»
Home
»
Introduction
»
Activities
»
»
»
»
International Links
»
Tax Structures
»
Economic Indicators
»
General Information
»
Business Code of Conduct
»
Publications
»
Photo Gallery
»
Secretariat
»
Downloads
»
Membership
»
Keyword
Category















राजधानी दैनिकमा भएको आक्रमणप्रति नेउवामहासंघको गम्भीर ध्यानाकर्षण (२०७०/२/५)


संचार तथा छापाखाना मजदुर युनियनको नाउंबाट राष्ट्रिय दैनिक राजधानीको वितरणमा केही दिनदेखि अवरोध पुर्‍याएको र प्रशासन शाखामा कार्यरत कर्मचारी माथि हातपात समेत भएको घटनाप्रति यस महासंघको गम्भीर ध्यानाकर्षण भएको छ । पत्रिका प्रकाशन तथा वितरण कार्यलाई नै प्रभावित पार्ने यस प्रकारको कार्यको महासंघ निन्दा एवं भत्सर्ना गर्दछ ।

संविधानप्रदत स्वतन्त्रता पूर्वक सूचना पाउने आम नेपालीको हक अधिकारनै कुण्ठित पार्ने यस प्रकारको आक्रमण कुनै पनि वहानामा छम्य नहुने महासंघको धारणा छ । महासंघ, राजधानी दैनिकका प्रशासन प्रमुख माथि हातपात गर्ने तथा उक्त दैनिकमा काम गर्ने कर्मचारीहरुलाई धम्की दिनेलाई तत्काल कानुनी कारवाहीको दायरामा ल्याउन सरकारसंग माग समेत गर्दछ ।

कुनै मागलाई वार्ता र संवादको माध्यमबाट समाधान गर्नुपर्नेमा पत्रिका प्रकाशन तथा वितरण कार्यलाईनै प्रभावित पार्ने गरी भएका यस प्रकारका विरोधको कार्यक्रम तत्काल फिर्ता लिई पत्रिका प्रकाशन तथा वितरण कार्यलाई सहज रुपमा संचालन हुने वातावरण बनाउन महासंघ सम्बन्धित पक्ष समक्ष गम्भीर आग्रह गर्दछ । साथै सुरक्षाको प्रत्याभुति दिलाउने तथा पत्रिका प्रकाशनका लागि सहज वातावरण बनाउन नेपाल सरकार समक्ष गम्भीर माग समेत गर्दछ ।

 © Copyright 2005-2014. All Rights Reserved. FNCCI.
Best Viewed in 1024 x 768.