»
Home
»
Introduction
»
Activities
»
»
»
»
International Links
»
Tax Structures
»
Economic Indicators
»
General Information
»
Business Code of Conduct
»
Publications
»
Photo Gallery
»
Secretariat
»
Downloads
»
Membership
»
Keyword
Category















ILOको १०२ औं अधिवेशनमा नेउवामहासंघका अध्यक्ष वैद्यको सहभागिता (२०७०/२/२७)


अन्तर्राष्ट्रिय श्रम संगठन (ILO) द्वारा स्वीजरलैण्डको जेनेभामा आयोजित अन्तर्राष्ट्रिय श्रम सम्मेलनको १०२ औं अधिवेशनमा नेपालको रोजगारदाता संगठनको तर्फबाट भागलिन जानेक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष सुरज वैद्य आज विहान फ्रान्सको राजधानी पेरिसतर्फ प्रस्थान गर्नुभयो । नेपाल सरकारको तर्फबाट श्रम मन्त्रीले नेतृत्व गर्नुहुने सम्मेलनमा रोजगारदाताको तर्फबाट महासंघका अध्यक्ष वैद्यले भागलिंदै हुनुहुन्छ । अन्तराष्ट्रिय श्रम सम्मेलनको उक्त अधिवेशन जुन ५ देखि जेनेभामा संचालन भैरहेको छ । सम्मेलन जुन २० तारिखसम्म चल्नेछ ।

अध्यक्ष वैद्यले उक्त अधिवेशनलाई नेपाली रोजगारदाता प्रतिनिधिको हैसियतले जुन १४ का दिन सम्बोधन गर्नुहुने छ । सम्वोधनका क्रममा उहांले नेपालको सामाजिक आर्थिक विकासमा रहेका विभिन्न चुनौतीहरु, हालको नेपालको श्रम सम्बन्धको अवस्था तथा आइएलओसंगको सहकार्यका विषयमा बोल्नु हुने छ । साथै सोही अवसरमा अध्यक्ष वैद्यले औद्योगिक विकासका अतिरिक्त असल औद्योगिक सम्बन्ध विकासका विविध पक्षमा सम्मेलनका सहभागी विश्वका विभिन्न मुलुकका प्रतिनिधिहरुसंग विस्तृत विचार विमर्श गर्नु हुने छ ।

साथै उहांले अन्तर्राष्ट्रिय श्रम संगठन (ILO) का निर्देशक डेवोरा (Director ACTEMP ILO Ms. Deborah) र अन्तर्राष्ट्रिय रोजगारदाता संगठन (ILO) का महासचिव (Secretary General, IOE) संग भेटगरी महासंघ र ती संस्थाहरु बीचको सहकार्यका वारेमा छलफल गर्नुहुनेछ । स्मरण रहोस महासंघले आइएलको सहयोगमा औद्योगिक सम्वन्ध, सामाजिक संवाद, लैगिक समानता प्रर्वधन लगायतका क्षेत्रमा सहकार्य गर्दै आएको छ ।

त्यसअघि महासंघका अध्यक्ष वैद्यले पेरिसस्थित आइसीसी वल्र्ड चेम्वर फेडेरशनको एटिए कार्नेट विभागका म्यानेजर लरेन्स सी. वोटियर हेइडरसिड (Laurence C. Bottier-Heiderscheid, ATA Carnet Manager, ICC World Chambers Federation) संग भेटगरी नेपाललाई एटीए कार्नेटमा संलग्न गराउने सम्बन्धमा छलफल गर्नुहुंनेछ । अस्थायीरुपमा आयात निर्यात हुने बस्तुहरुको सहज भंसार प्रवेशका लागि अन्तराष्ट्रिय मान्यता प्राप्त भंसार सम्बन्धी व्यवस्थानै एटीए कार्नेट हो ।

त्यसैगरि अध्यक्ष वैद्यले पेरिसमै वल्र्ड चेम्वर नेटवर्कका अध्यक्ष जर्ज फिस्चर (Georges Fischer, Chair, World chambers Network-WCN) संग डव्लूसीएनको मुख्यालयमा भेटवार्ता गर्नुहुनेछ । सो अवसरमा अध्यक्ष वैद्यले नेपाल उद्योग वाणिज्य महासंघ र यसले नेपालको आर्थिक विकासमा निर्वाह गरेको भूमिका तथा नेपालमा लगानीको सम्भाव्यता विषयमा छलफल गर्नुहुनेछ । यसका अतिरिक्त उहाँले पेरिस र जेनेभामा विभिन्न विदेशी उवासंघ एवं रोजगारदाता संगठनका अध्यक्ष एवं प्रतिनिधिहरुसंग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । यी भेटमा महासंघको तर्फबाट अध्यक्ष वैद्यले नेपालमा लगानी गर्नलाई आग्रह गर्नुहुने छ ।

महासंघका अध्यक्ष वैद्य असार १ गते स्वदेश फर्कनु हुने कार्यक्रम छ ।

 © Copyright 2005-2014. All Rights Reserved. FNCCI.
Best Viewed in 1024 x 768.