»
Home
»
Introduction
»
Activities
»
»
»
»
International Links
»
Tax Structures
»
Economic Indicators
»
General Information
»
Business Code of Conduct
»
Publications
»
Photo Gallery
»
Secretariat
»
Downloads
»
Membership
»
Keyword
Category















नेउवामहासंघ प्रतिनिधिमण्डलद्वारा नेकपा एमालेका अध्यक्षसंग भेट (२०६९/६/२६)


नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष सुरज वैद्यको नेतृत्वमा महासंघका कार्यकारिणी समितिका सदस्यहरु सम्मिलित प्रतिनिधिमण्डलले आज नेकपा एमालेका अध्यक्ष झलनाथ खनालसंग भेट गरेको छ । भेटमा महासंघका अध्यक्ष सुरज वैद्यले विद्यमान सन्दर्भमा उद्योगी व्यवसायीले भोग्नु परेका समसामयिक समस्याहरु वारेमा जानकारी गराउनु भयो ।

भेटघाटमा अध्यक्ष सुरज वैद्यले राजनैतिक सहमतिका लागि भई रहेको पहलको स्वागत गर्नु हुंदै हालसम्म राजनीतिक दलहरुले आर्थिक बिषयहरुलाई त्यति ध्यान नदिएको र अव हुने सहमतिमा आर्थिक नीतिमा पनि न्यूनतम समझदारी हुनु पर्ने माग महासंघको रहेको तर्फे ध्यानाकर्षण गराउनु भयो । साथै उहांले पूरा आर्थिक वर्षको बजेट नआउंदा विकास निर्माणका कामले गति लिन नसकेको बस्तुस्थिति प्रस्तुत गर्दै दलहरुलाई सहमतिमा पुगेर निजी क्षेत्रलाई काम गर्न सक्ने सहज वातावरण बनाई दिन आग्रह गर्नु भयो ।

छलफलमा नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले उद्यमी व्यवसायीहरुको समस्या समाधान गर्ने तर्फ आफनो पार्टी सकारात्मक रहेको धारणा व्यक्त गर्नुभयो साथै वहाले नेकपा एमालेको तर्फबाट निजी क्षेत्रबाट उठाएका मुद्दाहरुको बारे अन्य राजनैतिक दलहरुसंग समेत छलफल गरि अगाडि वढने र दलहरु बीचको सहमतिको विकल्प नभएको र साथै आफ्नो दल सहमतिका लागि तयार रहेको बताउनु भयो । पूर्ण बजेटको पक्षमा आफ्नो दल पनि भएको र साथै आर्थिक एजेण्डामा सहमतिका लागि आफ्नो पार्टिले अन्य राजनैतिक पार्टीसंगको छलफलमा कुरा उठाई दिने कुरा विश्वास दिलाउनु भयो ।

छलफलमा पूर्व सभासद दिवाकर गोल्छा, कार्यकारिणी समितिका सदस्यहरु जगदीश राठी, शेखर गोल्छा, मनिष अग्रवाल, ए जी शेर्पा तथा नेपाल पेट्रोलिएम डिलर्स राष्ट्रिय एशोसिएसनका निवर्तमान अध्यक्ष सरोज पाण्डेको सहभागिता रहेको थियो ।

 © Copyright 2005-2014. All Rights Reserved. FNCCI.
Best Viewed in 1024 x 768.