नेपाल उद्योग वाणिज्य महासंघले आफ्नो उत्पादन एवं सेवामूलक व्यवसायहरुमा विशिष्टता हासिल गर्ने प्रतिष्ठानहरुलाई प्रदान गर्दै आएको FNCCI National Excellence Award यस वर्ष आगामी भदौमा वितरण गरिने छ । आगामी भदौ २ गते एक विशेष समारोहको आयोजना गरी उक्त अवार्ड वितरण गरिने जानकारी महासंघद्वारा आज आयोजित पत्रकार सम्मेलनमा दिइयो ।
नेपाली निजी क्षेत्रको संघीय प्रतिनिधिमुलक संस्थाका रुपमा रहंदै आएको महासंघले आÏनो क्षेत्रको दीगो एवं संस्थागत विकास र व्यवसायिक समुन्नतिका लागि नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएको छ । यसै क्रममा समयको माग र यस क्षेत्रको आवश्यकतालाई मध्य नजर राखी २१ सौं सताब्दीको प्रवेशसंगै महासंघले आÏनो इतिहासमा पहिलो पटक २०५६ साल चैत्र २८ गते आयोजना भएको उद्योग वाणिज्य दिवसमा नेपाली उद्योग वाणिज्य क्षेत्रको पहिलो सर्वोत्कृष्ट पुरस्कार FNCCI National Excellence Award प्रदान गर्ने घोषणा गरेको थियो । पहिलो पटक उक्त अवार्ड २०५७ साल चैत्र २८ गते आयोजना भएको दोश्रो उद्योग वाणिज्य दिवस समुद्घाटन समारोहमा दिइएको थियो ।
यो पुरस्कारको स्थापना मुलत: नेपाली उद्योग एवं वाणिज्य क्षेत्रको सामू देखा परेका समयको हांक र चुनौतिलाई सामना गरी प्रत्येक प्रतिष्ठानले आÏनो व्यवसायिक सोचमा प्रतिस्पर्धाका साथै अन्तर्राष्ट्रिय बजारमा नेपालको गुणात्मक उपस्थिति श्रृजना गर्नको लागि हो । (क) औद्योगिक एवं व्यवसायिक प्रतिष्ठानको दिगो एवं संस्थागत विकासका लागि आवश्यक मानिने सर्वोत्कृष्ट कार्यशिलताबाट उत्पादकत्वमा बृद्धि र (ख) सफलतम औद्योगिक एवं व्यवसायिक प्रतिष्ठानले सफलताका निम्ति अख्तियार गरेका रणनीति र कार्यनीतिका वारेमा जानकारी आदान प्रदान र त्यसबाट लाभान्वित हुन सक्ने सम्भावनाको खोजी गर्नु यो पुरस्कार स्थापना गर्नुको मुख्य उद्देश्यहरु हुन् ।
गत वर्षहरुमा भैंm यस वर्ष पनि नेपालमा स्थापित र कार्यरत उद्योग एवं सेवा प्रतिष्ठानहरु मध्ये उत्पादन प्रक्रिया, व्यवस्थापन, उत्पादकत्व, गुणस्तर र बजार, उपभोक्ता सन्तुष्टि, जनशक्ति विकास, रोजगारी आदि सबै क्षेत्रको मूल्यांकन गरी उत्कृष्ट ठहरिएका प्रतिष्ठानहरुलाई उक्त अवार्डबाट सम्मानित गरिने महासंघको उत्पादकत्व तथा गुणस्तर समितिका सभापति सौरभ ज्योतिले जानकारी गराउनु भयो ।
FNCCI-National Excellence Award को दायरालाई फराकिलो पार्दै लैजाने अभिप्रायले महासंघले सन् २०१० देखि ठूला, मझौला र घरेलु तहका उद्योग प्रतिष्ठानहरुलाई FNCCI-National Excellence Award का अतिरिक्त FNCCI-People Excellence Award र FNCCI-Service Excellence Award प्रदान गर्दै आएको उहांले स्पष्ट पार्नुभयो ।
यस अतिरिक्त यस वर्षदेखि महासंघले थप पांच विधामा यो अवार्ड दिने निर्णय गरेको छ । थपिएका पांच विधामा "Best Brand - People's Choice Award", "Business Person of the Year - Editors Choice Award", "NRN - Business Person of the Year", "Lifetime Achievement Award", "NYEF - Young Achievers Award (Male & Female) and NYEF - Young Achievers Award (Female)" रहेका छन् । यी सवै विधाहरुमा सर्वोत्कृष्ट छनौट गर्न महासंघले यस बीचमा विभिन्न क्षेत्रका विज्ञहरु सम्मिलित छनौट व्गचथ कमिटीहरु गठन गरी कार्य अगाडी बढाई सकेको छ ।
नेपालका सम्पूर्ण ठूला, मझौला र साना स्तरका उत्पादन/सेवामूलक प्रतिष्ठानहरुले यो पुरस्कारका लागि आवेदन दिन सक्नेछन् । यस पुरस्कारका लागि आवेदन फारम बुझाउने अन्तिम मिति यहि असार ३० गतेसम्म तोकिएको छ । यो अवार्डका लागि महासंघका सवै एशोसिएट सदस्यहरुले भाग लिन सक्ने छन । यो अवार्डको कार्यहरु आयोजना गर्ने जिम्मा महासंघको उत्पादकत्व तथा गुणस्तर समितिलाई दिइएको र समितिबाट त्यस सम्बन्धमा आवश्यक कार्यहरुलाई तीव्रतापूर्वक हुंदै आएको छ ।
हालसम्म सूर्य नेपाल र स्ट्याण्डर्ड चाटर्ड बैंक लि.ले यो पुरस्कारको ट्रफी हासिल गर्न सफल भएका छन् । साथै अन्य नयां नयां उत्पादन एवं सेवामूलक प्रतिष्ठानहरुले यो पुरस्कारमा भाग लिई आफ्नो प्रतिस्पर्धात्मक क्षमता र संस्थागत विकासमा नेतृत्वदायि भूमिका निर्वाह गरी भविष्यमा यो ट्रफी प्राप्त गर्न सक्ने छन् ।
यस वर्षको FNCCI-National Excellence Award 2070 को मुख्य प्रायोजकमा पशुपंक्षिको दाना उत्पादक प्रतिष्ठित कम्पनी निम्वस रहेको छ भने सहयोगीको रुपमा एफवान कम्पनी (F1 Soft) रहेको छ । पत्रकार सम्मेलनमा प्रोफेसर दिनेश चापागाईले FNCCI-National Excellence Award 2070 स्थापनाको पृष्ठ भूमिलाई प्रष्ट पार्नु भएको थियो भने महासंघको उत्पादकत्व तथा गुणस्तर समितिका सहसभापति अजय प्रधानांगले धन्यवाद मन्तव्य राख्नु भएको थियो ।