»
Home
»
Introduction
»
Activities
»
»
»
»
International Links
»
Tax Structures
»
Economic Indicators
»
General Information
»
Business Code of Conduct
»
Publications
»
Photo Gallery
»
Secretariat
»
Downloads
»
Membership
»
Keyword
Category















सुरक्षाको माग गर्दै महासंघको नेतृत्वमा व्यवसायीहरुद्वारा मन्त्रिपरिषदका अध्यक्षसंग भेट (२०७०/१/१२)


FNCCI Delegation to PM Residence

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष पशुपति मुरारका सहित केही उद्यमी व्यवसायी माथि श्रृंखलावद्ध रुपमा भएको आक्रमणबाट निजी क्षेत्र असुरक्षित भएको महसुस गरी उद्यमी व्यवसायीहरुले सरकारसंग सुरक्षाको माग गरेका छन् । अज्ञात समूहबाट महासंघका उपाध्यक्ष मुरारका सवार गाडीमा वैशाख १० गते तोडफोड भएको थियो ।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष सुरज वैद्यको नेतृत्वमा निजी क्षेत्रका २ सयभन्दा बढी उद्योगपति व्यवसायी सम्मिलित प्रतिनिधिमण्डलले वैशाख ११ गते मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मीसंग उहांको निवास वालुवाटारमा भेटगरी सुरक्षाको उचित प्रवन्धको माग सहित ज्ञापन पत्र बुझाएको छ ।

महासंघद्वारा वुझाइएको ज्ञापन पत्र यस प्रकार छ:

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष श्री पशुपति मुरारकालाई लक्षित गरी हिजोमात्र भएको आक्रमणबाट उहांको गाडी तोडफोड भएको छ । यस्तै केही समयदेखि उद्योगी, व्यवसायी र उद्योग प्रतिष्ठानमाथि श्रृंखलावद्धरुपमा अज्ञात समूहबाट हुंदै आएका आक्रमण एवं घटनाका सम्बन्धमा सम्माननीय अध्यक्षज्यूको गम्भीर ध्यानाकर्षण गराउंदछौं । अज्ञात समूहबाट भएको ढुंगा एवं ह्यामर प्रहारबाट महासंघका उपाध्यक्ष श्री मुरारकाको बा. ६ च ७८७८ नम्वरको गाडीको सिसा फुटी क्षति पुग्नुको साथै आक्रमणबाट गाडीमा रहेका ड्राइभरलाई समेत चोट लागेको छ । आक्रमणको प्रकृति हेर्दा मानवीय क्षति पुर्‍याउने नियतले नै आक्रमण भएको देखिन्छ । यसअघि पनि महासंघको पर्यटन तथा हवाई उड्डयन समितिका सभापति श्री बि.के. श्रेष्ठ चढेको गाडीमा चैत्र २ गते, २०६९ सालमा आक्रमण भएको थियो भने नेपाल बैंकर्स एसोसिएसनका अध्यक्ष श्री राजनसिंह भण्डारी माथि २०६९ पौष २० गते, भौतिक आक्रमण भएको स्मरण गराउंदछौं ।

त्यसैगरी बहुराष्ट्रिय कम्पनी एनसेल, नेपाल डेरिभेटिभ एक्सचेन्ज लि.(एन्डेक्स), एभरेष्ट डि कार्गो जस्ता प्रतिष्ठानहरुमाथि भएको आक्रमणतर्फ पनि सम्मानीय अध्यक्षज्यूको ध्यानाकृष्ट गराउन चाहान्छौं । यी त केही प्रतिनिधि उदाहरणहरु मात्र हुन यी बाहेक वाहिर नआएका उद्योगी व्यवसायी माथि भएका आक्रमणका श्रृंखला सुन्ने हो भने त अवस्था अझै भयावह हुंदै गएको प्रष्ट झल्कन्छ ।

