»
Home
»
Introduction
»
Activities
»
»
»
»
International Links
»
Tax Structures
»
Economic Indicators
»
General Information
»
Business Code of Conduct
»
Publications
»
Photo Gallery
»
Secretariat
»
Downloads
»
Membership
»
Keyword
Category















एचआइभी एड्सका विषयमा पोष्टर डिजाइन प्रदर्शनी सम्पन्न (२०६९/९/१)


Poster Design Competition

नेपाल उद्योग वाणिज्य महासंघद्वारा २४ औं विश्व एड्स दिवसको अवसरमा एचआइभी/एड्सका विषयमा जनचेतना जगाउने उद्देश्यले आयोजित पोष्टर डिजाइन प्रतियोगिता कार्यक्रम सम्पन्न भयो ।

चित्रकलाका माध्यमबाट समाजमा एड्स विरुद्ध सामाजिक जनचेतना बढाउने उद्देश्यले आयोजना गरिएको सो कार्यक्रम काठमाडौंको वसन्तपुरमा भएको थियो ।

दशजोड दुई तथा कलेजका विद्यार्थीहरुको सहभागितामा आयोजना भएको सो चित्रकला प्रर्दशनी कार्यक्रमको प्राविधिक व्यवस्थापन सृजना फाइन आर्ट कलेजले गरेको थियो । प्रतियोगीहरुले एड्स रोगीहरुलाई समाजमा गरिएको भेदभाव, यौन निरोधक, दूव्र्यशनी, यौन दूराचार, एकभन्दा बढी यौन साथीको प्रयोग, आमाबाट बच्चामा एचआइभी संक्रमण आदि क्षेत्रमा केन्द्रीत रहेर आफ्ना चित्रका माध्यमबाट एड्स विरुद्धमा सामाजिक सन्देश प्रवाह गर्ने प्रयत्न गरेका थिए ।

निर्णायकमण्डलीबाट प्रतियोगीहरु मध्ये उत्कृष्ट पांच प्रतियोगीहरुलाई पुरस्कार समेत प्रदान गरिएको थियो । प्रतियोगितामा जम्मा १ सय जना विद्यार्थीहरुले भाग लिएका थिए । उक्त प्रतियोगितामा उत्कृष्टताका आधारमा सैफुल्ला मोहमद, प्रविन साह, अनिस वज्राचार्य, सृजन श्रेष्ठ र संजय डंगोललाई पुरस्कृत गरिएको थियो ।

सो प्रतियोगिताको शुभारम्भ कार्यक्रमलाई संवोधन गर्नुहुंदै महासंघका वरिष्ठ उपाध्यक्ष भाष्करराज राजकर्णिकारले महासंघले एचआइभी एड्सका विषयमा जनचेतना जगाउन यस प्रकारका कार्यक्रम आयोजना गरेको बताउनु भयो । यस्ता कार्यक्रमबाट समाजमा सकारात्मक संदेश प्रवाह हुनेमा आफू विश्वस्त रहेको वताउनु भयो ।

महासंघको सामाजिक सेवा समितिका सभापति नन्दकिशोर श्रेष्ठले विशेष गरी कार्य क्षेत्रमा एचआइभी एड्सका वारेमा व्यापक चेतना अभिवृद्धि गरी यसको रोकथाम तथा एचआइभी संक्रमितहरुलाई आफनो दैनिक कार्यमा निरन्तर लाग्न अभिप्रेरित गर्ने उद्देश्यले कार्य क्षेत्रमा जनचेतनामुलक कार्यक्रमहरु संचालन गर्दै आएको र यो कार्यक्रम पनि यसैको निरन्तरता भएको वताउनु भयो ।

सो अवसरका नेपालका वरिष्ठ चित्रकारहरु, उद्यमी व्यवसायीहरु, महासंघको सामाजिक सेवा समितिका पदाधिकारीहरुको सहभागिता थियो ।

 © Copyright 2005-2014. All Rights Reserved. FNCCI.
Best Viewed in 1024 x 768.