»
Home
»
Introduction
»
Activities
»
»
»
»
International Links
»
Tax Structures
»
Economic Indicators
»
General Information
»
Business Code of Conduct
»
Publications
»
Photo Gallery
»
Secretariat
»
Downloads
»
Membership
»
Keyword
Category















नेपालका लागि नवनियुक्त अष्ट्रेलियन राजदूतसंग महासंघ सचिवालयमा द्विपक्षीय भेटवार्ता सम्पन्न (२०७०/३/४)


Meet Australian Ambassador

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष सुरज वैद्य सहित महासंघका पदाधिकारीहरु तथा नेपालका लागि अष्ट्रेलियाका नवनियुक्त राजदुत ग्लिन ह्वाइट (H.E.Glenn White, Ambassador of the Australia to Nepal) बीच आज महासंघ सचिवालयमा द्धिपक्षीय भेटवार्ता सम्पन्न भयो ।

महासंघका वरिष्ठ उपाध्यक्ष भाष्करराज राजकर्णिकार, कार्यकारिणी समिति सदस्यहरु ज्ञानेन्दलाल प्रधान, कल्याणकृष्ण ताम्राकार र एजी शेर्पा, महासंघका महानिर्देशक हेमन्त दवाडी उपस्थित रहनु भएको सो भेटवार्तामा नेपाल र अष्ट्रेलिया बीचको आर्थिक व्यापारिक सम्बन्ध, द्विपक्षीय व्यापार तथा लगानी प्रवद्र्धन तथा नेपालमा लगानीका सम्भाव्य क्षेत्रहरुका विषयमा कुराकानी भयो ।

सो अवसरमा महासंघका अध्यक्ष वैद्यले नवनियुक्त राजदुत ग्लिन ह्वाइटको महासंघ सचिवालयमा स्वागत गर्नुभयो । अध्यक्ष वैद्यले महासंघले मुलुकको जलविद्युत विकासका लागि निकै धेरै प्रयास गर्दै आएको र सोक्रममा महासंघको वार्षिक साधारण सभामा सवै प्रमुख राजनीतिक दलका नेताहरुबाट उर्जा विकासमा उनीहरुको प्रतिवद्धता लिएको जानकारी गराउनु भयो । अध्यक्ष वैद्यले सौर्य उर्जा उत्पादनमा अष्ट्रेलियाको अनुभव नेपालका लागि पनि उपयोगी हुनेहुंदा अनुभव आदान प्रदानका लागि आग्रह गर्नुभयो । बैठकमा नेपाललाई कसरी लगानीको गन्तव्य वनाउने, आपसी लगानी विस्तार तथा व्यवसायिक भ्रमण आदान प्रदान लगायतमा विशेष जोड दिइएको थियो ।

साथै अध्यक्ष वैद्यले नेपालको आर्थिक विकासका लागि लगानीका सम्भाव्य क्षेत्रको पहिचान गरिएका पांच विशिष्ट क्षेत्रहरु पूर्वाधार, सेवा क्षेत्र(शिक्षा, स्वास्थ्य, पर्यटन), व्यवसायिक कृषि, जलविद्युत र खानीजन्य लगायतका क्षेत्रमा अष्ट्रेलियाको लगानी महत्वपूर्ण हुने बताउनु भयो । उहांले यी पांच क्षेत्रमा अष्ट्रेलियन लगानी आकर्षणका लागि कुटनीतिक सहयोगको अपेक्षा समेत गर्नुभयो ।

सो अवसरमा राजदुत ग्लिन ह्वाइट (H.E. Glenn White, Ambassador of the Australia to Nepal) ले नेपालको आर्थिक विकासमा निजी क्षेत्र सशक्त रुपमा अगाडी बढिरहेको जानकारी पाउंदा आफू निकै खुशी रहेको बताउंदै नेपाललाई लगानीको गन्तव्यको रुपमा पहिचान गराउन तथा लगानीका लागि सम्भाव्य क्षेत्रका रुपमा पहिचान गरिएका क्षेत्रहरुमा अष्ट्रेलियन लगानी आकर्षणका लागि कुटनीतिक तवरबाट आफूले सक्दो सहयोग गर्ने विश्वास दिलाउनु भयो ।

राजदूत ग्लिन ह्वाइटले नेपालमा निर्धारित मितिमै संविधान सभाको निर्वाचन हुनेमा आफू विश्वस्त रहेको र तत्पश्चात आर्थिक विकासका गतिविधि तीव्ररुपमा अगाडी बढ्ने विश्वास समेत प्रकट गर्नुभयो । नेपाल–अष्ट्रेलिया बीचको व्यापार वृद्धिका लागि विशिष्ट प्रकारका वस्तुहरु (Niche Products) को उत्पादन विस्तारमा समेत राजदुतले जोड दिनु भयो ।

 © Copyright 2005-2014. All Rights Reserved. FNCCI.
Best Viewed in 1024 x 768.