»
Home
»
Introduction
»
Activities
»
»
»
»
International Links
»
Tax Structures
»
Economic Indicators
»
General Information
»
Business Code of Conduct
»
Publications
»
Photo Gallery
»
Secretariat
»
Downloads
»
Membership
»
Keyword
Category















किसानका लागि उन्नत विउ विजन कार्यक्रमको सम्झौता सम्पन्न (२०७०/४/३०)


MoU Signing

नेपाल सरकार कृषि विकास मन्त्रालय र नेपाल उद्योग वाणिज्य महासंघ/कृषि उद्यम केन्द्र बीच किसानका लागि उन्नत बीउ विजन कार्यक्रम कार्यान्वयनमा सहकार्य गर्न उद्देश्यले हिजो एक सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

किसानको लागि उन्नत विउ विजन कार्यक्रम पहिलो चरणमा पश्चिमाञ्चल र सुदूरपश्चिमाञ्चल क्षेत्रका “गूल्मी, अर्घाखांची, रोल्पा, रुकुम, प्युठान र सल्यान” गरी ६ जिल्लामा अन्तराष्ट्रिय कृषि विकास कोष "IFAD" को आर्थिक सहयोगमा सात बर्षको लागि संचालन गरिने छ ।

यस कार्यक्रममा नेपाल सरकार कृषि विकास मन्त्रालय कार्याकारी पक्ष रहनेछ भने कार्यान्वयन पक्षको रुपमा नेपाल सरकार कृषि विकास मन्त्रालय अन्तरगत कार्यक्रम कार्यान्वयन कार्यालय (PMO), नेपाल उद्योग वाणिज्य महासंघ/कृषि उद्यम केन्द्र, साना किसान विकास बैंक, नेपाल कृषि सहकारी केन्द्रीय संघ तथा हेफर इन्टरनेशनल रहने छन् ।

किसानका लागि उन्नत विउ विजन कार्यक्रमले कृषि तथा पशु पालनमा उन्नत विउ विजन तथा जातको माध्यमबाट उत्पादन एवं उत्पादकत्वमा बृद्धि ल्याई व्यवसायी लगायत सिमान्तकृत कृषक, पशुपालकहरुको आयमा बढोत्तरी ल्याउने कार्य गर्ने छ ।

यस कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ/कृषि उद्यम केन्द्रले कार्यक्रम व्यवस्थापन कार्यालयसंग घनिष्ठ भई एवं अन्य कार्यान्वयन निकायहरुसंग समन्वय गरी मुख्य रुपमा निम्न कार्यहरु गर्ने छ ।

> बीउ उत्पादन प्रशोधन एवं बजारीकरणमा निजी क्षेत्रको लगानी प्रबद्र्धन गर्ने ।
> नितीगत वहस, पैरवी एवं वकालत गर्ने ।
> मुल्य अभिवृद्धि एवं बजारीकरण विकास ज्ञानलाई सहज बनाउने ।
> बजार सम्बन्धी क्रियाकलापहरु प्रवद्र्धन गर्ने ।
> जिल्ला उद्योग वाणिज्य संघहरुमा लगानीद्वार स्थापना गरी गैह्र वित्तीय सेवामा उपभोक्ताहरुको पहुच बृद्धि गर्ने ।
> सार्वजनिक निजी साझेदारीको प्रबद्र्धन गर्ने ।
> उद्योग वाणिज्य संघको क्षमता अभिवृद्धि गरी स्थानीय तहमा दीर्घकालिन सेवा सुनिश्चित गर्ने ।
> बस्तुहरुको बजारीकरणमा योगदान पुर्‍याउने एवं खरीद सम्झौता, व्यापार योजना, दीर्घकालिन योजना, बजारीकरण योजनाका माध्यमबाट दीर्घकालिन व्यापार प्रबद्र्धन गर्न उत्पादक एवं व्यवसायिक इकाइहरुलाई सहजीकरण गर्ने ।

सो सम्झौतापत्र हस्ताक्षर कार्यक्रममा कृषि विकास मन्त्रालयका तर्फबाट सह–सचिब राजेन्द्र अधिकारी र नेपाल उद्योग वाणिज्य महासंघका तर्फबाट महानिर्देशक डा.हेमन्त दवाडीले हस्ताक्षर गर्नु भयो । सो समारोहमा नेपाल सरकार कृषि विकास मन्त्रालयका सचिव जय मुकुन्द खनाल, सह-सचिवहरु विजय मल्लिक, उत्तम भट्टराई, प्रोग्राम मेनेजर सूर्य पौडेल तथा कृषि उद्यम केन्द्रका प्रमुख कार्यकारी अधिकृत प्रदिप महर्जन, लगायत मन्त्रालय, कार्यक्रम व्यवस्थापन कार्यालय, साना किसान विकास बैक तथा कृषि सहकारी केन्द्रीय संघका पदाधिकारीहरुको उपस्थिति थियो ।

 © Copyright 2005-2014. All Rights Reserved. FNCCI.
Best Viewed in 1024 x 768.