दार्चुलाका महाकाली पिडीतहरुको सहयोगार्थ नेपाल उद्योग वाणिज्य महासंघले रु. ५ लाख नगद सहयोग गर्ने भएको छ । महासंघको आफ्नै स्रोत, “एफएनसीसीआई राहत कोष“ र कृषि उद्यम केन्द्रबाट सो रकम सहयोग गर्न लागेको हो ।
केही दिनदेखि लगातार परेको वर्षाले महाकाली नदीमा बाढी आई दार्चुला जिल्लाको खलंगाका मानववस्ती बगाउंदा सयौ मानिसहरु विस्थापित हुन पुगेका छन् भने विस्थापित हुनेमा धेरै उद्यमी व्यवसायीहरु समेत परेका छन् । प्राकृतिक आपत विपतमा परेका जनताहरुमा महासंघले संस्थागत सामाजिक दायित्वलाई वहन गर्दै यस प्रकारका सहयोग निरन्तर रुपमा गर्दै आएको छ ।
साथै महासंघ दार्चुला लगायत विभिन्न जिल्लाहरुका बाढीपहिरो पिडीतहरुलाई यथाशक्य सहयोग गर्न निजी क्षेत्रमा अपिल समेत गर्दछ ।