यी श्रृंखलावद्ध हमलाहरुले नेपालमा उद्योग व्यवसाय गरेर बस्नेहरुको गम्भीर असुरक्षा भएको र उद्योगी व्यवसायीको मनोवल निकै गिर्न गएको महशुस हामीले गरेका छौं ।

यी सवै आक्रमणलाई हामीले सिंगो निजी क्षेत्रमाथिको आक्रमणको रुपमा लिएको छौं । बढ्दो दण्डहिनताका कारण विगत केही समयदेखि श्रृंखलावद्ध रुपमा भैरहेका यस प्रकारका आक्रमणको जतिनिन्दा र भत्सर्ना गरे पनि पुग्दैन र यस्ता आक्रमण कुनै पनि बहानामा क्षम्य हुन सक्दैनन् । दण्डहिनताको अन्त्य नगर्ने हो भने यस प्रकारका आक्रमणहरु अझै बढ्दै जाने र यसले मुलुकलाई अझ असुरक्षा र अनिश्चितता तर्फ धकेल्ने होकि भन्नेमा सम्माननीय अध्यक्षज्यूको ध्यानाकर्षण गराउन चाहान्छौं । यस्ता घटनाबाट अन्तर्राष्ट्रिय जगतमा नेपालका बारे कस्तो संदेश जान्छ यसतर्फ पनि गम्भीर भएर सोच्न हामी आग्रह गर्दछौ ।

यस्ता घटना हुंदा प्रहरीबाट घटनामा संलग्न दोषीलाई पक्डने तर्फ गम्भीर प्रयत्न हुनु पर्दछ भने दोषी माथि कडाभन्दा कारवाही हुनु जरुरी छ । तर घटनामा संलग्नहरुको खोजी तथा कानूनको कठघरामा ल्याई दोषीलाई आम जनताले देख्ने र महशुस गर्नेगरी हदैसम्मको कारवाही हुन नसक्दा घटनाप्रति सरकार संवेदनशील हुन नसकेको होकि भन्ने संका उत्पन्न भएको छ । र यसबाट हामी निजी क्षेत्र अझै चिन्तित भएका छौं । यसले नेपाल राष्ट्रनै भोली अपराधीहरुको चंगुलमा त फस्ने होइन भन्ने तर्फ पनि हामी निजी क्षेत्र अत्यन्त सजग भएका छौं । अत: यस्ता आपराधिक कार्यमा संलग्न व्यक्तिहरुलाई तत्काल खोजी गरी कानूनको कठघरामा ल्याई सख्त कारवाही गर्न सिंगो निजी क्षेत्रका तर्फबाट महासंघ नेपाल सरकार समक्ष गम्भीर आग्रह गर्दछ । साथै उद्योगी व्यवसायी एवं उद्योग प्रतिष्ठानको सुरक्षाको वातावरण वनाइदिन समेत सरकारसंग माग समेत गर्दछौं ।

ज्ञापन पत्र वुझ्दै मन्त्रिपरिषदका अध्यक्ष रेग्मीले उद्योगी व्यवसायी माथि भएका आक्रमणलाई सरकारले निकै गम्भीरता पूर्वक लिएको र निजी क्षेत्रलाई सुरक्षाको महसुस हुने वातावरण निर्माणका लागि एक दुई दिनभित्रै गृहमन्त्री, सुरक्षा निकायका प्रमुखहरु त्था निजी क्षेत्रको समेत सहभागिता बैठक बसी एउटा टुंगोमा पुग्ने विश्वास दिलाउनु भयो । यसका लागि गृहमन्त्री सुरक्षा निकायका प्रमुखहरु र निजी क्षेत्र समेत सम्मिलित उच्चस्तरीय कार्यदल समेत गठन गरी कार्य गर्न सकिने विश्वास दिलाउनु भएको थियो ।

 © Copyright 2005-2014. All Rights Reserved. FNCCI.
Best Viewed in 1024 x 768.