»
Home
»
Introduction
»
Activities
»
»
»
»
International Links
»
Tax Structures
»
Economic Indicators
»
General Information
»
Business Code of Conduct
»
Publications
»
Photo Gallery
»
Secretariat
»
Downloads
»
Membership
»
Keyword
Category















व्यवसायिक सम्बन्ध विस्तारका लागि महासंघको प्रतिनिधिमण्डल भुटान प्रस्थान (२०७०/४/२७)


नेपाल र भुटान बीच आर्थिक व्यापारिक सम्बन्ध विस्तार गर्ने उद्देश्यले नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष सुरज वैद्यको नेतृत्वमा महासंघको प्रतिनिधिमण्डल आज थिम्पुतर्फ प्रस्थान गरेको छ । दुई देश बीचको सहकार्यका सम्भाव्यता, व्यापार प्रवद्र्धन तथा निजी क्षेत्र बीचको सम्बन्ध थप प्रगाढ पार्ने कार्यमा महासंघको प्रतिनिधिमण्डलको भ्रमण केन्द्रीत हुने छ ।

भ्रमणको दौरान आज सांझ महासंघको प्रतिनिधिमण्डल र भुटान उद्योग वाणिज्य संघ (Bhutan Chamber of Commerce & Industry-BCCI) बीच आर्थिक व्यवसायिक भेटवार्ता एवं दुई देश बीच आर्थिक व्यवसायिक सम्बन्ध विस्तारमा निजी क्षेत्रको सहकार्यका लागि एक सहमतीपत्रमा हस्ताक्षर हुंदैछ । त्यसैगरी भोली प्रतिनिधिमण्डलले भुटानका राजा जिग्मे केशर नामग्याल वाङचुक (His Majesty Jigme Khesar Namgyel Wangchuck, the 5th King of Bhutan) र प्रधानमन्त्री छिरिङ तोव्गे (Tshering Tobgay, Prime Minister of Bhutan) संग छुट्टाछुट्टै भेटघाट गर्नेछ ।

भोलीनै महासंघको प्रतिनिधिमण्डलले भुटानको आर्थिक मामिला सम्बन्धी मन्त्री (Minister/Secretary, Ministry of Economic Affairs, Royal Government of Bhutan) संग भेटवार्ता गर्ने छ । तत्पश्चात महासंघको प्रतिनिधिमण्डलले भुटानको Druk Holding and Investments का पदाधिकारीहरुसंग बैठक गरी नेपाल र भुटान बीच जलविद्युत विकास, संयुक्त लगानी विस्तार, आर्थिक तथा व्यापार प्रवद्र्धन लगायतका विषयमा छलफल गर्ने छ भने साउन २९ गते मंगलवार प्रतिनिधिमण्डलले Bhutan Agro Industries Ltd. को अवलोकन गर्ने कार्यक्रम छ ।

महासंघ प्रतिनिधिमण्डलका सदस्यहरुमा कार्यकारिणी समितिका सदस्यहरु ज्ञानेन्द्रलाल प्रधान, चन्द्र प्रसाद ढकाल, ओमवहादुर राजभण्डारी, मदनलाल जोशी र ध्रुव कुमार श्रेष्ठ तथा व्यवसायीहरु विजय डालमिया, नरेन्द्र कुमार खड्का, डम्वर कुमार श्रेष्ठ, तारा घिमिरे, टिकाराज ढकाल, दिपेस ढकाल, यामवहादुर श्रेष्ठ, मनोजकुमार श्रेष्ठ, पंकज विक्रम नेम्वाङ, वसन्त तिवारी र महासंघकी अधिकृत प्रविना पाण्डे हुनुहुन्छ । भुटान भ्रमण सम्पन्न गरी प्रतिनिधिमण्डल साउन ३० गते स्वदेश फर्कने कार्यक्रम छ ।

 © Copyright 2005-2014. All Rights Reserved. FNCCI.
Best Viewed in 1024 x 768.