»
Home
»
Introduction
»
Activities
»
»
»
»
International Links
»
Tax Structures
»
Economic Indicators
»
General Information
»
Business Code of Conduct
»
Publications
»
Photo Gallery
»
Secretariat
»
Downloads
»
Membership
»
Keyword
Category















मन्त्रिपरिषद्का अध्यक्ष रेग्मीसंग महासंघको प्रतिनिधिमण्डलद्वारा भेट निर्वाचनसंगै आर्थिक मुद्दाहरुलाई संगै लैजान आग्रह (२०६९/१२/११)


Meet Minister Chair

मन्त्रिपरिषद्का अध्यक्ष सम्माननीय खिलराज रेग्मीसंग नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष सुरज वैद्यको नेतृत्वमा गएको महासंघको प्रतिनिधिमण्डलले आज उहांको कार्यकक्षमा भेट गर्‍यो ।

सो प्रतिनिधिमण्डलमा महासंघका वरिष्ठ उपाध्यक्ष भाष्करराज राजकर्णिकार, उपाध्यक्ष पशुपति मुरारका, कार्यकारिणी समितिका सदस्यहरु, वहुराष्ट्रिय कम्पनीका प्रतिनिधिहरु सम्मिलित हुनुहुन्थ्यो । सो अवसरमा महासंघका अध्यक्ष वैद्यले मन्त्रिपरिषद्का नवनियुक्त अध्यक्ष रेग्मीलाई निजी क्षेत्रका तर्फबाट बधाई समेत दिनु भयो । सो क्रममा महासंघका अध्यक्ष वैद्यले वर्तमान मन्त्रिपरिषद्ले निर्वाचनसंगै आर्थिक मुद्दाहरुलाई एकसाथ लैजान आग्रह गर्नुभयो । महासंघका अध्यक्ष वैद्यले श्रम मैत्री वातावरणको निर्माण, उर्जा विकास, बजेट निर्माण त्यसमा पनि विकास केन्द्रीत बजेट निर्माणमा सरकारको ध्यानाकर्षण गराउनु भयो ।

त्यसैगरी महासंघको प्रतिनिधिमण्डलले केही दिन अघि उद्योगी वि.के. श्रेष्ठ, एनसेल लगायत उद्योगी व्यवसायी एवं उद्योगप्रतिष्ठान माथि भएको सांघातिक आक्रमणका घटनाका विषयमा सरकारको ध्यानाकर्षण गराउंदै शान्ति सुरक्षाको प्रत्याभुतिका लागि आग्रह गर्‍यो । पछिल्लो पटक घटेका घटनाहरुलाई विश्लेषण गर्दा दण्डहिनता मौलाउंदै गएको र यसलाई निस्तेज गर्न नसकिए आगामी चुनावलाई समेत असर पार्ने तर्फ महासंघको प्रतिनिधिमण्डलले ध्यानाकर्षण गरायो ।

उद्योगी व्यवसायीहरुको धारणालाई सम्वोधन गर्नुहुंदै मन्त्रिपरिषदका अध्यक्ष रेग्मीले निर्वाचन गराउने वर्तमान सरकारको मूल दायित्वलाई सफल पार्न उद्यमी व्यवसायीहरुका तर्फबाट पनि सहयोगका लागि अपिल गर्नुभयो । मुख्य सचिव लिलामणी पौडेलको पनि उपस्थिति रहेको सो अवसरमा अध्यक्ष रेग्मीले यसअवधिमा दीर्घकालिन नीति कानुन ल्याउन कतिसम्भव होला तर निजी क्षेत्रको सुझावका आधारमा अहिले नगरिनहुने र उद्योग व्यवसायका लागि आवश्यक नीति कानूनमा संसोधन, सुधार तथा सहजीकरण गरेर सरकारले सहयोग पुर्‍याउने विश्वास दिलाउनु भयो ।

सुरक्षाको विषयमा निजी क्षेत्रले राखेका सुझाव तथा केही दिनका घटनासमेतलाई विश्लेषण गरेर सरकारले गैर कानुनी काम गर्नेलाई सरकारले कारवाही गर्ने विश्वास दिलाउंदै यसमा सरकारले “सुन्य सहनशिलता” मा रहेर अगाडी बढ्ने जानकारी गराउनु भयो । अध्यक्ष रेग्मीले सरकारले गलत काम गर्नेका लागि नछाड्ने पनि स्पष्ट पार्नुभयो । त्यसका लागि निजी क्षेत्रलाई सहयोग गर्न आग्रह गर्नुभयो । साथै उहांले वर्तमान सरकारले निजी क्षेत्रसंग सहकार्य गरेर जाने विश्वास पनि दिलाउनु भयो ।

 © Copyright 2005-2014. All Rights Reserved. FNCCI.
Best Viewed in 1024 x 768.