»
Home
»
Introduction
»
Activities
»
»
»
»
International Links
»
Tax Structures
»
Economic Indicators
»
General Information
»
Business Code of Conduct
»
Publications
»
Photo Gallery
»
Secretariat
»
Downloads
»
Membership
»
Keyword
Category















एशिया प्रशान्त क्षेत्रको प्रतिनिधि संस्था क्यासीको उपाध्यक्षमा महासंघका पूर्व अध्यक्ष श्रेष्ठ निर्वाचित (२०६९/१२/११)


नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष एवं एशिया प्रशान्त उद्योग वाणिज्य परिसंघ (Confederation of Asian-Pacific Chambers of Commerce & Industry - CACCI) क्यासीको कार्यकारिणी समितिका उपसभापति प्रदीपकुमार श्रेष्ठ फिलिपिन्सको सिवुमा सम्पन्न क्यासी काउन्सिलको ८२ औं बैठकबाट क्यासीको उपाध्यक्षमा निर्वाचित हुनु भएको छ ।

एशिया प्रशान्त क्षेत्रका राष्ट्रहरुमा रहेका निजी क्षेत्रका छाता संस्था उद्योग वाणिज्य महासंघहरुको प्रतिनिधि संस्था क्यासीको नेतृत्व तहमा पुग्ने उहां पहिलो नेपाली उद्यमी हुनुहुन्छ । उहांको पदिय जिम्मेवारी यस क्षेत्रका राष्ट्रहरु बीचको व्यापार सहजीकरणका लागि भूमिका निर्वाह गर्नु मुख्य जिम्मेवारी हुनेछ । यसबाट नेपाल र क्यासीका अन्य सदस्य राष्ट्रहरु बीच निजीस्तरबाट सम्बन्ध थप प्रगाढ हुनुका साथै ती देशहरुबाट नेपालमा लगानी प्रवद्र्धनमा समेत सहयोग पुग्ने महासंघको विश्वास छ ।

नेपाल सहित एशिया प्रशान्त क्षेत्रका अष्ट्रेलिया, न्यूजिल्याण्ड, पपुवान्यूगिनी, हङकङ, जापान, कोरिया, ताइवान, ब्रुनाई, क्याम्वोडिया, इण्डोनेशिया, मलेशिया, फिलिपिन्स, सिंगापुर, थाइल्याण्ड, भियतनाम, बंगलादेश, पाकिस्तान, भारत, श्रीलंका, जर्जिया, इरान, मंगोलिया, रसिया, ताजाकिस्तान, टर्की र उज्वेकिस्तान आदि राष्ट्रका उद्योग वाणिज्य महासंघहरु यसका सदस्य रहेका छन् ।

फिलिपिन्सको सिवुमा यही चैत्र १ र २ गते सम्पन्न क्यासीको २७ औं सम्मेलन तथा क्यासी काउन्सिलको ८२ औं बैठकबाट महासंघका पूर्व अध्यक्ष श्रेष्ठ निर्वाचित हुनु भएको हो । नेपाल उद्योग वाणिज्य महासंघका तर्फबाट उहांलाई हार्दिक बधाई समेत दिइएको छ ।

सम्मेलनमा महासंघका पूर्व अध्यक्ष श्रेष्ठले दीगो जल तथा उर्जाका श्रोत र खाद्य सुरक्षा विषयक एउटा सत्रको अध्यक्षता समेत गर्नुभएको थियो । स्मरण रहोस क्यासीको २६ औं सम्मेलन तथा क्यासी काउन्सिलको ८१ औ बैठक गतवर्ष नेपाल उद्योग वाणिज्य महासंघको आतिथ्यतामा काठमाडौंमा सम्पन्न भएको थियो ।

उहांसंगै क्यासी सम्मेलनमा महासंघको कार्यकारणी समितिका सदस्यहरु ज्ञानेन्द्रलाल प्रधान, ओमराजभण्डारी, शौरभ ज्योति, शाहिल अग्रवाल, गोल्छा अर्गनाइजेशनका अध्यक्ष लोकमान्य गोल्छा, महासंघका कायकारिणी समितिका पूर्व सदस्य आरवी रौनियार, नेपाली यूवा उद्यमी मंचका अध्यक्ष अजय प्रधानांग हुनुहुन्थ्यो । उहांहरु क्यासीको आजिवन विशेष सदस्य समेत हुनुहुन्छ ।

 © Copyright 2005-2014. All Rights Reserved. FNCCI.
Best Viewed in 1024 x 768.