»
Home
»
Introduction
»
Activities
»
»
»
»
International Links
»
Tax Structures
»
Economic Indicators
»
General Information
»
Business Code of Conduct
»
Publications
»
Photo Gallery
»
Secretariat
»
Downloads
»
Membership
»
Keyword
Category















नेपाल र इजिप्ट बीचको आर्थिक सम्बन्ध विस्तारका लागि महासंघको प्रतिनिधिमण्डल कायरो प्रस्थान (२०७०/२/१२)


नेपाल र इजिप्ट बीच आर्थिक व्यवसायिक सम्बन्ध विस्तारका शिलशिलामा नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष भाष्करराज राजकर्णिकारको नेतृत्वमा महासंघको अठार सदस्यीय व्यवसायिक प्रतिनिधिमण्डल हिजो राती कायरोतर्फ प्रस्थान गर्‍यो । तीन दिने व्यवसायिक भ्रमण कायरोस्थित नेपाली दुतावासको समन्वयमा हुन लागेको हो ।

महासंघको कार्यकारिणी समितिका सदस्य कमला श्रेष्ठ सहित विभिन्न जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष, पदाधिकारी एवं सदस्यहरु सम्मिलित महासंघको प्रतिनिधिमण्डल जेष्ठ १३ गते, सोमवार कायरो चेम्वर अफ कमर्स (Cairo Chamber of Commerce) र फेडरेशन अफ चेम्वर अफ इण्डष्ट्रि एण्ड विजनेश एसोसिएसन (Federation of Chamber of Industry and Businessman's Association) ले नेपाली उद्यमी व्यवसायीहरुको सम्मानमा आयोजना गर्ने कार्यक्रममा सहभागी हुने छ । त्यसैगरी जेष्ठ १४ गते, मंगलवार फेडरेशन अफ इजिप्टियन चेम्वर अफ कमर्स (Federation of Egyptian Chamber of Commerce) ले महासंघको प्रतिनिधिमण्डलसंग द्विपक्षिय आर्थिक व्यवसायिक सम्भाव्यता विषयमा वृहद कार्यक्रमको आयोजना गर्ने छ ।

ती दुवै कार्यक्रममा महासंघका तर्फबाट नेपाल इजिप्ट बीचको आर्थिक व्यवसायिक सम्भाव्यता र नेपालमा लगानीका अवसरहरु विषयमा इजिप्टको निजी क्षेत्रसंग छलफल हुनेछ । सो अवसरमा महासंघका तर्फबाट नेपालमा खासगरी पूर्वाधार विकास, उर्जा, व्यवसायिक कृषि, पर्यटन तथा सेवा क्षेत्रमा लगानीका लागि आग्रह गरिनुका साथै नेपालमा वाह्य लगानीको सम्भाव्यता तथा सरकारको नीति विषयमा प्रष्ट पारिनेछ । महासंघको तर्फबाट उक्त कार्यक्रममा नेपालमा राजनीतिक अवस्था विस्तारै सुधारोन्मुख हुंदै गएको र लगानीका लागि कुनै पनि अवरोध नभएकाले नेपालमा लगानी गर्न इजिप्टका लगानीकर्ताहरुलाई आग्रह गरिने छ ।

नेपाल लगानी वर्षका अवसरमा विभिन्न देशहरुमा नेपाल प्रवद्र्धन गर्ने क्रममा इजिप्ट गएको महासंघको प्रतिनिधिमण्डलले सो अवसरमा महासंघले सन् २०१४ मा आयोजना गर्ने नेपाल अन्तराष्ट्रिय व्यापार मेलामा इजिप्टको सहभागिताका लागि निमन्त्रणा समेत दिनेछ । कायरोमा रहंदा महासंघको प्रतिनिधिमण्डलबाट औद्योगिक क्षेत्रको भ्रमण गरी त्यहांको औद्योगिक विकासको अध्ययन समेत गर्नेछ । महासंघको प्रतिनिधिमण्डलमा मोरंग व्यापार संघ, वुटवल, सिन्धुपाल्चोक, मकवानपुर, दोलखा उद्योग वाणिज्य संघबाट अविनास वोहोरा, सुरेन्द्र प्रसाद श्रेष्ठ, राजेन्द्रकुमार श्रेष्ठ, अरुण सुमार्गी, प्रदिता राजकर्णिकार, उज्जवल प्रसाद कसजु, वुद्धराज वस्नेत, सजल कार्की, अनिल प्रसाद श्रेष्ठ, राजेशकुमार श्रेष्ठ, रविनकुमार दाहाल, शम्भुवहादुर तिमिल्सिना, विदुर प्रसाद पराजुली, इन्द्र बहादुर श्रेष्ठ, समृद्धि राजकर्णिकार र महासंघका सहायक निर्देशक अनुपकुमार श्रेष्ठ हुनुहुन्छ ।

 © Copyright 2005-2014. All Rights Reserved. FNCCI.
Best Viewed in 1024 x 768.