»
Home
»
Introduction
»
Activities
»
»
»
»
International Links
»
Tax Structures
»
Economic Indicators
»
General Information
»
Business Code of Conduct
»
Publications
»
Photo Gallery
»
Secretariat
»
Downloads
»
Membership
»
Keyword
Category















चिनियां राजदुत र नेपाली उद्यमी व्यवसायी बीच भेटवार्ता (२०६९/१२/२०)


Meeting with Chinese Ambassador

नेपाल र चीन बीचको विद्यमान व्यापार घाटालाई कम गर्न नेपालमा चिनियां पर्यटक लगायत अन्य सेवा क्षेत्रहरुको विस्तार महत्वपूर्ण उपाय हुन सक्नेमा जोड दिइएको छ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष सुरज वैद्यको अध्यक्षतामा नेपालका लागि नवनियुक्त चिनियां राजदुत वु छुन्थाई (H.E. Wu Chuntai, Ambassador of China in Nepal) को स्वागतमा आज महासंघ सचिवालयमा आयोजित अन्तरक्रिया बैठकमा सो कुरामा जोड दिइएको हो । महासंघमा उपलव्ध तथ्यांक अनुसार सन् २०११/२०१२ को तथ्यांक अनुसार नेपाल र चीन बीचको व्यापार घाटा करिव रु. ५२ अर्व छ भने सन् २०१०/२०११ मा यो तथ्यांक रु. ४५ अर्व थियो ।

नेपालमा चिनियां पर्यटकहरुको आगमन बढाउन सकिएमा व्यापार घाटालाई केहि हदसम्म पूर्ति गर्न सहज हुने सुझाव सो अवसरमा दिइयो । तथ्यांक अनुसार सन २०११ मा जम्मा ६२ हजार चिनिया पर्यटकहरुले नेपाल भ्रमण गरेका थिए भने यो तथ्यांक सन् २०१० मा ४३ हजार थियो । प्राकृतिक र सांस्कृतिक श्रोतमा नेपाल निकै धनी रहेको आफूले पाएकोले नेपालमा चीनियां पर्यटक आकर्षणको निकै ठुलो सम्भाव्यता रहेको राजदुत छुन्थाईले औल्याउनु भयो । उहांले नेपालको पर्यटन प्रवद्र्धनमा आफनो देशको तर्फबाट सक्दो सहयोग पुरयाउने विश्वास पनि सो अवसरमा दिलाउनु भयो ।

नेपाली पृष्ठभूमिमा चिनिया फिल्म निर्माण हुन लागेको र चिनियां टेलिभिजनहरुले नेपाल सम्बन्धी वृत्तचित्र समेत प्रसारण गर्न लागेको जानकारी गराउंदै उहांले यसबाट नेपालमा चिनियां पर्यटकहरुको आगमनमा समेत उल्लेख्य वृद्धि हुने विश्वास प्रकट गर्नुभयो ।

सो अवसरमा नेपालका लागि नवनियुक्त राजदुतको स्वागत गर्नुहुंदै महासंघका अध्यक्ष सुरज वैद्यले पर्यटन पूर्वाधार, निर्माण लगायत उर्जा, खानीजन्य, उद्योग, शिक्षा, स्वास्थ्य, सौर्य उर्जा लगायत वैकल्पिक उर्जामा नेपालमा चिनियां लगानीको आवश्यकतामा जोड दिनु भयो । महासंघका अध्यक्ष वैद्यले बढ्दो व्यापार घाटा नेपालका लागि चिन्ताको विषय भएकाले व्यापार घाटा कम गर्न नेपालमा चिनियां लगानी विस्तारमा सहयोग गर्न समेत राजदुत समक्ष आग्रह गर्नु भयो । नेपाल र चीन बीच आर्थिक तथा व्यापारिक र लगानीका क्षेत्रमा विद्यमान सम्भाव्यता, समस्याको अध्ययनका लागि एउटा संयुक्त अध्ययनको खांचो औल्याउदै अध्यक्ष वैद्यले दुवै देशको सरकारको सहयोगमा महासंघले यसलाई अगाडी बढाउने योजना रहेको जानकारी गराउनु भयो ।

महासंघका अध्यक्ष वैद्यले अखिल चीन उद्योग वाणिज्य महासंघ (All China Federation of Industry and Commerce-ACFIC) को सहकार्यमा नेपाल चीन गैर सरकारी सहयोग मंचलाई नयां गति दिन लागेको जानकारी गराउंदै सोही अनुसार एसीएफआइसीको प्रतिनिधिमण्डल आउंदो मे महिनामा नेपाल आउन लागेको र आगामी जुनमा महासंघको प्रतिनिधिमण्डलले चीनको अध्ययन भ्रमण गर्न लागेको जानकारी गराउनु भयो ।

