»
Home
»
Introduction
»
Activities
»
»
»
»
International Links
»
Tax Structures
»
Economic Indicators
»
General Information
»
Business Code of Conduct
»
Publications
»
Photo Gallery
»
Secretariat
»
Downloads
»
Membership
»
Keyword
Category















दोस्रो नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला : नेउवामहासंघको सदस्यता लिन चाहनेहरुको चाप बढ्दो (२०६९/११/२१)


निजी क्षेत्रको धरोहरको रुपमा रहेको नेपाल उद्योग वाणिज्य महासंघको सदस्यता तीव्र रुपमा वृद्धि हुंदै गएको छ । उद्योग व्यवसायको प्रवद्र्धन मार्फत मुलुकको आर्थिक विकासमा निरन्तर क्रियाशिल निजी क्षेत्रको प्रतिनिधिमुलक संस्था महासंघप्रति बढ्दो विश्वास एवं भरोसाका कारण सदस्यता लिनेहरुको संख्या बढ्दै गएको हो ।

फागुन ६ गते मात्र महासंघ भित्र विभिन्न संघ संस्था, उद्योग प्रतिष्ठान गरी एक सयले सदस्यता प्राप्त गरेका छन् । महासंघको कार्यकारिणी समितिको ११ औं बैठकबाट ती संघ संस्थाहरुलाई नयां सदस्यता दिने निर्णय भएको हो । वर्तमान नेतृत्वको यस अवधिमा महासंघमा करिब २ सय नयां सदस्यहरु थपिएका छन् । सदस्य संख्या वि.सं. २०५८ साउन देखि २०६२ असारसम्म ६४, २०६२ असार देखि २०६४ चैत्रसम्म ४८ वटा, २०६४ चैत्र देखि २०६७ चैत्रसम्म १३८ वटा थपिएका थिए ।

कार्यकारिणी समितिको ११ औं बैठकबाट जिल्ला नगर उवासंघ, ४ वस्तुगत संघ, एक द्विराष्ट्रिय उवासंघ, ८९ वटा उद्योग प्रतिष्ठानहरुलाई एशोसिएट सदस्यता र नगरोन्मुख क्षेत्रका तीन वटा उद्योग वाणिज्य संघ र २ वटा द्विराष्ट्रिय उवासंघलाई पर्यवेक्षकको रुपमा महासंघको संजाल भित्र समावेश गरिएको छ ।

वि.सं. २०२२ सालमा स्थापना भएको महासंघको २०२३ सालमा जिल्ला नगर उद्योग वाणिज्य संघ सदस्य २१, वस्तुगत सदस्य २ र एसोसिएट सदस्य २१ गरी जम्मा ४४ थियो भने आज यो संख्या बढेर आठ सय नाघेको छ । अहिले जिल्ला नगर उद्योग वाणिज्य संघ ९३, वस्तुगत ८९, द्विराष्ट्रिय १२ र एसोसिएट सदस्य ६०७ पुगेको छ । यसका अतिरिक्त स्थानीयस्तरमा गठन भएका ३ वटा उद्योग वाणिज्य संघहरु, ८ वटा द्विराष्ट्रिय उद्योग वाणिज्य संघहरुलाई पर्यवेक्षकका रुपमा महासंघको काम कारवाहीमा समावेश गराइएको छ । अप्रत्यक्ष रुपमा मुलुकभरका करिव ५ लाख उद्योगी व्यवसायीहरु महासंघको छाताभित्र रहेका छन् । नेपाल उद्योग वाणिज्य महासंघ निजी क्षेत्रको प्रतिनिधिमुलक संस्थाको रुपमा रहेकाले यसभित्र आउन चाहनेहरुलाई गोलवद्ध गर्न महासंघले सदस्य विस्तार अभियानलाई तीव्रता दिएको छ ।

महासंघको सदस्यताका लागि आवेदन दिएका संघ संस्था, उद्योग प्रतिष्ठानहरुको निवेदन उपर महासंघको विधानत: पूर्व अध्यक्षको सभापतित्वमा गठन हुने सदस्यता समितिले छानविन गरी महासंघको नयां सदस्यता उपर निर्णय गर्न कार्यकारिणी समिति समक्ष शिफारिश गर्ने र कार्यकारिणी समितिबाट त्यसलाई अनुमोदन गर्ने वैधानिक व्यवस्था छ । हाल महासंघका निवर्तमान अध्यक्ष सो समितिको सभापति हुनुहुन्छ ।

महासंघको सदस्यताको लागि निवेदन दर्ता गरिरहेका कतिपय संस्थाहरुलाई महासंघको विद्यमान विधान अनुसार सदस्यता दिन नमिल्ने अवस्था पनि छ । तर ती मध्ये नेपालको उद्योग व्यापारमा ठूलो प्रभाव पार्ने र पार्न सक्ने संघ संस्थाहरुलाई महासंघमा आवद्ध गराउन त्यत्तिकै जरुरी रहेको वास्तविकतालाई मनन गरी विद्यमान विधानको संशोधन नभएसम्मका लागि कार्यकारिणी समितिले वार्षिक साधारण सभाबाट अनुमोदन गराउने गरी, पर्यवेक्षकका रुपमा महासंघको गतिविधिमा सहभागी गराउने प्रक्रियालाई अगाडी बढाएको छ ।

