नेपाल उद्योग बाणिज्य महासंघका कार्यवाहक अध्यक्ष भाष्करराज राजकर्णिकारले आफ्नो पहिचानसहितको उत्पादनले मात्र देशको विकास हुने बताउनु भएको छ । देशमा ठूला उद्योगको स्थापनाभन्दा पनि स्थानीय उत्पादनको गुणस्तर वृद्धि गर्दै अन्तर्राष्ट्रिय बजार खोज्नु पर्नेमा उहांको जोड थियो ।
नेपाल उद्योग बाणिज्य महासंघद्वारा आजदेखि पोखरा उद्योग बाणिज्य संघको सहकार्य तथा सहयोगी संस्थाहरु इन्टरनेसनल टेक्निकल कर्पोरेसन, इन्टरनेसनल ट्ेरेड सेन्टर, पिटीबी एवं जिआईजेडको सहयोगमा पोखरामा आयोजित निर्यातयोग्य बस्तुको गुणस्तर ब्यवस्थापन विषयक दुई दिने कार्यशालाको उद्घाटन गर्दै कार्यवाहक अध्यक्ष राजकर्णिकारले सो कुरा बताउनु भएको हो । ‘अमूर्त सम्भावनाको कुरा गरेर केही हुादैन,उहांले भन्नु भयो,‘अब चर्चामा आउनेभन्दा पनि आफ्नो पहिचानसहितका उत्पादनलाई अन्तर्राष्ट्रिय बजारसाग जोड्नै पर्छ ।
नेपाली उत्पादनहरु निर्यात गर्ने ठूलो संभावना भए पनि प्याकेजिङ र बजारीकरणबारे जानकारी नभएकोले समस्या उत्पन्न भएको जिकिर उहांको थियो । ’चीन र भारतजस्ता ठूला अर्थतन्त्रको बीचमा रहनु नेपालको लागि अभिषाप नभई बरदान हो भन्दै उहांले पूर्वाधार विकास, कृषिको आधुनिकीकरण र बजारीकरण तथा सेवा उद्योगमा विशिष्टिकरणको आवश्यकता औंल्याउनु भयो । एक अर्को प्रसंगमा उहांले नेपाल उद्योग बाणिज्य महासंघ खुल्ला अर्थतन्त्रको मूल्य र मान्यताबाट एक इञ्च पनि पछि विचलित नहुने प्रतिवद्धता पनि व्यक्त गर्नुभयो ।
कार्यशालाको उद्घाटन कार्यक्रममा बोल्दै महासंघको गुणस्तर तथा उत्पादकत्व समितिका सहसभापति अजय प्रधानाङ्गले महासंघले कास्कीसहित चितवन र बुटबललाई कृषि उत्पादनको केन्द्र बनाउने उशेश्य लिएको जानकारी गराउनु भयो । उहांले नेपालको कृषि उत्पादन, पश्मिना, तयारी पोशाक लगायतका उत्पादनहरुको विश्व बजारमा ठूलै माग भएकोले गुणस्तरीय उत्पादनमा ध्यान दिनुपर्नेमा जोड दिनु भयो ।
कार्यक्रम तथा पोखरा उद्योग बाणिज्य संघका अध्यक्ष संजिवबहादुर कोइरालाले कास्की तथा समग्र पश्चिमाञ्चल विकास क्षेत्र कृषिको लागि उर्वर भूमि भएको जानकारी दिादै यहाका उत्पादनहरुलाई गुणस्तरीय बनाउन सके त्यसले अन्तर्राष्ट्रिय बजार पाउने विश्वास व्यक्त गर्नुभयो । पोखरामै उत्पादित केही बस्तुहरुले राम्रो अन्तर्राष्ट्रिय बजार लिएको बताउदै उहांले कार्यशालाले यहााका अन्य उत्पादनहरु पनि गुणस्तरीय र प्रतिष्पर्धी हुने धारणा व्यक्त गर्नुभयो ।
पोखरा उद्योग बाणिज्य संघका द्धितीय उपाध्यक्ष ईश्वर कर्माचार्यका अनुसार निर्यातयोग्य बस्तुको गुणस्तर कायम गराउने उद्देश्यले आयोजित कार्यशालामा कास्की र देशका अन्य भागबाट गरी २५ जनाको सहभागिता रहेको छ । कृषिजन्य उत्पादनको बजारीकरणको लागि प्याकेजिङ र मार्केटिङमा समस्या देखिादै आएको छ । देशमा निर्यातभन्दा आयात बढेर अर्थतन्त्र नै धराशायी हुने अवस्थामा सुधार गर्न पनि निर्यातयोग्य बस्तुको पहिचान, गुणस्तर कायम र बजारीकरणमा जोड दिनुपर्ने उहांले बताउनु भयो ।