»
Home
»
Introduction
»
Activities
»
»
»
»
International Links
»
Tax Structures
»
Economic Indicators
»
General Information
»
Business Code of Conduct
»
Publications
»
Photo Gallery
»
Secretariat
»
Downloads
»
Membership
»
Keyword
Category















नेपाल उद्योग वाणिज्य महासंघका पूर्व उपाध्यक्ष आत्माराम मुरारकाको निधनमा शोक प्रस्ताव (२०७०/४/३१)


Sok Sabha

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष सुरज वैद्यको सभापतित्वमा आज २०७० साउन ३१ गते, विहीवार, महासंघमा बसेको यो शोक सभा महासंघका पूर्व उपाध्यक्ष आत्माराम मुरारकाको ७२ वर्षको उमेरमा हिजो साउन ३० गते वुधवारका निधन भएकोमा नेपालका तमाम निजी क्षेत्र मर्माहत एवं स्तब्ध भएको छ र यो सभा यस दु:खद घडिमा गहिरो दु:ख व्यक्त गर्दै यो शोक प्रस्ताव पारित गर्दछ ।

आजभन्दा ७२ वर्ष अगाडी सिराहाको लाहानमा जन्मनु भएको स्व. मुरारका नेपालका एक प्रतिष्ठित औद्योगिक घराना मुरारका अर्गनाइजेशनका प्रमुख एवं महासंघका उपाध्यक्ष पशुपति मुरारकाका बुबा हुनुहुन्थ्यो । स्व. मुरारकाले नेपालको उद्योग व्यवसायको विकास एवं विस्तारमा अतुलनीय योगदान दिनु भएको थियो । आम नेपालीहरु माझ स्वच्छ उद्यमीको छवि बनाउनु भएका मुरारकाको निधनले समग्र निजी क्षेत्र मर्माहत भएको छ ।

स्व. मुरारका वि.सं. २०३५ देखि ३८ र वि.सं. २०४७ देखि ५० सम्म, २०५२ देखि २०५४ र २०५८ देखि २०६० सम्म गरी पांच अवधि नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी समिति सदस्य र वि.सं. २०५४ देखि २०५६ को अवधिमा महासंघको उपाध्यक्ष हुनुहुन्थ्यो । उहां महासंघको वस्तुगत सदस्य नेपाल सिमेन्ट उत्पादक संघको अध्यक्ष समेत रहनु भएको थियो ।

Sok Sabha

मुलुकभित्र विविध क्षेत्र जस्तो खाद्यान्न, रंगरोगन उत्पादन, स्टील, सिमेन्ट, वनस्पति घयू तेल, फलामे छड, जीआई वायर, जलविद्युत तथा बैंक स्थापना गरी आर्थिक विस्तार एवं मुलुकको समग्र आर्थिक विकासमा उहांको निकै ठूलो योगदान रहेको छ ।

उद्योग व्यवसाय संचालनका अतिरिक्त समाज सेवामा पनि उत्तिकै सक्रिय स्व. मुरारकाले आफ्नो जन्मस्थान लहानको शैक्षिक तथा स्वास्थ्य क्षेत्रको उत्थानमा निकै ठूलो योगदान दिनु भएको थियो । उहांले लहानमा क्याम्पस, आंखा अस्पताल लगायत अन्य सामाजिक क्षेत्रमा पनि निकै ठूलो योगदान दिनु भएको थियो । स्व. मुरारका अत्यन्त मिलनशार, हक्की स्वभावका र निजी क्षेत्रका एक हस्ती मानिनुहुन्थ्यो । निजी क्षेत्र माझ उहांलाई सच्चा, इमान्दार, देश र समाजप्रति उत्तरदायित्व वहन गर्ने उद्यमीको रुपमा लिइन्छ । उहांको निधनबाट राष्ट्रले एक पुराना अनुभवी उद्यमी व्यवसायी गुमाउनु परेको छ भने महासंघले आफ्ना अग्रज ।

यस दु:खद घडिमा यो शोक सभा महासंघ परिवार तथा सम्पूर्ण निजी क्षेत्रको तर्फबाट उहांका सुपुत्र महासंघका उपाध्यक्ष श्री पशुपति मुरारका र स्वर्गिय मुरारकाको शोक सन्तप्त परिवार प्रति हार्दिक समवेदना प्रकट गर्दै दिवंगत आत्माको चीर शान्तिको कामना समेत गर्दछ । यस दु:खद घडीमा उहांको परिवारमा धैर्यधारण गर्ने शक्तिको कामना समेत गर्दछ ।

 © Copyright 2005-2014. All Rights Reserved. FNCCI.
Best Viewed in 1024 x 768.