»
Home
»
Introduction
»
Activities
»
»
»
»
International Links
»
Tax Structures
»
Economic Indicators
»
General Information
»
Business Code of Conduct
»
Publications
»
Photo Gallery
»
Secretariat
»
Downloads
»
Membership
»
Keyword
Category















नेपाल अन्तर्राष्ट्रिय व्यापार मेलाको दोस्रो दिन दर्शकहरुको चाप अत्यधिक - मन्त्री तथा सचिवहरु, राजदूतहरुबाट अवलोकनको कार्यक्रम (२०६९/११/२६)


नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला (Nepal International Trade Fair 2013) को दोश्रो दिन आज दर्शकहरुको चाप विहानैदेखि अत्यधिक रुपमा देखिएको छ । आज शनिवार विदाका दिन परेकाले पनि अवलोकन गर्न आउनेहरुको चाप बढेको हो ।

भर्खरैमात्र नेपाल सरकारका शान्ति मन्त्री टोपबहादुर रायमाझीले मेलाको अवलोकन गर्नुभयो । मेलाको अवलोकन पश्चात प्रतिक्रिया दिनु हुंदै मन्त्री रायमाझीले मेलाले नेपालको आर्थिक विकासमा महत्वपूर्ण सहयोग पुऱ्याउने र यसले अर्थतन्त्रमा रंक्त संचार गर्ने प्रतिक्रिया दिनु भयो । मन्त्री रायमाझीले नेपाल सरकारको समेत सहयोग रहेको यो मेला सरकार निजी क्षेत्रको साझेदारीको महत्वपुर्ण उदाहरण भएको बताउनु भयो ।

आजै मेला अवलोकनका लागि नेपाल सरकारका सचिवहरु तथा नेपालका लागि कतारका राजदुत अहमद जसिम मोहमद अली अल हमार (Ahmad Jasim Mohammed Ali Al Hamar, Ambassador, Embassy of the State of Qatar to Nepal) सहित राजदुतावासका पदाधिकारीहरुले पनि अवलोकन गर्नुहुने कार्यक्रम छ । दिउसो तीन बजे उहांहरुबाट मेलाको अवलोकन हुने छ । आजै विहान बंगलादेशी राजदुतावासका चार्ज डि अफियर्स फरिदुल इस्लमले पनि मेलाको अवलोकन गर्नुभयो । साथै आजको दिनको विशेष आकर्षणको रुपमा कलाकार संजिव सिंह रहनु हुनेछ । दिनको ३ देखि ५ बजेसम्म कलाकार सिंहका गितहरुबाट दर्शकहरुले मज्जालिन पाउने छन् ।

मेलाको अवलोकन पश्चात प्रतिक्रिया दिनु हुंदै बंगलादेशी राजदुतावासका चार्ज डि अफियर्स फरिदुल इस्लमले नेपाल बंगलादेश बीचको आर्थिक व्यापारिक सम्बन्ध विस्तारमा यो मेला कोशेढुंगा हुने बताउनु भयो । साथै उहांले मेला नेपाल र बंगलादेश तथा अन्य सहभागी देश बीच सम्पर्क बढाउन पनि महत्वपूर्ण हुने विश्वास प्रकट गर्नुभयो ।

मेलाको नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष सुरज वैद्य, नेपालका लागि भारतका राजदुत जयन्त प्रसाद र बोर्डर्ड टेरिटोरियल काउन्सिल, भारतका उपप्रमुख काम्पा वोर्गयारी र वाणिज्य तथा आपूर्ति मन्त्रालयका निमित्त सचिव तोयानारायण ज्ञवालीले संयुक्त रुपमा उद्घाटन गर्नुभयो । मेला फागुन २९ गतेसम्म चल्नेछ ।

नेपाल लगायत भारत, पाकिस्तान, वंगलादेश, अमेरिका लगायतका देशहरुको सहभागिता रहेको मेलामा चार सयवटा स्टल मार्फत विभिन्न ती देशका उत्पादन तथा सेवाको प्रदर्शनी गरिएको छ । मेलामा लत्ता कपडा, सूचना प्रविधि, हस्तकला, छालाजन्य, शिक्षा, स्वास्थ, औषधि, व्यवसायिक कृषि उत्पादनहरुको राखिएका छन् । नेपाल व्यापार रणनीति २०१० (NTIS) का अन्तरगत पहिचान गरिएका तीन क्षेत्रका १९ वटा वस्तुहरुको प्रवद्र्धनमा विशेष जोड दिइने छ ।

