नेपाल उद्योग वाणिज्य महासंघको एसोसिएट सदस्य नेपाल डेरिभेटिभ एक्सचेन्ज लि. (एन्डेक्स) को कर्पोरेट अफिस तीनकुने, गैरीगाउ, काठमाडौंमा माक्र्स लगाएर आएका हतियारधारी समूहद्वारा आज विहान एक्कासी कार्यालय भित्र प्रवेश गर्नुका साथै तोडफोड गरी ठूलो क्षतिपुर्याएको घटनाप्रति यस महासंघको गम्भीर ध्यानाकर्षण भएको छ । महासंघ त्यस्ता कार्यको निन्दा एवं भत्सार्ना गर्दछ ।
९/१० जनाको समूहले सुरक्षा गार्ड र कार्यालयका कर्मचारीहरुलाई नियन्त्रणमा लिएर कार्यालयका झ्याल ढोकाका सिसासहितको भौतिक पूर्वाधार तोडफोड गर्नुका साथै महत्वपूर्ण कागजातहरु समेत नष्ट गरेको घटनाप्रति दु:ख व्यक्त गर्दै यस्ता अराजक समूहलाई तत्काल पक्राउ गरी हदैसम्मको कानूनी कारवाहीका लागि महासंघ नेपाल सरकार समक्ष आग्रह गर्दछ ।
विद्यमान राजनीतिक अन्यौलतालाई छिटो अन्त्य गरी राजनीतिक दलहरुले सहमतीका साथ मुलुकलाई यथाशीघ्र छिटो निकास नदिने हो भने यस्ता अराजक गतिविधिहरु बढ्दै जाने तर्फ महासंघ सम्बन्धित सवै राजनीतिक दलहरुको गम्भीर ध्यानाकर्षण समेत गराउंदछ ।