»
Home
»
Introduction
»
Activities
»
»
»
»
International Links
»
Tax Structures
»
Economic Indicators
»
General Information
»
Business Code of Conduct
»
Publications
»
Photo Gallery
»
Secretariat
»
Downloads
»
Membership
»
Keyword
Category















रामारोशन क्षेत्रलाई नयां पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न सरोकारवालाहरुको जोड (२०६९/११/२२)


आछाम जिल्लाको रामारोशन क्षेत्रलाई नयां पर्यटकीय गन्तव्यको रुपमा विकास गर्नुपर्नेमा सुदूरपश्चिमका समाजसेवी, वुद्धिजीवीहरु, उद्योगी व्यवसायीहरुले जोड दिएका छन् । रामारोशनलाई पर्यटकीय गन्तव्यको रुपमा पहिचान दिलाउने उद्देश्यले आगामी वैशाख ५ देखि २० गतेसम्म गन्तव्य रामारोशन २०७० को आयोजना समेत गरिने भएको छ । नेपाल उद्योग वाणिज्य महासंघद्वारा महासंघ सचिवालयमा सोही विषयमा आज आयोजित कार्यक्रममा सो जानकारी गराइयो ।

समुद्रसतहबाट २०५० देखि ३७९२ मिटरको उचाईमा अवस्थित आछाम जिल्लाको पूर्वोत्तरमा पर्ने प्रकृतिको एक अत्यन्त सुन्दर र मनोरम उपहारको रुपमा रहेको रामारोशनलाई प्रमुख गन्तव्यको रुपमा विकास गर्न सरकारले त्यहां तत्काल आवश्यक पूर्वाधारको विकास गर्नुपर्ने र पर्याप्त प्रचार प्रसार गर्नुपर्नेमा जोड दिइएको छ । हालको रामारोशन गाविसको माथिल्लो भागमा रहेको यो क्षेत्र पवित्र कैलाश खोलाको मुहान पनि हो । यस क्षेत्रभित्र साना ठूला गरी १२ वटा ताल र १८ वटा पाटन(खण्ड) रहेका छन् । स्थानीय स्तरमा धार्मिक विशेषताको आधारमा वाह्र वण्ड र अठार खण्डको नामले प्रशिद्ध पाएको यो क्षेत्र ठूलो क्षेत्रफलमा फैलिएको छ । अझ यस क्षेत्रमा पाइने अमुल्य जडिवूटीले झन यो ठाउंलाई अत्यन्त मूल्यवान बनाएको अन्तरक्रिया कार्यक्रमका सहभागीहरुले वताए ।

कार्यक्रममा रामारोशनको सम्भाव्यता वारे जानकारी गराउंदै आछाम उद्योग वाणिज्य संघका अध्यक्ष चन्द्र प्रसाद ढुंगानाले अत्यन्त सम्भावना रहेको रामारोशनलाई नयां गन्तव्यको रुपमा विकास गर्ने आफुहरुको अभियानलाई सफल पार्न नेपाल सरकार तथा महासंघलाई आग्रह गर्नुभयो । खासगरी सो क्षेत्रमा सहज रुपमा पुग्नका लागि सांफेवगर विमानस्थलको स्तरोन्नती र पूर्वाधार विकासमा उहांले जोड दिनु भयो । साथै नेपाल पर्यटन वोर्डले यस क्षेत्रलाई पर्यटकीय गन्तव्यको रुपमा समावेश गरि पर्याप्त प्रचार प्रसार गरिदिनु पर्ने उहांको सुझाव थियो ।

छलफल कार्यक्रममा महासंघका वरिष्ठ उपाध्यक्ष भाष्करराज राजकर्णिकारले हरेक पाइलापाइलामा विकासका सम्भाव्यता रहेको सुदूरपश्चिमको विकासलाई अगाडी वढाउन नीति निर्माताको सोंचमा परिवर्तन आवश्यक रहेको बताउनु भयो । सुदरपश्चिममा अथाहा सम्भाव्यता छ राज्यले त्यसलाई उचित रुपमा संवोधन गर्न नसक्दा त्यो उपयोग विहिन भएको बताउनु भयो । वरिष्ठ उपाध्यक्ष राजकर्णिकारले रामारोशन क्षेत्रलाई नयां पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने आछाम उद्योग वाणिज्य संघको अभियानमा महासंघले साथ दिने र यसलाई सफल पार्न सहयोग गर्ने विश्वास दिलाउनु भयो ।

महासंघको पर्यटन तथा हवाई उड्डयन समितिका सभापति विके श्रेष्ठले रामारोशन अव नयां गन्तव्यको रुपमा अगाडी बढी सकेको विश्वास प्रकट गर्दै यसलाई मूर्त रुप दिन आफू र महासंघको तर्फबाट निरन्तर अगाडी बढ्ने विश्वास दिलाउनु भयो ।

पर्यटन व्यवसायी ध्रुवनारायण श्रेष्ठले रामारोशनलाई अगाडी बढाउन पर्यटन वोर्डका तर्फबाट समेत पहल हुने विश्वास दिलाउंदै स्थानीयस्तरबाट यसलाई निरन्तर अगाडी बढाउन दवाव दिइरहनु पर्ने सुझाव दिनु भयो । छलफल कार्यक्रमका सहभागीहरुले आछाम उद्योग वाणिज्य संघले यसलाई नेतृत्व लिएर केही प्याकेज कार्यक्रमको विकास गर्नु पर्ने, भौतिक पूर्वाधारको विकासमा स्थानीय निकायसंग समन्वय गर्नुपर्ने लगायतका सुझावहरु दिएका थिए ।

 © Copyright 2005-2014. All Rights Reserved. FNCCI.
Best Viewed in 1024 x 768.