यसक्रममा महासंघले केही स्थानीय ठूला वजारमा अवस्थित उद्योग वाणिज्य संघ र द्विराष्ट्रिय उद्योग वाणिज्य संघहरुलाई पर्यवेक्षकको रुपमा महासंघ भित्र समेटी सकेको छ । महासंघको कार्यकारिणी समितिको दशौंं बैठकबाट पर्यवेक्षकको रुपमा समेट्ने निर्णय भएको हो । कार्यकारिणी समितिको १० औं बैठकबाट नेपाल—टर्कि उद्योग वाणिज्य संघ, नेपाल—अष्ट्रेलिया उद्योग वाणिज्य संघ, नेपाल—इजरायल उद्योग वाणिज्य संघ, नेपाल—कुवेत उद्योग वाणिज्य संघ, नेपाल—भियतनाम उद्योग वाणिज्य संघ, नेपाल—श्रीलंका उद्योग वाणिज्य संघ र कार्यकारिणी समितिको ११ औं बैठकबाट उद्योग संघ हेटौंडा, कपिलबस्तु व्यापार व्यवसायी संघ, चन्द्रौटा उद्योग वाणिज्य, नेपाल–वुल्गेरिया उवासंघ, नेपाल– म्यानमार उवासंघलाई पर्यवेक्षकका रुपमा महासंघको कामकारवाहीमा सहभागी गराउने निर्णय गरेको छ ।

त्यसैगरि महासंघले गैर आवासीय नेपालीहरुको पहलमा विभिन्न देशहरुमा स्थापना भएका द्विराष्ट्रिय उद्योग वाणिज्य संघहरुलाई पनि महासंघको सदस्यता दिने निर्णय कार्यकारिणी समितिको काभ्रेको साँगामा भएको बैठकले गरेको छ । गैर आवासीय नेपालीहरुले बेल्जियम, जापान, कोरिया, यू.के. लगायत विभिन्न देशहरुमा द्विराष्ट्रिय उद्योग वाणिज्य संघहरु गठन गरेको र महासंघको विधानको दफा १२ मा विदेशी कम्पनी संघ संस्थालाई वैदेशिक सदस्यता प्रदान गर्न सकिने व्यवस्था भए अनुसार महासंघले यस्ता संघ संस्थाहरुलाई वैदेशिक सदस्यता प्रदान गर्न सक्ने र वैदेशिक सदस्यताको शुल्क वार्षिक १०००।— (एक हजार डलर) तोक्ने निर्णय गरेको छ । यसबाट महासंघलाई विभिन्न देशहरुमा रहेका गैर आवासीय नेपाली व्यवसायीहरुले स्थापना गरेका उद्योग वाणिज्य संघहरुलाई आफ्नो सदस्यता दिन ढोका खुलेको छ ।

नेपाल उद्योग वाणिज्य महासंघको अन्तराष्ट्रिय सम्पर्क संजाल पनि त्यत्तिकै मजवुद छ । महासंघ अन्तराष्ट्रिय चेम्वर अफ कमर्स (International Chamber of Commerce-ICC), रोजगारदाताहरुको अन्तराष्ट्रिय संगठन (International Organization of Employers-IOE), एशिया प्रशान्त क्षेत्रका उद्योग वाणिज्य महासंघको प्रतिनिधि संस्था (Confederation of Asia-Pacific Chambers of Commerce and Industry-CACCI), सार्क उद्योग वाणिज्य संघ (SAARC Chamber of Commerce and Industry-SCCI), ग्रुप ७७ का उद्योग वाणिज्य संघहरुको स्थायी समिति (Standing Committee for the Chamber of Commerce of Group-77), एशियन व्यापार प्रवद्र्धन मंच (Asian Trade Promotion Forum-ATPF), विश्व साना तथा मझौला उद्यमीहरुको संस्था (World Association of Small and Medium Enterprises-WASME) को सक्रिय सदस्य रही आफ्नो सशक्त भूमिका निर्वाह गर्दै आएको छ ।

त्यसैगरी महासंघले विभिन्न देशहरुका करिव ३ दर्जन भन्दा बढी समकालिन राष्ट्रिय उद्योग वाणिज्य महासंघहरुसंग सहकार्यका लागि सहमतीपत्रमा हस्ताक्षर गरी ती देशहरुसंग व्यवसायिक सम्बन्ध विस्तार गरेको छ । निजी क्षेत्रका तर्फबाट बदलिंदो परिस्थिति अनुसार महासंघले निर्वाह गरेको प्रभावकारी भूमिका र मुलुकभित्र सरकार पछाडी सवै भन्दा ठूलो र प्रभावकारी संजाल भएको संस्थाका हैसियतले महासंघको सदस्यता लिने क्रम बढेको हो ।

आफ्नो बलियो संजाल मार्फत महासंघले मुलुकको उद्योग व्यवसाय लगायत समग्र अर्थतन्त्रको विकासमा निकै धेरै कार्यहरु गर्दै आएको छ । महासंघले आफ्ना सदस्यहरु मार्फत विभिन्न जिल्लाहरु र क्षेत्रगत रुपमा समेत वार्षिक रुपमा मेला महोत्सवका माध्यमबाट आर्थिक क्रियाकलाप बढाउन भूमिका निर्वाह गरेको छ । यस वर्ष महासंघले एक अन्तराष्ट्रिय व्यापार मेला र सदस्यहरुको आयोजनामा करिव चार दर्जन मेला महोत्सवको आयोजना गरेको छ । यी मध्ये केही सम्पन्न भइसकेका छन् भने केही आयोजनाको क्रममा रहेका छन् । यसबाट स्थानीय जनतालाई अर्थतन्त्रको मूल प्रवाहमा समाहित गराउन, नयां उत्पादनको विस्तार गर्न, उद्यमशिलता बढाउन निकै ठूलो सघाउ पुगेको महासंघको विश्वास छ ।

 © Copyright 2005-2014. All Rights Reserved. FNCCI.
Best Viewed in 1024 x 768.