नेपाल उद्योग वाणिज्य महासंघले निर्धारित मितिमा पूरै आर्थिक वर्षको बजेट ल्याउनु पर्ने अडान राख्दै आएको र बजेट आउने मिति संविधानमा नै तोक्न माग गरेको सर्वविदितै छ । विभिन्न कालखण्डमा पूर्ण बजेटको वकालत गर्दा सरकारमा कुन पार्टी छ वा विपक्षमा कुन पार्टी छ भन्ने कुराको हामीले कहिल्लै ख्याल राखेनौ ।
कुनै पनि मुलुकमा सरकार सवभन्दा ठूलो उत्पादक, उपभोक्ता र लगानीकर्ता हो र बजेट अर्थतन्त्रको रक्तसंचार प्रणाली हो भन्ने हाम्रो मान्यता छ । बजेट नै नहुने हो भने राज्य असफल बन्छ र बजेट पूर्ण नहुंदा अर्थतन्त्रको रक्तसंचार पनि आंशिक बन्न जान्छ ।
तसर्थ, प्रमुख राजनीतिक शक्तिहरु बीच सहमति गरी नेपाललाई असफल राष्ट्र हुनबाट जोगाउन हामी सरकार लगायत प्रमुख राजनीतिक दलहरुलाई यथाशिघ्र पूरै आर्थिक वर्षको बजेट ल्याउन आव्हान गर्दछौ । साथै सरकार वा विपक्ष कसैले पनि बजेटलाई राजनीतिक हतियार बनाउनु हुदैन भन्ने हाम्रो अडान पुन अभिव्यक्त गर्दछौ । वर्तमान जटिल राजनीतिक परिस्थितिमा सर्वपक्षिय आर्थिक दस्तावेजको रुपमा बजेट ल्याई आम नेपालीको भावनासंग आत्मसाथ गर्न सबै राजनीतिक शक्तिहरुसंग निजी क्षेत्र जोडदार माग गर्दछ ।