दक्षिण कोरियाको राजधानी सिओलमा आगामी आइतवार (कार्तिक १९देखि २१ गतेसम्म) देखि आयोजना हुने Empowering Nepal, 2012 “Sustainable Green Empowerment of Nepal” International Seminar on Trade and Investment Opportunities in Nepal विषयक अन्तराष्ट्रिय सम्मेलनमा भागलिन नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष सुरज वैद्यको नेतृत्वमा महासंघको एक प्रतिनिधिमण्डल आज राती त्यस तर्फ प्रस्थान गर्दैछ ।
नेपाल लगानी वर्ष २०१२-१३ का सन्दर्भमा नेपालमा लगानीका अवसरहरु विषयमा कोरियन सरकार तथा कोरियन लगानीकर्ताहरुको प्रत्यक्ष सहभागितामा आयोजना हुने उक्त सम्मेलनमा नेपालका तर्फबाट सरकार तथा नेपाली निजी क्षेत्रको सहभागिता रहने छ । सो अवसरमा नेपालमा उर्जा क्षेत्रमा लगानीका अवसर (Hydropower Investment Opportunities in Nepal), नेपालसंग सहयोग विकास तथा लगानीका अवसरहरु (Development Cooperation & Investment Opportunities in Nepal) र पर्यटन विकास मार्फत नेपालको सशक्तिकरण (Empowering Nepal by Tourism Development in Nepal) विषयमा दुवै देशका विज्ञहरुबाट कार्यपत्र प्रस्तुत गरिनेछ ।
एक विशेष समारोह बीच कार्तिक १९ गते आइतवार हुने समुद्घाटन समारोहलाई राष्ट्रिय योजना आयोगका उपाध्यक्ष दिपेन्द्र बहादुर क्षेत्री, कोरियन सरकारका मन्त्री, कोरियाका लागि नेपाली राजदुत कमानसिंह लामा, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष सुरज वैद्य, कोरिया सरकारका मेयर, नेपाली राजदुतावासका डेपुटी चिफ अफ मिसन राजाराम वर्तौला, गैरआवासीय नेपाली संघका महासचिव तेन्जी शेर्पा सहितले सम्वोधन गर्नुहुनेछ ।
त्यसैगरी कार्तिक २० गते हुने व्यावसायिक सत्रमा नेपालको उर्जा क्षेत्रमा लगानीका अवसर विषयमा कार्यपत्र प्रस्तुती सहित वृहद छलफल हुने छ । सो सत्रमा चिलिमे हाइड्रो परियोजनाका तर्फबाट म्यानेजिङ डाइरेक्टर कुलमान घिसिङले “Harnessing Energy from white waters, wind and solar in Nepal” विषयमा र कोरियाको K-Water कम्पनीका तर्फबाट कार्यपत्र प्रस्तुती एवं नेपाल तथा कोरियाका तर्फबाट टिप्पणी हुने छ भने सरकारको सम्बन्धित निकायका प्रतिनिधिबाट नेपालको नीतिगत व्यवस्थाका विषयमा प्रष्ट पारिने छ ।
त्यसैगरी सोही दिन आयोजना हुने नेपालसंग सहयोग विकास तथा लगानीका अवसरहरु (Development Cooperation & Investment Opportunities in Nepal) विषयक व्यावसायिक सत्रको सभापतित्व महासंघका अध्यक्ष सुरज वैद्यले गर्नुहुंनेछ भने सह—सभापतित्व कोरियन एक्सचेन्ज बैंक (Korea Exchange Bank), को–रेल (KO-Rail), पूर्वाधार विकास बैंक (Infrastructure Dev. Bank) का तर्फबाट हुने छ भने उक्त विषयमा त्रिभुवन विश्वविद्यालयका प्राध्यापक डा. मुक्तासिंह थोकर र के-वाटर कम्पनी (K-Water) का तर्फबाट जल व्यवस्थापन (Water Management) विषयमा छुट्टाछुटटै कार्यपत्र प्रस्तुत गर्नुहुनेछ । कार्यपत्र माथि नेपाल उद्योग वाणिज्य महासंघ, कोरिया चेम्वर अफ कमर्स एण्ड इण्डष्ट्रि (KCCI), हर्वल एसोसिएसन नेपाल, काठमाडौं, धुलिखेल र कोरियाको दोवा (Dohwa), जेन्जु (Jinju) र इचिवोन (Incheon) शहरका प्रतिनिधिहरुका तर्फबाट टिप्पणी हुनेछ भने सरकारी प्रतिनिधिका तर्फबाट नीतिगत व्यवस्थाका वारेमा जानकारी गराइनेछ ।
