»
Home
»
Introduction
»
Activities
»
»
»
»
International Links
»
Tax Structures
»
Economic Indicators
»
General Information
»
Business Code of Conduct
»
Publications
»
Photo Gallery
»
Secretariat
»
Downloads
»
Membership
»
Keyword
Category















एसीएफआइसी प्रतिनिधिमण्डल महासंघ सचिवालयमा (२०७०/२/७)


Meeting with ACFIC Delegation

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष सुरज वैद्यसंग नेपाल भ्रमणमा आएको अखिल चीन उद्योग वाणिज्य महासंघ (All China Federation of Industry & Commerce -ACFIC) को प्रतिनिधिमण्डलले आज विहान महासंघ सचिवालयमा द्विपक्षीय भेटवार्ता गरेको छ ।

चीनका लगानीकर्ताहरु समेत रहेको सो प्रतिनिधिमण्डलसंग भएको भेटवार्तामा नेपालमा रहेको जलविद्युत, भौतिक पूर्वाधार, पर्यटन, सेवा क्षेत्र, कृषि तथा खनिजजन्य क्षेत्रमा लगानीको सम्भाव्यताका विषयमा विस्तृत छलफल भयो । चिनीयां प्रतिनिधिमण्डलको नेतृत्व एसीएफआइसीका उपाध्यक्ष चुवाङ छोङशङ (Mr. Zhuang Congsheng, Vice Chairman, ACFIC) ले गर्नु भएको थियो ।

बैठकमा महासंघका अध्यक्ष वैद्यले नेपालमा पूर्वाधार विकास (ड्याम, विमानस्थल निर्माण, सडक विस्तार), व्यवसायिक कृषि विकास, सेवा क्षेत्र (उच्चस्तरीय सुविधा सम्पन्न होटल तथा रिसोर्ट), सौर्य उर्जा लगायतका उर्जा तथा खानीजन्य उद्योगमा चिनियां लगानीका लागि आग्रह गर्नुभयो । अध्यक्ष वैद्यले नेपालको हावापानी तथा भारत तथा चीनबाट दूरीका हिसावले समेत नेपाललाई मेडिकल हवको रुपमा विकास गर्ने पर्याप्त सम्भाव्यता रहेकाले चिनिया लगानीकर्ताहरुलाई आग्रह गर्नुभयो । नेपाल जलश्रोतका लागि सवैभन्दा बढी लगानीको सम्भाव्यता भएको क्षेत्र हो, पूर्वाधार विकास, सेवा क्षेत्र तथा ७५ प्रतिशतभन्दा बढी हिमालय यहीं रहेकाले खानीजन्य उद्योगमा पनि निकै धेरै सम्भाव्यता रहेको स्पष्ट पार्दै चिनिया लगानीका लागि आग्रह गर्नुभयो ।

अध्यक्ष वैद्यले छिटै नेपाली उद्यमीहरु संलग्न रहेको एक टोलीले चीनको भ्रमण गर्न लागेको जानकारी गराउंदै सो समयमा संयुक्त लगानीका लागि निकै ठूलो उपलव्धी हुने आशा व्यक्त गर्नुभयो । अध्यक्ष वैद्यको सो धारणा पश्चात एसीएफआइसीको तर्फबाट आगामी सेप्टेम्वरमा नेपाल चीन गैरसरकारी सहयोग मन्चको बैठकको मिति तय गर्न आग्रह गर्दै यसो भएमा आफ्नो तर्फबाट नेपालमा लगानी गर्न इच्छुक चिनियां लगानीकर्ताहरुसंग बैठकको प्रवन्ध गर्ने विश्वास दिइएको थियो । एसीएफआइसी र नेपाल उद्योग वाणिज्य महासंघले नेपाल चीन गैरसरकारी सहयोग मन्चमा दुई देशको नेतृत्व गर्दै आएका छन् ।

अध्यक्ष वैद्यले चिनियां लगानीका विषयमा दुवै देशका निजी क्षेत्रका प्रतिनिधि संस्थाहरु महासंघ र एसीएफआइसीका तर्फबाट निकै धेरै बैठक छलफल भएको स्मरण गर्दै आगामी सेप्टेम्वरमा हुने बैठक यस अर्थमा कोशेढुंगा हुने विश्वास प्रकट गर्नुभयो । हिजो पोखरामा हुने भनिएको एसीएएफआइसी प्रतिनिधिमण्डलसंगको बैठक मौसमका कारण स्थागित भएको थियो ।

सो अवसरमा भएको छलफलमा चिनिया लगानीकर्ताहरुको तर्फबाट नेपालमा उर्जा, सेवा क्षेत्र जस्तो होटल, आयात निर्यात व्यापार, सोलार उर्जा, उन्नत कृषि उत्पादन लगानीको इच्छा देखाइएको थियो । त्यहाको कृषि, पूर्वाधार निर्माण, जग्गा व्यवस्थापन, पर्यटन, प्रविधि आदि क्षेत्रको प्रतिनिधित्व रहेको चिनियां प्रतिनिधिमण्डलका नेता एसीएफआइसीका उपाध्यक्ष चुवाङ छोङशङ (Zhuang Congsheng, Vice Chairman, ACFIC) ले आर्थिक विकासका लागि निकै धेरै अवसर रहेको नेपाललाई सहयोग गर्न चिनिया निजी क्षेत्र तयार रहेको विश्वास दिलाउनु भयो ।

लगानीका लागि महासंघले स्पष्ट रुपमा किटान गरेका पांच प्रमुख क्षेत्रहरु उर्जा, पूर्वाधार, पर्यटन, कृषि र खानीजन्यमा लगानी भित्र्याउने विषयलाई आफ्नो टोलीले निकै महत्वका साथ लिएको जानकारी गराउंदै उहांले सेप्टेम्वर बैठकलाई परिणाममुखी बनाउने प्रतिवद्धता जनाउनु भयो । गत आइतवार नेपाल आएको एसीएफआइसी प्रतिनिधिमण्डल आजै स्वदेश फर्कने कार्यक्रम छ ।

 © Copyright 2005-2014. All Rights Reserved. FNCCI.
Best Viewed in 1024 x 768.