»
Home
»
Introduction
»
Activities
»
»
»
»
International Links
»
Tax Structures
»
Economic Indicators
»
General Information
»
Business Code of Conduct
»
Publications
»
Photo Gallery
»
Secretariat
»
Downloads
»
Membership
»
Keyword
Category















मुलुकको आर्थिक विकासका लागि नेपाली कांग्रेसका पदाधिकारीहरु र निजी क्षेत्र बीच अन्तरक्रिया (२०७०/४/१३)


Meet Congress Leaders

नेपाल उद्योग वाणिज्य महासंघले सम्पूर्ण नेपाली निजी क्षेत्रका तर्फबाट देश विकासका लागि आर्थिक एजेण्डालाई प्राथमिकता दिनुपर्नेमा प्रमुख राजनीतिक पार्टीहरुको ध्यानाकर्षण गराउंदै आएको छ । राजनीतिक दलहरुका शीर्षस्थ नेताहरुसंगको भेटघाट, अन्तरक्रिया एवं छलफल कार्यक्रम, कुटनीतिक नियोगका पदाधिकारी, सार्वजनिक समारोहमा महासंघले मुलुकभित्र राजनीतिक स्थायित्वका लगि आर्थिक एजेण्डाहरुलाई मुख्य प्राथमिकता दिनु पर्नेमा जोड दिंदै आएको छ ।

विगतमा पनि महासंघले नयां संविधानमा समेटिनु पर्ने निजी क्षेत्रका सुझावहरुलाई राजनीतिक दलहरु तथा संविधान सभा समक्ष पेश गरेको थियो । आर्थिक विकासविना राजनीतिक स्थायित्व नहुने भन्ने मान्यताको वलियो पक्षपाती नेपाल उद्योग वाणिज्य महासंघले राजनीतिक दलहरुको आगामी चुनावी घोषणापत्रमा उठान गर्नुपर्ने आर्थिक मुद्धाहरुका सम्बन्धमा आफ्नो सुझाव एवं धारणाहरु दिंदै आएको छ ।

Meet Congress Leaders

यसैक्रममा महासंघद्वारा आज महासंघ सचिवालयमा नेपाली कांग्रेसका सभापति सुशिल कोइराला, वरिष्ठ नेता शेरवहादुर देउवा लगायत सो पार्टीका नेतागणसंग एक अन्तरक्रिया कार्यक्रमको आयोजना गरि संविधानसभाको मंसिर ४ गतेको निर्वाचनमा नेपाली कांग्रेस पार्टीको घोषणापत्रमा समावेश हुनु पर्ने निजी क्षेत्रको अपेक्षा सम्बन्धमा एक वृहद अन्तरक्रिया कार्यक्रमको आयोजना गरियो ।

महासंघका अध्यक्ष सुरज वैद्यको सभापतित्वमा महासंघका पदाधिकारीहरु, कार्यकारिणी समिति सदस्यहरु, वरिष्ठ उद्यमी व्यवसायीहरु, संचारकर्मीहरु लगायतको प्रत्यक्ष सहभागिता रहेको कार्यक्रममा निजी क्षेत्रका तर्फबाट नेपाली काग्रेसको आगामी चुनावी घोषणापत्रमा मुलुकभित्र उद्योग व्यवसाय लगानीमैत्री वातावरण वनाउने नीति समावेश गर्नुपर्ने, उर्जा, पूर्वाधार विकास, लगानीको सुरक्षा, उद्यमशीलता सृजना गर्ने खालको नीति तथा कार्यक्रम समावेश गर्नुपर्ने, व्यक्तिको सम्पत्तिको सुरक्षा, तीन खम्वे अर्थनीति, खपतमुखी अर्थतन्त्रलाई उत्पादनमुखी अर्थतन्त्रमा रुपान्तरण गर्ने, उद्योगी व्यवसायी लगायत आम नेपाली जनतामा शान्ति सुरक्षाको प्रत्याभुति दिने कार्यक्रम घोषणापत्रमा समावेश गर्नु पर्ने सुझाव दिइयो । त्यसैगरी व्यवस्थित शहरीकरणका योजना, कला संस्कृति तथा मनोरञ्जनलाई राष्ट्रिय उद्योगको मान्यता दिने, व्यवसाय लागत कटौती गर्ने, नेपाललाई अतिकम विकसितवाट विकसित देशतर्फ लैजाने कांग्रेसको दीर्घकालिन नीति तथा कार्यक्रम र त्यसको कार्यान्वयनको प्रतिवद्धता घोषणापत्रमा समेटिनु पर्ने सुझाव उद्यमी व्यवसायीहरुका तर्फबाट दिइयो ।

