»
Home
»
Introduction
»
Activities
»
»
»
»
International Links
»
Tax Structures
»
Economic Indicators
»
General Information
»
Business Code of Conduct
»
Publications
»
Photo Gallery
»
Secretariat
»
Downloads
»
Membership
»
Keyword
Category















नेपाल र जर्मन बीच आर्थिक व्यापारिक साझेदारीमा जोड : नेउवामहासंघ सचिवालयमा नेपालकालागि जर्मन राजदुतसंग भेटवार्ता (२०६९/१०/२९)


नेपाल उद्योग वाणिज्य महासंघका पदाधिकारी तथा नेपालका लागि जर्मनका राजदुत बीच आज महासंघ सचिवालयमा आपसी भेटवार्ता सम्पन्न भयो । महासंघका अध्यक्ष सुरज वैद्य, वरिष्ठ उपाध्यक्ष भाष्करराज राजकर्णिकार, उपाध्यक्ष पशुपति मुरारका तथा नेपालका लागि जर्मन राजदुत फ्रेंक मेइकी (H.E. Frank Meyke, German Ambassador to Nepal) बीच भएको भेटवार्तामा आपसी आर्थिक सम्बन्ध, विद्यमान वस्तुस्थिति तथा आपसी साझेदारीका विषयमा छलफल भयो ।

Meeting with German Ambassador to Nepal

सो अवसरमा राजदूत मेइकीको स्वागत गर्नुहुंदै महासंघका अध्यक्ष वैद्यले नेपालको आर्थिक विकासको प्रयासमा जर्मन सहयोगको सराहना गर्नु भयो । निजी क्षेत्रले पनि जर्मन सहयोगमा निकै धेरै कार्यहरु अगाडी बढाएको उहांले बताउनु भयो । अध्यक्ष वैद्यले आर्थिक विकासको प्रमुख एजेण्डालाई प्रमुख प्राथमिकता दिंदै आर्थिक मुद्दामा दलहरु बीच न्यूनतम साझा सहमती कायम गर्ने प्रयास महासंघले गरिरहेको पनि स्पष्ट पार्नुभयो । अध्यक्ष वैद्यले पूर्वाधार विकास, जलश्रोत, पर्यटन, खानीजन्य, शिक्षा स्वास्थ्य, कृषि नेपालको आर्थिक विकासका प्रमुख आधार भएकाले यस क्षेत्रमा वाह्य लगानीको आवश्यकता रहेकोमा जोड दिनु भयो, साथै उहांले प्रमुख प्राथमिकता क्षेत्रमा राजनीतिक दलहरुको साझा सहमती निर्माणमा प्रयास गरिरहेको बताउनु भयो ।

महासंघले आउंदो आफ्नो ४७ औं वार्षिक साधारण सभालाई परिणाममुखी बनाउन विशेष तयारी गरिरहेको र सो अवसरमा महासंघले एकमात्र एजेण्डाको रुपमा उर्जालाई उठाउने तयारी गरिरहेको बताउनु भयो । यतिखेर मुलुकको मुख्य समस्या राजनीतिक अस्थिरतानै भएकाले छिट्टै राजनीतिक सहमती कायम गरी मुलुकलाई निकास दिन महासंघले राजनीतिक दलहरु समक्ष निरन्तर प्रयास गरिरहेको पनि बैठकमा बताउनु भयो ।

सो अवसरमा जर्मन राजदुत फ्रेंक मेइकी (Mr. Frank Meyke, German Ambassador to Nepal) ले नेपालका लागि यतिखेर राजनीतिक स्थायित्वनै पहिलो आवश्यकता रहेको आफुहरुलाई महसुस भएको र राजनीतिक अस्थिरता छिटो अन्त्य हुनेमा आफुहरु विश्वस्त रहेको बताउनु भयो । साथै उहांले नेपालको हरेक विकास प्रयासमा जर्मन सरकारबाट निरन्तर सहयोग हुने विश्वास दिलाउंदै नेपाली निजी क्षेत्रसंगपनि नजिकमा रहेर जर्मन संस्थाहरुले कार्य गरिरहेको बताउनु भयो । उहांले देशको आर्थिक विकासका लागि महासघको प्रयासको सराहना गर्दै महासंघका तर्फबाट व्यवसायिक प्रतिनिधिमण्डलको जर्मन भ्रमणका लागि सुझाव समेत दिनु भयो । साथै उहांले जर्मनबाट छिट्टै घरेलु तथा लघु उद्यमीहरु सम्मिलित एक प्रतिनिधिमण्डल नेपालको भ्रमणमा आउन लागेकाले सो अवसरमा दुवै देशका साना उद्यमीहरुको बैठक आयोजना हुन सकेमा त्यो बढी फलदायी हुने विश्वास प्रकट गर्नुभयो ।

सन् २०११-१२ को एक तथ्यांक अनुसार नेपालले ३६ दशमलव ६ मिलियन अमेरिकी डलर वरावरको समान जर्मनीतर्फ निर्यात गरेको थियो भने सोही अवधिमा ३१ दशमलव ७ मिलियन अमेरिकी डलर वरावरको समान जर्मनीबाट आयात गरेको पाइन्छ ।

बैठकमा राजदूत मेइकीको सुझावलाई स्वीकार्दै अध्यक्ष वैद्यले महासंघबाट उपयुक्त समय तय गरी जर्मन भ्रमण गर्ने र सोही क्रममा नेपाल लगानी वर्षका अवसरमा महासंघले विभिन्न सात क्षेत्रलाई समेटेर तयार गरेको ५० परियोजना प्रस्तावहरु लिएर जर्मन जाने विश्वास समेत दिलाउनु भयो ।

राजदुत मेइकीले नेपालको आर्थिक विकासमा महासंघले थालेका कामहरुमा आफ्नो देशका तर्फबाट पूर्ण सहयोग रहने विश्वास समेत दिलाउनु भयो ।

महासंघको कार्यकारिणी समितिका सदस्यहरु ज्ञानेन्द्रलाल प्रधान, दिनेश श्रेष्ठ, विके श्रेष्ठ, महासंघका पूर्व उपाध्यक्ष रोहिणी थपलिया, जर्मन राजदुतावासका काउन्सिलर यूडो वेभर, (Mr. UDO Weber, Counsellor, Development) र महासंघका महानिर्देशक हेमन्त दवाडीको पनि उपस्थिति रहेको थियो ।

 © Copyright 2005-2014. All Rights Reserved. FNCCI.
Best Viewed in 1024 x 768.