»
Home
»
Introduction
»
Activities
»
»
»
»
International Links
»
Tax Structures
»
Economic Indicators
»
General Information
»
Business Code of Conduct
»
Publications
»
Photo Gallery
»
Secretariat
»
Downloads
»
Membership
»
Keyword
Category















महासंघका उपाध्यक्ष मुरारकाको सवारी साधनमाथि भएको आक्रमणको महासंघद्वारा निन्दा एवं भत्सर्ना (२०७०/१/१०)


नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष पशुपति मुरारको निजी सवारी साधनमाथि आज दिउसो अज्ञात समूहबाट भएको आक्रमणको महासंघ निन्दा एवं भत्सर्ना गर्दछ । उपाध्यक्ष मुरारको कार्यालय नजिक पार्किङ गरेर राखिएको बा. ६ च ७८७८ नम्वरको ल्याण्ड रोवर गाडीमाथि अज्ञात समूहबाट ह्यामर प्रहार गरी क्षति पुर्‍याइएको छ । आक्रमणबाट गाडीमा रहेका ड्राइभरलाई चोट लाग्नुका साथै गाडीको अगाडी तथा साइडको सिसा पूर्ण रुपमा क्षति भएको छ । आक्रमणको प्रकृति हेर्दा मानवीय क्षति पुर्‍याउने नियतले भएको देखिन्छ ।

महासंघले यस आक्रमणलाई महासंघ र सिंगो निजी क्षेत्रमाथिको आक्रमणको रुपमा लिएको छ । विगत केही समयदेखि श्रृंखलावद्ध रुपमा भैरहेका यस प्रकारका आक्रमणको जतिनिन्दा र भत्सर्ना गर्दा पनि क्षम्य नहुने ठहर महासंघको छ । श्रृंखलावद्ध रुपमा भएका यस प्रकारका आक्रमणबाट मुलुकलाई कुन दिशातर्फ लैजान खोजिएको हो र यस्ता घटनाबाट अन्तराष्ट्रिय जगतमा नेपालका वारे कस्तो संदेश जान्छ गम्भीर भएर सोच्न समेत महासंघ सम्बन्धित पक्षसंग आग्रह गर्दछ ।

केही साता अघिमात्र महासंघको पर्यटन तथा हवाई उड्डयन समितिका सभापति विके श्रेष्ठ र वहुराष्ट्रिय कम्पनी ऐनसेल माथि भएको आक्रमण लगत्तै भएको यस घटनाले कतै मुलुक पुन: अस्थिरतातर्फ उन्मुख हुन खोजेको र अपराधीहरुको चंगुलमा फस्न लागेको त होइन भन्ने आभास हुन थालेको छ । अत: यस्ता आपराधिक कार्यमा संलग्नलाई तत्काल खोजी गरी कानूनको कठघरामा ल्याई सख्त कारवाही गर्न महासंघ नेपाल सरकार समक्ष गम्भीर आग्रह समेत गर्दछ ।

 © Copyright 2005-2014. All Rights Reserved. FNCCI.
Best Viewed in 1024 x 768.