नेपाल अन्तराष्ट्रिय व्यापार मेलाको पहिलो संस्करण गत वर्ष काठमाडौंमा सम्पन्न भएको थियो । नेपाल सरकार वाणिज्य तथा आपूर्ति मन्त्रालयको सहयोग रहेको यो मेलाको अवधिभर छिमेकी देश चीन तथा जर्मनबाट व्यावसायिक प्रतिनिधिमण्डलबाट मेलाको अवलोकन हुने कार्यक्रम छ । साथै सोही समयमा सार्क उद्योग वाणिज्य संघका पदाधिकारीहरु र सार्क राष्ट्रका उद्यमी व्यवसायीहरुले पनि मेलाको अवलोकन गर्ने कार्यक्रम छ भने मेलाकै अवसरमा सार्क उद्योग वाणिज्य संघको साधारण सभा समेत हुंदैछ । यसबाट मेलाको क्षेत्रीय तथा अन्तराष्ट्रिय महत्व अझ बढ्ने विश्वास गरिएको छ ।

मेला आयोजनाका क्रममा विभिन्न देशका उद्यमी व्यवसायीहरुसंग आयोजना हुने व्यवसायिक भेटवार्ताबाट नेपाल र ती देश बीचको आर्थिक व्यापारिक सम्बन्ध विस्तार, व्यापार विस्तार तथा लगानी तथा प्रविधि प्रवद्र्धनमा समेत सघाउ पुग्ने विश्वास गरिएको छ । मेलाका अवसरमा विशेष गरी मेलाको सहआयोजकमा नेपाल हस्तकला महासंघ रहेको छ ।

प्रत्यक्ष रुपमा मेलाको दुई लाख भन्दा बढीले अवलोकन गर्ने र मेला अवधिभर करिव १५ करोडको कारोवार हुने अपेक्षा महासंघको छ । मेलाको साझेदार राष्ट्र छिमेकी देश भारत रहेको छ । नेपाल उद्योग वाणिज्य महासंघले यस मेलालाई आफनो वार्षिक क्यालिण्डरको रुपमा विकास गरी लैजान लागेको छ ।

मेला संचालन अवधिभर विभिन्न विशिष्ट व्यक्तिहरुबाट मेलाको अवलोकन हुने छ । मेलामा महत्वपूर्ण व्यक्तित्वहरु, ख्याती प्राप्त कलाहरुबाट मेलाको अवलोकन हुनेछ । सोही क्रममा भोली फागुन २६ गते शनिवार नेपालका लागि कतारका राजदुत

मेलाको मुख्य प्रवद्र्धकमा नेपाल पर्यटन वोर्ड, व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र रहेका छन् । मेलाको मुख्य प्रायोजक सिभिल होम्स प्रा.लि. रहेको छ भने अन्य प्रायोजकमा सिल्भर स्पोन्सर शिखर शु प्रा.लि., मिन्सक ड्रिकिङ वाटर, आधिकारिक एयरलाइन्समा इतिहाद एयरवेज रहेका छन् । त्यसैगरी सहयोगी अन्य संस्थाहरुमा एभेन्यूज टेलिभिजन, स्टाण्डर्ड चार्टर्ड बैंक, ट्रिवेनी ग्रुप, सेन्सडाइन, भक्तपुर उद्योग वाणिज्य संघ, छाला जुत्ता तथा वस्तु उत्पादक संघ, घरेलु तथा साना उद्योग महासंघ रहेका छन् भने अन्तराष्ट्रिय साझेदारहरुमा ब्रावेड भारत (BRAWFED INDIA), स्पाडिक्स लि. वंगलादेश (SPADIX LIMITED BANGLADESH), र सिग्नी वोल्र्ड लि. पाकिस्तान (SIGNE WORLD LIMITED PAKISTAN) रहेका छन् । मेलाको व्यवस्थापकमा डाइरेक्शन नेपाल प्रालि र एस्टरिस्क एडभरटाइजिङ प्रा.लि. रहेका छन् ।

 © Copyright 2005-2014. All Rights Reserved. FNCCI.
Best Viewed in 1024 x 768.