सो अवसरमा राजदुत वु छुन्थाई (H.E. Wu Chuntai, Ambassador of China in Nepal) ले नेपालको अर्थतन्त्रमा ७० प्रतिशत योगदान सहित निजी क्षेत्रले नेतृत्वदायी भूमिका निर्वाह गरेको पाउंदा खुशी लागेको बताउनु भयो । नेपालमा समस्याहरु छन तर यी समस्यामानै अवसर पनि रहेकाले अवसरलाई सदुपयोग गर्नुपर्ने उहांले सुझाव दिनु भयो । आर्थिक विकासको महत्वपूर्ण पाटोको रुपमा सडक संजाल विकास पनि भएकाले नेपालको मध्य पहाडी पूर्व पश्चिम राजमार्गको विकासको सोंच दुरगामी भएको भन्दै सडक पूर्वाधार विकासमा चीन सरकारले निरन्तर सहयोग गर्ने विश्वास दिलाउनु भयो ।

औद्योगिकरणमा तीव्र जोड दिए सरकार र निजी क्षेत्र दुवैलाई फाइदा हुने बताउंदै उहांले यसबाट रोजगारी वृद्धि हुनुका साथै वेरोजगारी समस्या उपर प्रभावकारी संवोधन समेत हुने बताउनु भयो । उदियमान अर्थतन्त्र भएका दुई ठूला मुलुक चीन र भारतको बीचमा नेपाल रहनु नेपालका लागि अवसर पनि हो भन्दै राजदुत वु छुन्थाइले नेपालको विकासको लागि नेपाल, चीन तथा भारत बीच त्रिपक्षीय सहकार्य (Tripartite Coalition) को आवश्यकतामा जोड दिनु भयो । साथै उहांले चीन नेपालसंग राजनीतिक, आर्थिक, सांस्कृतिक रुपमा “वृहद सहयोगी साझेदारी (Comprehensive Cooperative Partnership)” मोडलमा सहकार्य गर्न तयार रहेको पनि बताउनु भयो । चीन आफ्नो सफलतालाई छिमेकीहरुसंग बांड्न तत्तपर रहेको र जसमा नेपाल चीनको लागि मुख्य प्राथमिकतामा रहेको पनि स्पष्ट पार्नुभयो ।

नेपालमा ठूलठूला परियोजनाहरुमा चीन सहयोग गर्न इच्छुक रहेको भन्दै पोखरा विमानस्थल, काठमाडौको चक्रपथ निर्माण, जलविद्युत आयोजनाहरु, पर्यटन, जडीवूटी, जैविक प्रविधि लगायतका लगानीका सम्भाव्यता औल्याउनु भयो । चीन सरकार दुई देशका निजी क्षेत्रको सहकार्यलाई प्रोत्साहन गर्न चाहान्छ जसले अन्तरसरकारी सम्बन्धलाई पनि मजवुत बनाउछ, राजदुतले भन्नु भयो । साथै उहांले नेपाल उद्योग वाणिज्य महासंघले राखेका धारणालाई आफूले निकै उत्साहप्रद रुपमा लिएको र त्यसलाई उचित संवोधन गर्ने विश्वास समेत दिलाउनु भयो ।

सो अवसरमा धन्यवाद मन्तव्य दिनुहुंदै महासंघका वरिष्ठ उपाध्यक्ष भाष्करराज राजकर्णिकारले महासंघले प्रत्येक वर्ष आयोजना गर्दै आएको नेपाल अन्तराष्टिय व्यापार मेलाको २०१४ को संस्करणमा चीनलाई कन्ट्री पार्टनरको रुपमा सहभागी हुन निमन्त्रणा पनि दिनु भयो ।

छलफलमा कार्यक्रममा महासंघको कार्यकारिणी समिति सदस्यहरु, नेपाल चीन उद्योग वाणिज्य संघका पदाधिकारीहरु, पर्यटन क्षेत्रका व्यवसायीहरु, कृषि व्यवसायीहरु, निर्माण व्यवसायीहरु, हिमालय सिमापार वाणिज्य संघका पदाधिकारीहरु, वस्तुगत संघका पदाधिकारीहरु लगायत विभिन्न क्षेत्रका उद्यमी व्यवसायीहरुको सहभागिता रहेको थियो ।

 © Copyright 2005-2014. All Rights Reserved. FNCCI.
Best Viewed in 1024 x 768.