नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष भवानी राणाको नेतृत्वमा महासंघको प्रतिनिधिमण्डल नेपाल र भारत बीच द्विपक्षीय आर्थिक व्यवसायिक सम्बन्ध विस्तार गर्ने उद्देश्यले त्यसतर्फ प्रस्थान गरेको छ ।
भारतीय राजदुतावासको सहयोग एवं समन्वयमा आयोजित उक्त भ्रमण कार्यक्रम तीनसम्म चल्ने छ । भ्रमणका क्रममा मुख्यतया पर्यटन, कृषि र शिक्षा क्षेत्रमा छलफल हुने छ । सोक्रममा महासंघको प्रतिनिधिमण्डलले त्यहांस्थित शिक्षा तथा कृषि मन्त्रालयका उच्च पदस्थ सरकारी अधिकारीहरु, भारतीय उद्योग वाणिज्य महासंघ (FICCI) पदाधिकारीहरुसंग भेटघाट एवं छलफल गर्नेछ ।
भ्रमण दलका सदस्यहरुमा महासंघको कार्यकारिणी समिति सदस्यहरु केशवराज पाण्डे, किशोरकुमार प्रधान, भुषण राजलवट, जिल्ला उद्योग वाणिज्य संघहरुबाट कर्ण कुवर, किशोर आचार्य, नरेन्द्र खड्का, देवकुमार श्रेष्ठ, वसन्त पुन, कृष्णप्रसाद श्रेष्ठ र निर्मला लम्साल हुनुहुन्छ ।