सोही दिन हुने तेश्रो व्यवसायिक सत्रमा पर्यटन विकास मार्फत नेपालको सशक्तिकरण (Empowering Nepal by Tourism Development in Nepal) विषयमा वृहद छलफल हुनेछ भने सो सत्रको सभापतित्व कोरिया अल्पाइन फेडेरेशन र कोरिया नेपाल फ्रेण्डशिप एसोसिएसनका अध्यक्ष डा. ली जीओङ (Dr. Lee In Jeong, Chairman, Korea Alpine Federation and Korea Nepal Friendship Association), नेपाल कोरिया चेम्वर अफ कमर्सका अध्यक्ष किरण साख र टानका प्रतिनिधिबाट सह-सभापतित्व हुने छ भने मुख्य विषय वस्तुमाथि गैरआवासीय नेपाली संघका महासचिव तेन्जी शेर्पा र कोरियाको उम होङ गील फाउण्डेशनका पदाधिकारी उम होङ गिल (Mr. Um Hong Gil, Um Hong Gil Foundation) ले छुट्टाछुटटै कार्यपत्र प्रस्तुत गर्नुहुनेछ भने कार्यपत्र माथि कोरियन ट्राभल एजेन्सी, कोरिया टुरिजम वोर्ड, हिमालयन क्लव कोरियाका तर्फबाट टिप्पणी हुनेछ भने सरकारको सम्बन्धी निकायबाट नीतिगत व्यवस्थाका वारेमा जानकारी गराइनेछ ।
कार्तिक २१ गते मंगलवार दुवै देशका उद्यमी व्यसायीहरु बीच व्यावसायिक भेटवार्ता (B2B Business Meetings) हुने छ भने सो भेटवार्ता नेपाली राजदुतावासका डेपुटी चिफ अफ मिसन राजाराम बर्तौलाको नेतृत्वमा हुने कार्यक्रम छ ।
सोही सम्मेलनको दौरानमा महासंघका अध्यक्ष सुरज वैद्यको नेतृत्वमा रहेको महासंघको प्रतिनिधिमण्डलले सिओलमा आयोजना हुने अन्तर्राष्ट्रिय कृषि प्रर्दशनी (AGREX KOREA-2012) मा पनि भाग लिनेछ । व्यावसायिक कृषिको वृहद प्रर्दशनीको रुपमा आयोजना भएको सो प्रर्दशनीमा व्यावसायिक कृषि उत्पादन देखि कृषि क्षेत्रमा पछिल्लो पटक विकसित प्रविधिलाई प्रत्यक्ष अवलोकन गर्ने अवसर प्रतिनिधिमण्डलले पाउने छ । सोही अवसरमा प्रदर्शनीस्थलमा आयोजना हुने व्यवसायिक कृषि सम्बन्धी क्षेत्रगत सम्मेलनहरुमा समेत महासंघको प्रतिनिधिमण्डलले प्रत्यक्ष भागलिने छ । सो प्रर्दशनीमा नेपाली व्यवसायीको सहभागिताबाट व्यवसायिक कृषि विकासमा निकै ठूलो सहयोग पुग्न जाने विश्वास गरिएको छ ।
भ्रमणकै दौरानमा महासंघको प्रतिनिधिमण्डलले कोरिया एक्जिम बैंक (KOREA Exim Bank) तथा कोरिया उद्योग वाणिज्य संघ (KOREA Chamber of Commerce & Industry-KCCI) का पदाधिकारीहरु समक्ष भेटघाट गरी नेपाल कोरिया बीचको आर्थिक व्यवसायिक सम्बन्ध विस्तारका विषयमा छलफल गर्ने छ । महासंघको कार्यकारिणी समितिका सदस्यहरु चन्द्र प्रसाद ढकाल र ध्रुव बहादुर थापा सहित २२ सदस्यीय महासंघको प्रतिनिधिमण्डल कार्तिक २४ गते स्वदेश फर्कने कार्यक्रम छ ।