अछामको जयगढबाट कैलालीको टीकापुर जांदै गरेको बस डोटीको छतिवन गाविसमा पर्ने रुवसकांडामा हिजोराती दूर्घटनामा परी ३१ जना यात्रुहरुको निधनको खवरले नेपाल उद्योग वाणिज्य महासंघ मर्माहत भएको छ । महासंघ, यस घटनामा परि मर्ने सर्वसाधारण जनताका आफन्तप्रति गहिरो दु:ख व्यक्त गर्दै हार्दिक समवेदना प्रकट गर्दछ । साथै घाइते यात्रुहरुको शीघ्र स्वास्थ्य लाभको कामना समेत गर्दछ ।
शोकको यस घडीमा महासंघको सदस्य अछाम उद्योग वाणिज्य संघले शोकका लागि जिल्लामा आज एक दिन उद्योग व्यवसाय बन्द गर्न गरेको आव्हानको महासंघ समर्थन समेत गर्दछ ।
यस्ता कहालीलाग्दा सडक दूर्घटनाबाट सर्वसाधारण जनताले व्यहोर्नु परेको अपूरणीय क्षतिप्रति गम्भीर भई मुलुकभित्र चालु सबै राजमार्गहरुको स्तर निर्धारण, सुरक्षा व्यवस्था तथा स्तरोन्तीका लागि तत्काल पाइला चाल्न महासंघ नेपाल सरकार समक्ष गम्भीर आग्रह समेत गर्दछ ।