सदस्य प्रदिपकुमार श्रेष्ठ, क्यासीको आजीवन सदस्य एवं महासंघको कार्यकारिणी समिति सदस्य ओम वहादुर राजभण्डारीको समेत सहभागिता रहेको ती दुवै कार्यक्रममा महासंघका अध्यक्ष वैद्यले क्यासीको २६ औं सम्मेलन आयोजनाबाट एशिया प्रशान्त क्षेत्रका राष्ट्र र नेपाल बीच आर्थिक, व्यवसायिक सम्बन्ध प्रगाढ भएको र यसले नेपालमा ती देशहरुको लगानी आकर्षणमा निकै ठूलो सहयोग पुग्ने विश्वास दिलाउनु भयो ।

क्यासीका अध्यक्ष एम्वेसर वेनिडिक्टो यूजिकोले क्यासी सदस्य राष्ट्रहरुका तर्फबाट नेपालको आर्थिक विकासको हरेक प्रयासमा सहयोग हुने विश्वास दिलाउंदै नेपालमा सम्मेलन आयोजना गर्न नेपाल सरकार तथा नेपाली निजी क्षेत्रबाट पाएको सद्भाव सहयोगको प्रशंसा गर्नुभयो । विशाल अर्थतन्त्र भएका एशियाका भारत र चीन बीचमा रहेको नेपालको आर्थिक भविष्य निकै सुन्दर रहेकोले यहां लगानी भित्र्याउन क्यासी महत्वपूर्ण सहयोगी हुने विश्वास प्रकट गर्नुभयो ।

नेपाल उद्योग वाणिज्य महासंघको आतिथ्यतामा नेपाल सरकारको सहयोग एवं सहभागितामा काठमाडौंमा आयोजना भैरहेको क्यासीको २६ औं सम्मेलन आज सकिंदै छ । सम्मेलनमा क्यासीका २७ देशका करिव ३ सय जना उद्यमी व्यवसायीहरुको प्रत्यक्ष सहभागिता रहेको छ ।

क्यासी सम्मेलनकै दौरानमा आजै नेपाल उद्योग वाणिज्य महासंघ र इरान तथा ताइवान उवासंघ बीच आपसी आर्थिक सम्बन्ध विस्तार गर्ने उद्देश्यले एक सहमतीपत्रमा हस्ताक्षर भयो ।

 © Copyright 2005-2014. All Rights Reserved. FNCCI.
Best Viewed in 1024 x 768.