»
Home
»
Introduction
»
Activities
»
»
»
»
International Links
»
Tax Structures
»
Economic Indicators
»
General Information
»
Business Code of Conduct
»
Publications
»
Photo Gallery
»
Secretariat
»
Downloads
»
Membership
»
Keyword
Category















महासंघका उपाध्यक्ष राणाको नेतृत्वमा थाइल्याण्डको विकास अध्ययन गर्न नेपाली महिला उद्यमी प्रतिनिधिमण्डल बैंकक प्रस्थान (२०७०/४/२९)


नेपाल र थाइल्याण्ड बीच व्यापारिक सम्बन्ध एवं सम्भाव्यताका साथै थाइल्याण्डले सफलतापूर्वक संचालन गर्दै आएको एक जिल्ला एक उत्पादन कार्यक्रमको अवलोकन गर्ने उद्देश्यले नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष भवानी राणाको नेतृत्वमा २२ सदस्यीय महिला उद्यमीहरुको प्रतिनिधिमण्डल आज थाइल्याण्डको बैंककतर्फ प्रस्थान गर्‍यो । नेपालस्थि थाइ राजदुतावासको पहल तथा समन्वयमा भ्रमण आयोजना भएको हो ।

आजदेखि आगामी भाद्र १ गतेसम्म चल्ने सो भ्रमणका क्रममा प्रतिनिधिमण्डलले थाई प्रधानमन्त्री याङलक सिनावात्रा (Yingluck Shinawatra, Primeminister of Thailand), त्यहांको वाणिज्य मन्त्री लगायत उच्चस्तरीय प्रतिनिधिमण्डलसंग भेटघाट गर्ने कार्यक्रम छ । भ्रमणको क्रममा साउन ३० गते थाइल्याण्डको अन्तर्राष्ट्रिय व्यापार प्रवद्र्धन विभागका महानिर्देशक श्रीरात रास्तापाना (Ms. Srirat Rastapana, Director-General, Department of International Trade Promotion, Ministry of Commerce of Thailand) संग भेटघाट एवं द्धिपक्षीय आर्थिक व्यवसायिक सम्भव्यताका विषयमा छलफल गर्ने छ ।

उक्त भेटघाट पश्चात नेपालका लागि थाइल्याण्डका राजदुत खानतोङ उनाकुल (H.E. Mrs. Kanthong Unakul, Ambassador of Thailand to Nepal) ले आयोजना गर्नु भएको दिवाभोजमा समावेश हुनेछ । तत्पश्चात प्रतिनिधिमण्डल थाइल्याण्डको अयोध्याय प्रान्त (Ayudhaya Province) मा रहेको Arts and Crafts International Centre को अवलोकन गर्नेछ ।

भ्रमणको क्रममा प्रतिनिधिमण्डलले साउन ३१ गते एक गाउं एक उत्पादनको एकल मेला OTOP Trade & Fair, Impact Arena, Muangthong Thani को अवलोकन गर्ने छ । सो अवसरमा नेपालमा संचालनमा रहेको एक गाउं एक उत्पादन कार्यक्रम र यसमा थाइ अनुभवका विषयमा छलफल पनि हुनेछ । इलाम, खोटाङ, रामेछाप, काठमाडौं, म्याग्दी, बांके, जुम्ला, स्यांजा, कांश्की जिल्लाका महिला उद्यमीहरुको सहभागिता रहेको सो प्रतिनिधिमण्डलमा पर्यटन, हस्तकला, व्यवसायिक कृषि, सौन्दर्यकला, खाद्यान्न लगायतका क्षेत्रको प्रतिनिधित्व रहेको छ ।

भ्रमणको दोश्रो अन्तिम दिन अर्थात साउन ३२ गते प्रतिनिधिमण्डलले थाइ उद्योग वाणिज्य संघ (Thai Chamber of Commerce) र थाइ व्यापार विभाग Board of Trade of Thailand or representative (TBC) का पदाधिकारीसंग बैठक तथा छलफल गर्ने छ । सो छलफलमा भ्रमणका दौरानमा सम्पन्न छलफल तथा बैठकका क्रममा प्राप्त अनुभव एवं सुझावहरुलाई कसरी व्यवहारिक रुपमा उतार्ने र त्यसबाट नेपाली महिला उद्यमीहरुलाई लाभान्वित गराउन सकिन्छ भन्ने विषयमा छलफल गर्ने छ ।

भ्रमणबाट नेपाल र थाइ महिला उद्यमी व्यवसायी बीचको सम्बन्ध विस्तारका माध्यमबाट आगामी दिनमा दुवै देशका जनताहरु लाभान्वित हुने दिशामा निकै धेरै कार्यहरु अगाडी बढ्ने विश्वास महासंघको छ । प्रतिनिधिमण्डल अध्ययन भ्रमण सम्पन्न गरी आगामी भाद्र १ गते स्वदेश फर्कने कार्यक्रम छ ।

 © Copyright 2005-2014. All Rights Reserved. FNCCI.
Best Viewed in 1024 x 768.