»
Home
»
Introduction
»
Activities
»
»
»
»
International Links
»
Tax Structures
»
Economic Indicators
»
General Information
»
Business Code of Conduct
»
Publications
»
Photo Gallery
»
Secretariat
»
Downloads
»
Membership
»
Keyword
Category















प्रधानमन्त्रीबाट दोश्रो नेपाल अन्तर्राष्ट्रिय व्यापार मेलाको भोली दिउसो ४ बजे समुद्घाटन हुने (२०६९/११/२४)


सम्माननीय प्रधानमन्त्री डा. बाबुराम भट्टराईबाट दोश्रो नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला (2nd Nepal International Trade Fair - 2013) भोली काठमाडौंमा एक विशेष समारोह बीच समुद्घाटन हुंदैछ । प्रमुख अतिथि सम्माननीय प्रधानमन्त्रीबाट भोली मिति २०६९ फागुन २५ गते शुक्रवार, दिउसो ४ बजे भृकुटीमण्डप, काठमाडौंमा मेलाको समुद्घाटन हुने कार्यक्रम छ । मेला फागुन २९ गतेसम्म चल्ने छ ।

नेपाल लगायत भारत, पाकिस्तान, वंगलादेश, भुटान, अमेरिका लगायतका देशहरुको सहभागिता रहने मेलामा चार सयवटा स्टल मार्फत विभिन्न देशका उत्पादन तथा सेवाको प्रदर्शनी गरिने छ । मेलाको अन्तिम तयारी सकिएको छ ।

नेपाललाई अन्तराष्ट्रिय जगतमा एउटा ब्राण्डिङको रुपमा प्रवद्र्धन गर्न महासंघले यो मेलालाई हरेक वर्ष आयोजना गर्ने लक्ष्य राखेको छ । पहिलो अन्तराष्ट्रिय व्यापार मेला गत वर्ष काठमाडौंमा भव्यतापूर्वक सम्पन्न भएको थियो । नेपाल सरकार वाणिज्य तथा आपूर्ति मन्त्रालयको सहयोगमा हुने सो मेला अवधिभर छिमेकी देश चीन तथा जर्मनबाट ठूलो संख्यामा व्यावसायिक प्रतिनिधिमण्डलबाट मेलाको अवलोकन हुने कार्यक्रम छ ।

सोही समयमा सार्क उद्योग वाणिज्य संघका पदाधिकारीहरु र सार्क राष्ट्रका उद्यमी व्यवसायीहरुले पनि मेलाको अवलोकन गर्ने कार्यक्रम छ भने मेलाकै अवसरमा सार्क उद्योग वाणिज्य संघको साधारण सभा समेत हुंदैछ । यसबाट मेलाको क्षेत्रीय तथा अन्तराष्ट्रिय महत्व अझ बढ्ने छ ।

मेला आयोजनाका क्रममा विभिन्न देशका उद्यमी व्यवसायीहरुसंग आयोजना हुने व्यवसायिक भेटवार्ताबाट नेपाल र ती देश बीचको आर्थिक व्यापारिक सम्बन्ध विस्तार, व्यापार विस्तार तथा लगानी तथा प्रविधि प्रवद्र्धनमा समेत सघाउ पुग्ने विश्वास गरिएको छ । मेलाका अवसरमा विशेष गरी नेपाल व्यापार रणनीति २०१० (NTIS) का अन्तरगत पहिचान गरिएका तीन क्षेत्रका १९ वटा वस्तुहरुको प्रवद्र्धनमा विशेष जोड दिइने छ । मेलाको सहआयोजकमा नेपाल हस्तकला महासंघ रहेको छ ।

प्रत्यक्ष रुपमा मेलाको दुई लाख भन्दा बढीले अवलोकन गर्ने र मेला अवधिभर करिव १५ करोडको कारोवार हुने अपेक्षा महासंघको छ । मेलाको साझेदार राष्ट्र छिमेकी देश भारत रहेको छ । नेपाल उद्योग वाणिज्य महासंघले यस मेलालाई आफनो वार्षिक क्यालिण्डरको रुपमा विकास गरी लैजान लागेको छ ।

महासंघले यसलाई मुलुकको प्रमुख कार्यक्रमको रुपमा विकास गर्दै यसलाई अन्तराष्ट्रिय जगतमा एउटा ब्राण्डिङको रुपमा लैजाने छ । महासंघले प्रत्येक वर्ष यो मेलाको आयोजना गर्ने र आगामी वर्ष मार्च ६ देखि १० तारिखका बीच यो मेला आयोजना गर्ने लक्ष्य राखेको छ ।

नेपाल अन्तराष्ट्रिय व्यापार मेलाले मुलुकको अर्थतन्त्रलाई चलायमान वनाउने विश्वास गरिएको छ । मेलाका लागि मेलाको रुपमा मात्र यसको आयोजना नभई अन्तराष्ट्रिय रुपमै मुलुकको प्रवद्र्धनका लागि यसलाई प्रभावकारी मंचको रुपमा विकास गर्ने रणनीति महासंघको छ । वाह्य देशहरुले यस्ता मेलालाई एउटा क्यालिण्डरकै रुपमा आयोजना गरी त्यसबाट मनग्गे लाभ लिइरहेको अवस्थामा महासंघले पनि यो मेलालाई सोही अनुरुप विकास गर्ने लक्ष्य लिएको छ ।

मेलाका अवधिभर प्रत्येक दिन देशका ख्याती प्राप्त कलाकारबाट मेलाको अवलोकन हुने र यस वर्षको मेलामा महासंघले पहिलो पटक विशेष प्रकारको Exhibint Tent को पनि व्यवस्था गरेको छ ।

मेलाको मुख्य प्रवद्र्धकमा नेपाल पर्यटन वोर्ड, व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र रहेका छन् । मेलाको मुख्य प्रायोजक सिभिल होम्स प्रा.लि. रहेको छ भने अन्य प्रायोजकमा सिल्भर स्पोन्सर शिखर शु प्रा.लि., मिन्सक ड्रिकिङ वाटर, आधिकारिक एयरलाइन्समा इतिहाद एयरवेज रहेका छन् । त्यसैगरी सहयोगी अन्य संस्थाहरुमा एभेन्यूज टेलिभिजन, स्टाण्डर्ड चार्टर्ड बैंक, ट्रिवेनी ग्रुप, भक्तपुर उद्योग वाणिज्य संघ, छाला जुत्ता तथा वस्तु उत्पादक संघ, घरेलु तथा साना उद्योग महासंघ रहेका छन् भने अन्तराष्ट्रिय साझेदारहरुमा ब्रावेड भारत (BRAWFED INDIA), स्पाडिक्स लि. वंगलादेश (SPADIX LIMITED BANGLADESH), र सिग्नी वोल्र्ड लि. पाकिस्तान (SIGNE WORLD LIMITED PAKISTAN) रहेका छन् । मेलाको व्यवस्थापकमा डाइरेक्शन नेपाल प्रालि र एस्टरिस्क एडभरटाइजिङ प्रा.लि. रहेका छन् ।

 © Copyright 2005-2014. All Rights Reserved. FNCCI.
Best Viewed in 1024 x 768.