नेपाल उद्योग वाणिज्य महासंघद्वारा अर्थमन्त्री शंकर प्रसाद कोइराला समक्ष सरकारको आगामी आर्थिक वर्ष २०७०/७१ को वार्षिक बजेटका लागि निजी क्षेत्रको तर्फबाट सुझाव प्रस्तुत गरेको छ ।
काठमाडौंको होटल एभरेष्टमा आज आयोजित कार्यक्रम अर्थमन्त्री कोइरालाको प्रमुख आतिथ्यता र महासंघका अध्यक्ष सुरज वैद्यको अध्यक्षतामा आयोजना भएको थियो ।
कार्यक्रममा महासंघका वरिष्ठ उपाध्यक्ष भारष्करराज राजकर्णिकार, पूर्व अध्यक्ष एवं विशिष्ट सदस्य चण्डिराज ढकाल, उपाध्यक्षहरु प्रदीपजंग पाण्डे र पशुपति मुरारका, अर्थ मन्त्रालयका सचिव शान्तराज सुवेदी, वाणिज्य मन्त्रालयका सचिव, अर्थ मन्त्रालय अन्तरगतका विभिन्न विभागका प्रमुखहरु, सरकारका उच्चपदस्थ अधिकृतहरु, महासंघको कार्यकारिणी समितिका सदस्यहरु, उद्यमी व्यवसायीहरु, संचारकर्मीहरुको उपस्थिति रहेको छ ।
बजेट सुझाव पेश गर्न आयोजित कार्यक्रममा मुलुकभरका उद्यमी व्यवसायीहरुले मुलुकभित्र उद्योग व्यवसाय गर्न सकिने वातावरण वनाउनु पऱ्यो, उर्जा विकासका लागि लगानी आकर्षण गर्ने नीति वजेटमा आउनु पऱ्यो, वजेट राजश्वमुखी भन्दा पनि उद्यमीमैत्री आउनु पऱ्यो, वजेट घोषणाको एक निश्चित मिति आगामी बजेटमा उल्लेख गरियोस, उद्योग व्यवसाय क्षेत्रलाई राज्यको पांचौं अंगको रुपमा घोषण आगामी बजेट मार्फत गरियोस लगायतका सुझावहरु दिनु भएको थियो ।
महासंघको राजश्व समितिका सभापति जगदिशप्रसाद राठीले प्रस्तुत गर्नुभई अर्थमन्त्री समक्ष पेश गरिएको महासंघको बजेट सुझावको तलको लिंकमा visit गर्नु होला ।
https://docs.google.com/file/d/0Bzw4ht2tyCwCTXJPd2V2VE9BY1k/edit?usp=sharing