»
Home
»
Introduction
»
Activities
»
»
»
»
International Links
»
Tax Structures
»
Economic Indicators
»
General Information
»
Business Code of Conduct
»
Publications
»
Photo Gallery
»
Secretariat
»
Downloads
»
Membership
»
Keyword
Category















गोविन्दलाल संघाई प्रकरण : किर्ते कागजात पेश गर्नुपर्ने कुनै आधार देखिंदैन: नेउवामहासंघ (२०६९/८/३०)


उद्योगपति एवं त्रिवेणी प्लास्टो पोलिमर्स प्रा.लि.का संचालक गोविन्दलाल संघाईलाई सरकारी किर्ते कागज तयार पारिएको अभियोगमा पक्राउ गरि हिरासतमा राखिएकोप्रति यस महासंघको ध्यानाकर्षण भएको छ ।

सो सम्बन्धमा त्रिवेणी ग्रुपको तर्फबाट महासंघको सचिवालयमा उपलव्ध गराईको कागजातका प्रतिलिपिहरुलाई अध्ययन गर्दा तथाकथित नक्कली कर चुक्ता प्रमाणपत्र सम्बन्धी कागजाद सम्बन्धित निकायमा पेश गर्नु पूर्वनै करहरु चुक्ता गरिसकेको तथ्य प्रमाणित हुन्छ । कर चुक्ता गरिसकेपछि कर निकायबाट आवश्यक कागजाद पाउनु करदाताको नैसर्गिक अधिकार हो र त्यस्तो कागजाद अर्को नक्कली बनाउनु पर्ने कुनै आधार देखिदैन ।

यसरी कर चुक्ता गरिसकेका व्यवसायीलाई किर्ते कागजाद पेश गरेको भनि आरोप लगाएर हिरासतमा राखिंदा उद्योगी व्यवसायीको मनोवलमा नकारात्मक असर पर्न जाने निश्चित छ र त्यो न्याय संगत पनि देखिदैन । किर्ते कागज तयार गरिएको सम्बन्धमा छानविन हुनुपर्छ तर किर्ते कागज बनाउनु पर्ने कुनै कारणनै नभएको अवस्थामा यसरी उद्योगी व्यवसायीलाई हिरासतमा लिएर कारवाही गरिनु न्यायपूर्ण देखिदैन ।

 © Copyright 2005-2014. All Rights Reserved. FNCCI.
Best Viewed in 1024 x 768.