»
Home
»
Introduction
»
Activities
»
»
»
»
International Links
»
Tax Structures
»
Economic Indicators
»
General Information
»
Business Code of Conduct
»
Publications
»
Photo Gallery
»
Secretariat
»
Downloads
»
Membership
»
Keyword
Category















सीआईआई साझेदारी सम्मेलनलाई महासंघका अध्यक्ष वैद्यद्वारा आज सम्वोधन (२०६९/१०/१५)


भारतको आग्रा शहरमा हिजो देखि शुरु भएको सीआईआई साझेदारी सम्मेलन (CII Partnership Summit) को दोश्रो दिनको क्रममा आयोजित South Asia Economic Integration: On a New Path of Progress and Hope विषयक महत्वपूर्ण व्यवसायिक सत्रलाई नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष सुरज वैद्यले आज सम्वोधन गर्नुभयो ।

अध्यक्ष वैद्यको नेतृत्वमा महासंघको नौ सदस्यीय व्यवसायिक प्रतिनिधिमण्डल, भारत सरकारको सहयोगमा भारतीय उद्योग परिसंघ (Confederation of Indian Industries-CII) द्वारा आग्रामा आयोजना गरिएको उक्त विश्व सम्मेलनमा भाग लिइरहेको छ । सम्मेलन भोलीसम्म चल्ने छ ।

सम्वोधनका क्रममा अध्यक्ष वैद्यले भन्नु भयो–दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन सार्कले आफ्नो स्थापनाको २७ वर्षको अवधिमा यस क्षेत्रमा आर्थिक सहयोग विस्तार तथा आर्थिक विकासका सम्भाव्यतालाई औल्याउन सफल भएको बताउनु भयो । साथै यस अवधिमा सार्कले अन्तराष्ट्रिय समुदायको ध्यान आकर्षित गर्न सफल भएको बताउनु हुंदै उहांले समग्र दक्षिण एशियाली कला संस्कृति, भाषा तथा इतिहास विश्वका प्रख्यात विश्व विद्यालयका पाठ्यक्रममा समावेश हुन पुग्नु यस क्षेत्रकै जनताका लागि खुशीको कुरा हो भन्नु भयो ।

विश्व प्रविधिमा आएको तिव्रतर विकाससंगै विकसित देशहरुले यसबाट निकै धेरै फाइदा उठाएपनि यस क्षेत्रका राष्ट्रहरुको असमान आर्थिकस्तर तथा कतिपय देशमा राजनीतिक अस्थिरताका कारण त्यसलाई सही अर्थमा अंगिकार गर्न नसकिएको यथार्थता राख्नु हुंदै अध्यक्ष वैद्यले अहिले पनि यस क्षेत्रका कतिपय देशहरुमा रहेको फराकिलो गरिवी, कमजोर पूर्वाधार तथा सम्पर्क संजाल, भिसा समस्या, असुरक्षा जस्ता चुनौतीहरुका कारण यस क्षेत्रका नेतृत्वहरुले वारम्वार जोड दिंदै आएको साझा मुद्राको अवधारणा जस्ता कुराहरुले मूर्त रुप पाउन नसकेको वताउनु भयो ।

सार्क स्वतन्त्र व्यापार सम्झौता (SAFTA) कार्यान्वयनमा रहेपनि सार्क अन्तर व्यापार भने अहिलेसम्म पनि बढ्न नसकेकोमा चिन्ता प्रकट गर्दै अध्यक्ष वैद्यले अmझैसम्म पनि यस क्षेत्रको आन्तरिक व्यापार तथ्यांक अत्यन्त न्यून रहेको बताउनु भयो । हालैको तथ्यांक अनुसार सार्क अन्तर व्यापार ६ प्रतिशत रहेको पाइएको छ जवकी यसका समकालिन अन्य क्षेत्रीय संगठनहरु आसियान २८ प्रतिशत, इयू ५८ प्रतिशत, नाफ्टा ६२ प्रतिशत रहेको छ । यी तथ्यांकहरुले यस बीचको १५ देखि २० वर्षको अवधिमा यस क्षेत्रको व्यापार स्थिर देखाउंछ ।

अत्यन्त सम्भावनाका बीच क्षेत्रीय व्यापारको यस्तो निरासजनक अवस्थालाई मध्यनजर राखी यस क्षेत्रका सरकारहरुलाई प्रभावकारी कदम चाल्न अध्यक्ष वैद्यले आग्रह गर्नु भयो । उहांले भन्नु भयो–यस क्षेत्रका राष्ट्रहरु बीच व्यापार तथा वस्तुहरुको आदान प्रदान तथा एक अर्का देशको भ्रमणलाई सहज र सरल बनाउन पर्ने सुझाव राख्नु भयो । केही अन्तराष्टिय विश्लेषणहरुलाई उद्धरण गर्दै अध्यक्ष वैद्यले भन्नु भयो–सन् २०३० सम्ममा यस क्षेत्रको आर्थिक वृद्धि ६ देखि ८ प्रतिशतसम्म हुने र विश्वमा द्रुत आर्थिक विकासमा दोश्रो स्थानमा रहेको यस क्षेत्रका सदस्य राष्ट्रहरु बीचको आर्थिक सम्बन्धलाई तिव्रतर रुपमा विकास गरी लैजान सदस्य राष्ट्रहरु बीच जल, स्थल, हवाई संजाल विस्तार, उर्जा (जल, वायु, इन्धन, ग्यांस) विकास सहित प्रशारण लाइनको निर्माण, निर्णयहरुको तीव्र कार्यान्वयनमा विशेष जोड दिनु भयो ।

आजको सो कार्यक्रममा उद्योग मन्त्री अनिलकुमार झा सहित भारत, पाकिस्तान, अफगानिस्तान, बंगलादेशका वाणिज्य मन्त्रीहरु लगायतको सहभागितामा रहेको थियो ।

(महासंघका अध्यक्षले दिनु भएको भाषणको प्रति यसैसाथ संलग्न छ)

 © Copyright 2005-2014. All Rights Reserved. FNCCI.
Best Viewed in 1024 x 768.