»
Home
»
Introduction
»
Activities
»
»
»
»
International Links
»
Tax Structures
»
Economic Indicators
»
General Information
»
Business Code of Conduct
»
Publications
»
Photo Gallery
»
Secretariat
»
Downloads
»
Membership
»
Keyword
Category















उद्योगपति राठीका हत्याको खवरले महासंघ स्तव्ध : सुरक्षा संयन्त्र चुस्त पार्न नेउवामहासंघद्वारा माग (२०६९/१०/२१)


करिव तीन सातादेखि सम्पर्क बाहिर रहनु भएका विराटनगरका उद्योगपति एवं मोरङ व्यापार संघका पूर्व अध्यक्ष गंगाविसन राठीको भारतको सिलुगढीमा अपहरणपछि हत्या गरिएको घटनाको खवरले नेपाल उद्योग वाणिज्य महासंघ स्तव्ध भएको छ । यस घटनाबाट उद्योगपति स्वर्गिय राठीको परिवारमा पर्न गएको अपूरणीय क्षतिप्रति गहिरो दु:ख व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्दछ । उद्योगपति राठीको निधनको शोकमा आज गरिएको विराटनगर बन्दको कार्यक्रमप्रति महासंघ ऐक्यवद्धता समेत प्रकट गर्दछ ।

दण्डहिनता र विधिको शासनको अभावमा राज्यका सवै क्षेत्र प्रभावित भैरहेको महासंघको पटकपटकको धारणा स्मरण गराउंदछौं । यस घटनाबाट सिंगो निजी क्षेत्र थप आतंकित र मर्माहत बनेको छ र सुरक्षाको अवस्था झनै चुनौतीपूर्ण बन्दै गएको ठहर निजी क्षेत्रको छ । यसले अपराधीहरुको विगविगी डरलाग्दो रुपमा फैलिंदै गएको हो कि भन्ने आशंका निजी क्षेत्रमा भएको छ । महासंघ यस प्रकारका आततीय कार्यको निन्दा एवं भत्सर्ना गर्दै यस्ता आपराधिक कार्यमा संलग्न अपराधीहरुलाई हदैसम्मको कारवाहीको माग गर्दछ ।

यस्ता अपराधीद्वारा नेपाल भारत खुला सिमानाको दुरुपयोग वारम्वार गरिरहेको परिप्रेक्षमा घटनाहरुलाई विश्लेषण गरी दुवै देशका सुरक्षा निकायहरु बीचको सहकार्य बढाएर सुरक्षा व्यवस्थालाई चुस्त दुरुस्त पार्ने कार्यका लागि महासंघ सम्बन्धित निकायहरुको गम्भीर ध्यानाकर्षण गराउंदछ ।

साथै नेपाल तथा भारतको भूमिमा रहेर अपराध कार्यमा सक्रिय संजाललाई ध्वस्त पार्न दुवै देशका सुरक्षा निकायको सक्रियता बढाउनु पर्ने तर्फ नेपाल उद्योग वाणिज्य महासंघ दुवै देशका सरकारको गम्भीर ध्यानाकर्षण समेत गराउंदछ ।

 © Copyright 2005-2014. All Rights Reserved. FNCCI.
Best Viewed in 1024 x 768.