सो कार्यक्रमलाई संवोधन गर्नुहुंदै नेपाली कांग्रेसका सभापति सुशिल कोइरालाले निजी क्षेत्रनै आर्थिक विकासको भरपर्दो इन्जिन हो भन्नेमा आफ्नो पार्टी पूर्ण विश्वस्त रहेको र आफ्नो पार्टीले सधै निजी क्षेत्रको उन्नती र उत्थानमा सहयोग गर्दै आएको स्पष्ट पार्नुभयो । कंग्रेसकै नीतिका कारण आज मुलुकभित्र निजी क्षेत्रले आफूलाई विकास र विस्तार हुने मौका पाएको वताउंदै उहांले राष्ट्रको आर्थिक विकासमा आफ्नो पार्टी निजी क्षेत्रसंग सधै हातेमालो गर्दै जाने विश्वास समेत दिलाउनु भयो । उहांले कांग्रेसले निजी क्षेत्र समक्ष वोलेका कुराहरुलाई कार्यान्वयन गरेर जाने प्रतिवद्धता समेत दिलाउनु भयो । निजी क्षेत्रबाट प्राप्त सुझावले आफनो पार्टीको आगामी घोषणापत्र तयार गर्न निकै ठूलो सहयोग पुग्ने विश्वास समेत प्रकट गर्नुभयो ।

Meet Congress Leaders

पूर्व प्रधानमन्त्री एवं सो पार्टीका वरिष्ठ नेता देउवाले निजी क्षेत्रले दिएका सुझाव तथा प्रतिक्रियामा आफू र आफ्नो दलको कुनै विमती नरहेको स्पष्ट पार्दै निजी क्षेत्रका सुझावहरुलाई दलको घोषणापत्रमा समावेश गर्ने विश्वास दिलाउनु भयो ।

सो पार्टीको कोषाध्यक्ष एवं नेतृ चित्रलेखा यादव, पूर्व अर्थमन्त्री डा. रामशरण महत, नेता दिपकुमार उपाध्यायले घोषणापत्रलाई व्यवहारिक, कार्यान्वयन गर्ने खालको बनाउन आफ्नो दलका तर्फबाट महासंघसंग निरन्तर छलफल तथा सम्वाद गरेर जाने बताउनु भयो ।

महासंघका अध्यक्ष सुरज वैद्यले यतिखेर मुलुकले राजनीतिक स्थायीत्व, आगामी निर्वाचनको सुनिश्चितता, शान्ति सुरक्षा वहाली, मुलुकभित्र रोजगारी सृजना, उर्जा, पूर्वाधार विकास लगायतनै खोजेकाले नेपालको प्रमुख राजनीतिक दल नेपाली कांग्रेसलाई आगामी संविधान सभाको निर्वाचनका लागि तयार गर्ने घोषणापत्रमा यी कुराहरुको प्रत्याभुति दिने नीति तथा कार्यक्रमको अपेक्षा गरेको स्पष्ट पार्नुभयो ।

त्यसअघि महासंघका वरिष्ठ उपाध्यक्ष भाष्करराज राजकर्णिकारले स्वागत मन्तव्य र अन्त्यमा उपाध्यक्ष पशुपति मुरारकाले धन्यवाद मन्तव्य दिंनुहुंदै अत्यन्तै जर्जर बन्दै गएको मुलुकको अर्थतन्त्रलाई पुनरजीवन दिने खालको कार्यक्रम ल्याउन सुझाव दिनुहुंदै ठूलो कुरा कार्यान्वयन भएकाले त्यसमा प्रतिवद्धता जाहेर गर्न आग्रह गर्नुभयो ।

please click here for photos. Thank you!

 © Copyright 2005-2014. All Rights Reserved. FNCCI.
Best Viewed in 1024 x 768.