»
Home
»
Introduction
»
Activities
»
»
»
»
International Links
»
Tax Structures
»
Economic Indicators
»
General Information
»
Business Code of Conduct
»
Publications
»
Photo Gallery
»
Secretariat
»
Downloads
»
Membership
»
Keyword
Category















न्यूजिल्याण्डका पूर्व प्रधानमन्त्रीसंग महासंघ सचिवालयमा भेटघाट नेपालको कृषि विकास रणनीतिमा छलफल (२०६९/१२/१२)


Meeting with New Zealand

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष सुरज वैद्य र न्यूजिल्याण्डका पूर्व प्रधानमन्त्री तथा ट्रष्टी एक्जीक्यूटर्सका अध्यक्ष जेम्स व्रेनडन वल्गर (Rt Hon James Brendan Bolger, ONZ, Chairman, Trustees Executurs, New Zealand) बीच आज महासंघ सचिवालयमा भेटवार्ता सम्पन्न भयो । भेटका अवसरमा नेपालमा व्यावसायिक कृषि तथा कृषिको दीगो विकासका विषयमा छलफल भयो ।

एशियाली विकास बैंकको सहयोगमा नेपाल सरकार कृषि तथा सहकारी मन्त्रालयबाट कृषि विकास रणनीति तयारी (Preparation of the Agricultural Development Strategy Nepal- ADS) को कार्य भैरहेको छ । मस्यौदा अन्तिम तयारीमा रहेको र त्यस विषयमा महासंघसंग छलफल गर्ने उद्देश्यले आजको भेटघाट भएको हो । श्री वल्गर एडीएसको प्रमुख सल्लाहकार हुनुहुन्छ ।

Meeting with New Zealand

सो अवसरमा महासंघका अध्यक्ष वैद्यले जेम्स वल्गरको स्वागत गर्नुहुंदै मुलुकभित्र रोजगारी सृजना, उद्योग व्यवसायको विकासका लागि निजी क्षेत्रका तर्फबाट प्रयास भैरहेको जानकारी गराउनु भयो । स्वदेशी एवं विदेशी लगानी आकर्षणका लागि आवश्यक वातावरण निर्माणका लागि सरकारलाई निरन्तर दवाव दिईरहेको पनि उहांले स्पष्ट पार्नुभयो । उहांले निजी क्षेत्रले सरकारलाई राजश्व केन्द्रीत बजेट भन्दा पनि रोजगारी सृजना, पूर्वाधार विकास, उर्जा विकास, व्यवसायिक कृषिमा बजेट केन्द्रीत गर्न सुझाव दिएको सो अवसरमा जानकारी गराउनु भयो ।

सो अवसरमा नेपालको कृषि विकास रणनीति तयारीका विषयमा पनि छलफल भयो ।सो अवसरमा महासंघको कार्यकारिणी समितिका सदस्यहरु शंकरप्रसाद पाण्डे, एजी शेर्पा, महानिर्देशक हेमन्त दवाडी, एडीएसका प्रमुख फ्रान्सिस्को गोल्टी (Francesco Goletti, Ph.D., Team Leader, Preparation of the Agricultural Development Strategy Nepal-ADS), नायव प्रमुख डा.पुरुशोत्तम मैनाली (Dr. Purushottam P. Mainali, Deputy Team Leader/ Policy and Institutional Specialist, Preparation of the Agricultural Development Strategy Nepal- ADS) समेत हुनुहुन्थ्यो ।

 © Copyright 2005-2014. All Rights Reserved. FNCCI.
Best Viewed in 1024 x 768.