नेपाली उद्योग एवं व्यापार क्षेत्रको छाता संगठनका रुपमा रहंदै आएको नेपाल उद्योग वाणिज्य महासंघले आÏनो क्षेत्रको दिगो एवं संस्थागत विकास र व्यवसायिक समुन्नतिका लागि नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएको छ ।
वि.सं. २०२२ सालमा स्थापित यस महासंघले ७५ वटै जिल्लामा रहेका आफ्ना ९६ वटा जिल्ला नगर उद्योग वाणिज्य संघहरु, ८९ वटा वस्तुगत संघहरु, २० वटा द्विराष्ट्रिय उद्योग वाणिज्य संघहरु र ६ सय ०७ भन्दा बढी विभिन्न उद्योग प्रतिष्ठानहरु सदस्य रहेको आफ्नो वृहद संजाल मार्फत निजी क्षेत्रको प्रतिनिधित्व गर्दै आएको छ ।
समयको माग र यस क्षेत्रको आवश्यकतालाई मध्यनजर राखी २१ सौं शताब्दीको प्रवेशसंगै महासंघले आÏनो इतिहासमा पहिलो पटक २०५६ साल चैत्र २८ गते आयोजना भएको उद्योग वाणिज्य दिवसमा नेपाली उद्योग वाणिज्य क्षेत्रको पहिलो सर्वोत्कृष्ट पुरस्कार FNCCI National Excellence Award प्रदान गर्ने घोषणा गरेको थियो । तत्पश्चात महासंघले २०५७ साल चैत्र २८ गते आयोजना भएको दोश्रो उद्योग वाणिज्य दिवसको अवसरमा पहिलो पटक यो अवार्डबाट सम्मानित गरिएको थियो । अवार्ड वितरणलाई निरन्तरता दिंदै यस वर्ष आगामी अदौ महिनाको दोश्रो हप्ता उक्त अवार्ड वितरण गर्ने कार्यक्रम रहेको छ ।
यस वर्षदेखि यो अवार्ड विभिन्न विदाहरु जस्तो "Best Brand - People's Choice Award", "Business Person of the Year - Editors Choice Award", "NRN - Business Person of the Year", "Lifetime Achievement Award", "NYEF - Young Achievers Award (Male) and NYEF - Young Achievers Award (Female)" मा दिइने छ । वि.सं. २०६७ सालदेखि एफएनसीसीआई एक्सेलेन्स अवार्डका अतिरिक्त यस अवाडलाई विभिन्न विदामा दिने निर्णय भए अनुसार उक्त वर्ष FNCCI People Excellence Award र FNCCI Service Excellence Award दिइएको थियो ।
मुलुकभित्र पूजी तथा रोजगारीको सृजना, राजश्वमा योगदान दिने उत्कृष्ट उद्योग प्रतिष्ठान, उद्यमी व्यवसायीहरुलाई विभिन्न विधामा उक्त अवार्डबाट सम्मानित गरिन्छ । नेपालमा स्थापित र कार्यरत उद्योग प्रतिष्ठानहरु मध्ये उत्पादन प्रक्रिया, व्यवस्थापन, उत्पादकत्व, गुणस्तर र बजार आदि सबै क्षेत्रको लेखाजोखा गरी उत्कृष्ट ठहरिएका उद्योग/सेवाहरुलाई सो अवार्ड प्रदान गरिन्छ । अवार्ड वितरणको मुख्य उद्देश्य उद्योग प्रतिष्ठानको दीगो वृद्धि तथा विकासका लागि सफल उद्योग प्रतिष्ठानहरुले अख्तियार गरेका नीति, रणनीति तथा सफलताका उदाहरणहरु एकअर्कामा आदानप्रदान गरी अन्य उद्योग प्रतिष्ठानहरुलाई पनि सक्षम र विकसित गर्दै लैजानु हो ।
यो पुरस्कारको स्थापना मुलत: नेपाली उद्योग एवं वाणिज्य क्षेत्रको सामू देखा परेका समयको हांक र चुनौतिलाई सामना गरी प्रत्येक प्रतिष्ठानले आÏनो व्यवसायिक सोचमा प्रतिस्पर्धाका साथै अन्तर्राष्ट्रिय बजारमा नेपालको गुणात्मक उपस्थिति श्रृजना गर्नको लागि हो । FNCCI National Excellence Award नेपाली निजी क्षेत्रमा सर्वोत्कृष्ट अवार्डका रुपमा स्थापित भैसकेको छ ।
FNCCI National Excellence Award (19 June 2013)
The Federation of Nepalese Chambers of Commerce and Industry (FNCCI) instituted the FNCCI National Excellence Award for the first time in the year 2001. The award is meant to promote performance excellence for sustainable growth and development of an institution.
The objective of the award is to promote performance excellence for sustainable growth and development of the enterprise through information sharing policies, strategies and benefits of the successful institutions. This award has successfully created its own brand among the Nepalese private sector. The award is in line with the internationally accepted quality awards.
Then in 2010, FNCCI decided to institute not only the FNCCI National Excellence Award but also FNCCI People Excellence Award and FNCCI Service Excellence Award for Large, Medium and Small categories. FNCCI People Excellence Award recognizes organizations that have excelled in developing employees for business success. And FNCCI Service Excellence Award recognizes organizations that have developed outstanding management capabilities to drive and sustain customer service excellence for business success.
In 2013 besides the 9 core awards stated above, FNCCI has introduced another 5 awards, which are "Best Brand - People's Choice Award", "Business Person of the Year - Editors Choice Award", "NRN - Business Person of the Year", "Lifetime Achievement Award", "NYEF - Young Achievers Award (Male) and NYEF - Young Achievers Award (Female)".
The Federation of Nepalese Chambers of Commerce & Industry will be hosting its 6th Excellence Award around second week of August, 2013 with NIMBUS as the main sponsor and f1 Soft as supporting partner.