»
Home
»
Introduction
»
Activities
»
»
»
»
International Links
»
Tax Structures
»
Economic Indicators
»
General Information
»
Business Code of Conduct
»
Publications
»
Photo Gallery
»
Secretariat
»
Downloads
»
Membership
»
Keyword
Category















महासंघका पदाधिकारीहरुबाट बाढी प्रभावित क्षेत्रको निरीक्षण (२०७०/३/८)


नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष सुरज वैद्य र वरिष्ठ उपाध्यक्ष भारष्करराज राजकर्णिकार सूदुरपश्चिमाञ्चलका बाढी प्रभावित क्षेत्रको निरीक्षण गर्ने क्रममा कंचनपुरका बाढी प्रभावित क्षेत्रको निरीक्षण गरि फर्कनु भएको छ । उहांहरुसंगै निरीक्षणका क्रममा कंचनपुर उद्योग वाणिज्य संघका अध्यक्षका गणेदत्त जोशी लगायत संघका पदाधिकारीहरु समेतको उपस्थिति थियो ।

सो क्रममा अध्यक्ष वैद्य र वरिष्ठ उपाध्यक्ष राजकर्णिकार सहितको टोलीले कंचनपुरको भुजेला, चौकीसोता, पिपरिया र ओदानीको निरीक्षण पश्चात अध्यक्ष वैद्यले बाढीपिडीतलाई आफ्नो तर्फबाट एक लाख दिने घोषणा समेत गर्नुभयो । अध्यक्ष वैद्यले वाढीपिडीतका लागि महासंघले देशव्यापीरुपमा थप राहत संकलन गरी कंचनपुर उद्योग वाणिज्य संघ मार्फत वितरण गर्ने जानकारी समेत गराउनु भयो । साथै अध्यक्ष वैद्यले बाढीले बगाएको भुजेलास्थित जनज्योति निमाविको भवन निर्माणका लागि समेत सक्दो सहयोग र पहल गर्ने विश्वास दिलाउनु भयो । उक्त भवन वगाएपछि करिव तीनसय वालवालिकाको पठनपाठन ठप्प भएको छ ।

कंचनपुर भ्रमणका क्रममा महासंघका अध्यक्ष वैद्यले असार ६ गते कंचनपुर उद्योग वाणिज्य संघको २५ औं वार्षिक साधारण सभाको उद्घाटन समेत गर्नुभयो । साधारण सभालाई संवोधनका क्रममा अध्यक्ष वैद्यले सुदूरपश्चिमको विकासका लागि राज्यले विशेष ध्यान दिनु पर्नेमा जोड दिनु भयो । महासंघका वरिष्ठ उपाध्यक्ष राजकर्णिकारले वाढीको चपेटामा परेको सुदूरपश्चिमका वासिन्दालाई तत्काल राहत दिन सरकारले विशेष कार्यक्रम ल्याउनु पर्ने सुझाव दिनु भयो ।

यसअघि महासंघले दार्चुलाका महाकाली पिडीतहरुका लागि रु. पांच लाख सहयोग गर्ने घोषणा गरिसकेको छ । गत केही दिन अघि आएको अविरल वर्षाले दार्चुला लगायत सुदूरपश्चिमका अधिकांश जिल्लाहरुमा ठूलो मानवीय तथा भौतिक क्षति पुऱ्याएको थियो । प्रभावित हुनेहरुमा अधिकांश उद्यमी व्यवसायीहरु समेत परेका थिए । महासंघले दार्चुला उद्योग वाणिज्य संघ मार्फत उक्त रकम प्रभावित क्षेत्रमा वितरण गर्ने कार्यक्रम छ । प्राकृतिक विपत्तिमा परेका जनताहरुमा महासंघले संस्थागत सामाजिक दायित्वलाई वहन गर्दै यस प्रकारका सहयोग निरन्तर रुपमा गर्दै आएको छ ।

 © Copyright 2005-2014. All Rights Reserved. FNCCI.
Best Viewed in 1024 x 768.